सिन्धुलीको सुनकोशी अब प्रविधिमैत्री बन्दै

सिन्धुली सम्वाददाता/अब प्रविधिमैत्री बन्दै- सन्धुलीको सुनकोशी गाउँपालिकाले सम्पूर्ण वडाका कम्प्युटर सहायकलाई एक हप्ते तालिम दिएको छ । वडा कार्यालयबाट प्रवाह हुने सम्पूर्ण सेवालाई अब प्रविधिमैत्री बनाउन र जनतालाई सहज र पारदर्शी तरिकाले सेवा दिने उद्देश्यसहित गाउँपालिकाले यस्तो तालिम प्रदान गरेको हो ।

प्रविधिमैत्री सेवा प्रवाहका लागि वडा कार्यालयहरुमा सफ्ट्वेयर, प्रिन्टर जडानलगायत आवश्यक तयारी थालिएको गाउँपालिकाले जनाएको छ । सेवा सुरु भएपछि वडाबाटै सम्पत्ती कर संकलन र नगदी रसिद काटिनेछ, अनलाईन प्रणालीबाट जन्म, विवाह, मृत्यु घटना दर्ता, जेष्ठ नागरिक, एकल महिला, दलित, अपाङ्गता भएकाहरुको नाम दर्ता, लगत कट्टा, परिचय पत्र निकाल्नेलगायत सेवा सञ्चालन हुनेछ ।

वडा कार्यालयबाट पठाइने चिठी पत्र, सूचना तथा अन्य कागजात समेत कम्प्यूटर टाइप मार्फत नै हुने जनाइएको छ । सहायक कम्प्युटर अपरेटरलाई विद्युतीय सिफारिस तथा प्रमाणपत्र व्यवस्थापन प्रणाली, विद्युतीय राजश्व सम्पत्ती कर संकलन र नगदी रसिद, विद्युतीय घटना दर्ता तथा सामाजिक सुरक्षा, हार्डवेयर, सफ्टवेयर, नेटवर्किङ्ग, मुद्रण, ई–हाजिरी लगायत तालिम दिइएको जनाइएको छ ।

र यो पनि हेर्नुस -सिन्धुलीको जुनारमा देखियाे कालो ढुसी

Leave a Reply

Your email address will not be published. Required fields are marked *