अर्पणा अनुरागका दुई गजल

गजल १
पिजडा भित्र थुनिएको चरी रहेछ
जिन्दगी एक वृत्तको परिधी रहेछ

बगर बन्नु परेकोमा दु:ख लाग्दैन
नदीले मेरै छाती भएर बगि रहेछ

शत्रुलाई उछिन्न म दौडिएको थिएँ
मेरो खुट्टा तान्ने मान्छे पछाडी रहेछ

बुबाको कपाल नाङ्गो छ सोच्ने गर्थे
थाप्लोमा जिम्मेवारीको टोपी रहेछ

साथीले फेरि आज अतीत सुनायो
लाग्यो धारिलो तिरले मुटु घोचीरहेछ

गजल २

ठक्कर माथी फेरि अर्को ठक्कर आयो!!
जिन्दगीलाई जिन्दगी बुझ्ने अवसर आयो

छोरी जन्मेकै दिन आमा बितेकी रैछिन्
बाको चेहरामा हाँसो र आँसु बराबर आयो

कसैलाई मुटु सम्झिएर सर्वस्व दिएँ !!
बदलामा आफ्नै मुटु बाट खन्जर आयो

फुटेपछी जोडिनुपर्ने झन्झट नहुने रहेछ
मनमा एक पल्ट गमला बन्ने रहर आयो!

परिवारलाई खुसी किन्न सहर गाको छोरो
बाआमा बितेपछि,बल्ल फर्केर घर आयो

अर्पणा आपागाई अनुराग
कोशीपारी,काभ्रे 

Leave a Reply

Your email address will not be published. Required fields are marked *