अशक्त र अपांगहरुलाई न्यानो सामाग्री वितरण गर्न निजगढ नगरपालिकाको टोलि घरघरमै

नवराज चौलागाईं,निजगढ – निजगढ नगरपालिकाले नगर भित्रका अति अशक्त र अपांग नागरिकहरुलाई जाडोबाट बच्न ब्ल्यांकेट र थर्मश वितरण गरेकोछ । निजगढका मेयर सुरेश कुमार खनालको नेतृत्वमा सोमबारदेखि नगरका अति अशक्त र अपांग नागरिकहरुको घर घरमै पुगेर सो सामाग्रीहरु वितरण गरिएको निजगढ नगरपालिकाको महिला,वालवालिका तथा समाजकल्याण शाखाकि प्रमुख रोजी श्रेष्ठले बताउनुभयो ।

अशक्त तथा अपांग नागरिकहरुलाई जाडोबाट सुरक्षित राख्ने उद्धेश्य स्वरूप नगरपालिकाले ब्ल्यांकेट र थर्मश वितरण गरेको मेयर सुरेश कुमार खनालले बताउनुभयो । मेयर खनालले यस अघि नगरका ज्येस्ठ नागरिकहरुलाई पनि उक्त सामाग्रीहरु वितरण गरेको बताउनुहुँदै अति अशक्त र अपांग भएका नागरिकहरुको सहजताको लागि घरघरमै पुगेर वितरण गरिएको बताउनुभयो । नगरपालिकाले नगर भित्रका १९८ जना पूणर् अपांग र अशक्त भएकाहरुलाई सो सामाग्रीहरु वितरण गर्ने निजगढ नगरपालिकाको महिला,वालवालिका तथा समाजकल्याण शाखाकि प्रमुख रोजी श्रेष्ठले जानकारी दिनुभयो।

नगरपालिकाले वडा नम्बर १ भरतगंज सिंगौलबाट सो सामाग्री वितरण शुरु गरेकोहो । सामाग्री ग्रहण गर्दै लाभान्वितहरुले नगरपालिकाले घरघरमै आएर सेवा दिएको भन्दै खुशी व्यक्त गरेकाथिए । अपांग तथा अशक्तहरुलाई थर्मस र ब्ल्यांकेट वितरण गर्न मेयर खनाल सहित उपप्रमुख लिलादेवी लामिछाने खनाल,प्रमुख प्रशाशकिय अधिकृत सुमन कुमार कार्की,वडा नम्बर १ का वडा अध्यक्ष मंगल लोप्चन,निजगढ नगरपालिकाका सुचना अधिकृत रविन घिमिरे लगायत स्थानीय जनप्रतिनिधिहरु घरघरमा पुग्नुभएकोथियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *