आँबुखैरेनीमा बस दुर्घटना, दुईको मृत्यु

गोरखा : पृथ्वीराजमार्गको आँबुखैरेनीको ऐनापहराबाट मस्र्याङ्दीमा बस खस्दा दुई जनाको मृत्य भएको छ । 

चितवनबाट पोखरा जाँदै गरेको ना ५ ख ४२९४ नंबरको बस आइतबार साँझ ६:३० बजे सडकबाट करिब एकसय मिटर तल खसेको ट्राफिक प्रहरी चौकी आँबुखैरेनीका प्रमुख रामकृष्ण गौलीले जानकारी दिए ।

उनका अनुसार दुई जनाको शव भेटिएको छ । मृतकको सनाखत भने भएको छैन । उद्धार कार्य जारी रहेको उनले बताए । बसमा सवार धेरै यात्रु घाइते भएका छन् । 

र यो पनि हेर्नुस – चैत ९ देखि २१ गतेसम्म अत्यावश्यकबाहेक सबै कार्यालय बन्द

Leave a Reply

Your email address will not be published. Required fields are marked *