ईपीएललाई आईसीसीको मान्यता

एभरेष्ट प्रिमियर लिग (ईपीएल) क्रिकेटलाई अन्तराष्ट्रि क्रिकेट परिषद् (आईसीसी) ले मान्यता दिएको छ । चौंथो संस्करणको प्रतियोगिताका लागि आईसीसीले मान्यता दिलाएको आयोजक ईपीएलले जानाएको छ ।

ईपीएल आगामी चैत १ देखि १५ गतेसम्म कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा हुँदैछ । चौंथो सस्करणको ईपीएलमा ६ ठूला सहरका फ्रेन्चाइजी टोलीलले सहभागिता जनाउने छन् । जसमा साविकको विजेता टोली ललितपुर प्याट्रीयट्स सहित विराटनगर वारिवर्स, काठमाडौं किंग्स इलाभेन, भैरहवा ग्लाडीयटर्स, चितवन टाइगर्स र पोखरा राइनोजले प्रतिस्पर्धा गर्ने छन् ।

यो संस्करणको ईपीएल रोमाञ्जक हुने अनुमान गरिएको छ । किनभने ईपीएलमा वेष्ट इन्डिजका ब्याट्सम्यान क्रिस गेल सहित विश्व क्रिकेटका ठूला हस्तिले खेल प्रदर्शन गर्नेछन् ।

यो पनि हेर्नुस – सहकारीको दर्ता नियमन र प्रवद्र्धनमा स्थानीय तह विषयक तालिम सम्पन्न

Leave a Reply

Your email address will not be published. Required fields are marked *