ट्रेन्डिङमा प्रवेश संगै चर्चामा ‘आउने कि नआउने दाइ’

काठमाडौं । चर्चाको शिखरमा रहेका गायक पशुपति शर्माको स्वरमा नयाँ दशैँतिहार गीत सार्वजनिक भएको छ ।

गत बिहीबार गोरखा चौतारी युट्यव च्यानल मार्फत सार्वजनिक भएको ‘आउने कि नआउने दाइ’ बोलको गीतमा शर्मासँगै सरिता कार्की र बालगायिका आयुषा केसीको स्वर छ ।

जीवन प्याकुरेलको शब्द तथा लय समेटिएको गीतमा विनोद पराजुलीले संगीत संयोजन गरेका छन् । गोरखा चौतारी म्युजिकले उत्पादन गरेको सो गितामा सुनिल पोखरेलको निर्माणमा सहयोगमा बनेको हो ।

कोरोना भाईरसले गर्दा विश्व नै आक्रान्त पारेको समयमा धन कमाउन पर्देश पुगेका आफ्नो दाई र गाउँमा रहेकि बहिनिको कथा देखाईएको छ । कोरोनाको मारमा परेका दाईलाई घरमा रहेका बहिनिलाई दशै तिहार मनाउन आउने नआउने भनि गुनासो गरेका छन । उक्त गितमा पर्देशमा रहदाँ कोरोना भाईरसका कारण परेका समस्यालाई समेत देखाउन खोजिएको छ ।

उत्कृष्ट शब्द, स्वर र लय रहेको गीतको भिडियो पनि अब्बल बनेको छ । स्मृति तिमिल्सिनाको निर्देशनमा बनेको भिडियोमा सुनिल लामिछाने, करिश्मा ढकाल, आयुषा गौतम, हिरण्य पोखरेल, बसन्त पोखरेल र कुलबहादुर ओलीको अभिनय छ । सुरेश श्रेष्ठले खिचेको भिडियोलाई शिव पौडेलको सम्पादन गरेका हुन् ।

ट्रेन्डिङमा प्रवेश गरिसकेको भिडियो विस्तारै उकालो चढिरहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *