सिन्धुलीमा आजैदेखि लकडाउन

सिन्धुली,१० चैत – अन्तराष्ट्रिय महामारीको रुपमा फैलिएको कोभिड १९ को त्रास बढेसँगै प्रतिकार्यका लागि सिन्धुली जिल्ला प्रवेश गर्ने नाकाहरु लक गरिएको छ भने अत्यावश्यक बाहेकका सबै व्यापार व्यवसाय बन्द गरिएको छ ।

सोमबार दिउसोबाट नै सिन्धुली जिल्ला प्रवेश गर्ने नाकाहरु लक गरिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । सिन्धुलीको प्रहरी उपरिक्षक रन्जु सिग्देलले सोमबार विहान राजधानी जाने र राजधानीबाट फर्किने गाडीहरु हिडि सकेकोले अहिले ती गाडी पास गराउने मात्रै काम भएको बताउनुभयो । उहाँले भन्नुभयो, “लक गर्ने भन्ने जानकारी हामीलाई सोमबार विहान ९ बजेतिर मात्रै आयो । अब मंगलबार बिहानदेखि सबै नाका पूर्ण रुपमा लक गर्छौं ।”

प्राईभेट गाडीको हकमा भाडामा लिएर आए भने गाडी नै जफत गरी कडा कारबाही गर्ने पनि उहाँले सुनाउनुभयो । व्यक्तिगत आफ्नै हिसाबले प्राईभेट गाडी, मोटर साईकल यात्रु र पैदल हिड्नेहरुलाई नाका नाकामा चेक गरेर मात्र छाडिने उहाँले बताउनुभयो ।

त्यसैगरी कमलमाई नगरपालिकामा सोमबार बसेको सर्बपक्षिय बैठकले चैत ११ गतेदेखि लागू हुने गरी अत्यावश्यक बाहेकका सबै व्यापार व्यवसाय बन्द गरिने र अवज्ञा गर्नेलाई कानून बमोजिम कारबाही गरिने लगायतका महत्वपूर्ण निर्णय गरिएको नगरपालिकाले जनाएको छ ।

अत्यावश्यकका सामानहरुमा औषधि, ग्यास, दुध, र तरकारी पर्ने बताईएको छ ।

नगरपालिकाका सूचना अधिकारी तथा वरिष्ठ सामाजिक विकास अधिकृत सागरकुमार ढकालका अनुसार जिल्ला भित्र बाहेक अन्य क्षेत्रमा सञ्चालन हुने यातायात वन्द गर्ने, उपयुक्त होटललाई क्वारेन्टाईन सेन्टर बनाउने, कमलामाई नगरपालिकाभित्र आउने अतिथिहरु आफुलाई आतिथ्यता दिने घर भित्र नै अनिबार्य रुपमा बस्नु पर्ने र बाहिर हिडडुल गर्न नपाउने निर्णय बैठकले गरेको छ ।

त्यसैगरी नगरपालिका भित्रका स्वास्थ्य चौकीहरुमा कोभिड १९ हेल्प डेस्क स्थापना गर्ने, स्वास्थ्यकर्मीका लागि अत्यावश्यक पोशाक पिपिई शिघ्र र छरितो प्रकृयाबाट प्राप्त गर्न पहल गर्ने निर्णय गरेको उहाँले जानकारी दिनुभयो ।

चैत सान्तसम्मका लागि अन्य जिल्लाबाट माछा, मासु, अण्डा आयातमा प्रतिबन्ध लगाएको सूचना अधिकारी ढकालले बताउनुभयो । उहाँका अनुसार नगरपालिकाले उपभोक्ताको लागि दैनिक उपभोग्य वस्तुको सहज वितरणका लागि बजार अनुगमन र नियन्त्रण गर्ने भएको छ । बजार अनुगमनका क्रममा कृतिम मूल्यबृद्धि र सामान लुकाउने गरिएको पाइएमा कडा कारवाही गरिने समेत बैठकले निर्णय गरेको ।

बैठकले नगरपालिकाभित्र हुदैआएका साप्ताहिक हाटबजारमा समेत प्रतिबन्द लगाएको छ । यद्यपि, उपभोक्ताको दैनिक उपभोग्य वस्तु विक्रीहुने तरकारी बजार खुला राखिएको नगरपालिकाले ।

बैठकले २५ जनाभन्दा बढी जमघट हुनेखालका मेला, बजार, पर्व, धार्मिक एवं संस्कारगत अनुष्ठानमा समेत बैठकले प्रतिबन्द लगाएको छ । यसैगरी, नगरपालिकाभित्र आउने विदेशी पाहुनाको स्वास्थ्य जाँच गरेर मात्र बस्न दिने व्यवस्था गरिएको छ ।

निर्णय कार्यान्वयनका लागि जिल्ला प्रहरी कार्यालयको सहयोग लिइने समेत बैठकले निर्णय गरेको जनाइएको छ । नगरपालिकाका प्रमुख खड्गबहादुर खत्रीको अध्यक्षतामा बसेको उक्त बैठकमा विभिन्न राजनीतिक दलका नेता, जिल्लास्थित सुरक्षा निकायका प्रमुख र विभिन्न सामाजिक संघसंस्थाका प्रतिनिधीहरुको उपस्थिती रहेको थियो ।(SINDHULISAUGAT)

र यो पनि हेर्नुस – चैत ९ देखि २१ गतेसम्म अत्यावश्यकबाहेक सबै कार्यालय बन्द

Leave a Reply

Your email address will not be published. Required fields are marked *