प्रदेश २ – ९ स्थानीय तहमा उप-निर्वाचन हुँदै

९ स्थानीय तहमा उप-निर्वाचन हुँदै – आगामी मंसीर १४ गते हुने उपनिर्वाचनमा प्रदेश दुईका ९ स्थानीय तहमा उप- निर्वाचन हुँदै छ । ९ स्थानीय तहमा १० जना जनप्रतिनिधिका लागि चुनाव हुने भएको हो ।

प्रदेश दुईका बारा, पर्सा, रौतहट, सर्लाही, महोत्तरी, सिराहा र सप्तरी जिल्लाका विभिन्न स्थानीय तहमा १० वटा जनप्रतिनिधि पद रिक्त रहेको निर्वाचन आयोगले जनाएको छ। उपनिर्वाचन हुने प्रदेश–२ का स्थानीय तहमा बाराको बारागढी गाउँपालिका–१ मा वडाध्यक्ष, पर्साको सखुवा प्रसौनी गाउँपालिका–५ मा वडाध्यक्ष, रौतहटको गढीमाई नगरपालिका–२ मा वडाध्यक्ष पदका लागी उपनिर्वाचन हुँदैछ ।

यस्तै सर्लाहीको हरिपुर्वा नगरपालिका–१ मा वडाध्यक्ष, सिराहाको कल्याणपुर नगरपालिका–१२ मा वडाध्यक्ष र सप्तरीको छिन्नमस्ता गाउँपालिका–७ मा वडाध्यक्ष, महोतरी जिल्लाको पिपरा गाउँपालिकामा अध्यक्ष, मटिहानी नगरपालिका–६ मा वडाध्यक्ष, बलवा नगरपालिका–२ र ८ मा वडाध्यक्ष पदका लागि उपनिर्वाचन हुँदैछ।

र यो पनि हेर्नुस – त्रिशूलीमा बस खस्दा ३ जनाको मृत्यु, दर्जन बढी बेपत्ता

One thought on “प्रदेश २ – ९ स्थानीय तहमा उप-निर्वाचन हुँदै

Leave a Reply

Your email address will not be published. Required fields are marked *