प्रदेश ३ ले माग्यो १०१ कर्मचारी

रमिला खड्का/ सिन्धुली – प्रदेश नं ३ सरकारले आर्थिक वर्ष ०७६–०७७ को स्विकृत कार्यक्रम “एक विद्यालय एक नर्स” कार्यक्रमको लागि करारमा कर्मचारी भर्ना गर्ने भएको छ । प्रदेश नं ३ को सामाजिक विकास मन्त्रालयले मंगलबार सुचना प्रकाशन गर्दै योग्यता पुगेका उमेरद्धारहरुले २१ दिन भित्र कार्यलय समयमा दरखास्त दिन आग्रह समेत गरेको छ ।

मन्त्रालयले प्रदेश ३ भित्रका १३ जिल्लामा करारमा कर्मचारी भर्ना गर्न लागेको हो । जसमा सिन्धुलीमा ८ ,रामेछापमा ७ , दोलखामा ८ सिन्धुपाल्चोकमा १०, काभ्रेप्लान्चोकमा १२, ललितपुरमा ५,स्थानीय तहमा प्रति स्थानीय–तह १–१ जना रहने गरी आवेदन माग गरीएकाे छ।

त्यसैगरी भक्तपुरमा ३, काठमाण्डौमा ८, नुवाकोटमा १० रसुवामा ४, धादिङमा ११, मकवानपुरमा ८ र चितवनमा ६ स्थानिय तहमा एक – एक जना गरी १०१ जनाको आवश्यक रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ । सयौं विद्यार्थी र शिक्षक भएको स्कुलमा एउटा नर्ससम्म नहुँदा विद्यालय परिवारले विभिन्न किसिमका स्वास्थ्यका समस्याहरू भोग्नु परेकाले पाइलट प्रोजेक्ट रूपमा एक विद्यालय एक नर्स कार्यक्रम सञ्चालन गरेको हो ।

प्रदेश नं ३ का १३ जिल्लाका २० वटा माध्यमिक विद्यालयमा पहिलो पटक ऊक्त कार्यत्रम लागू गरिएको छ । प्रदेश ३ सरकारको सामाजिक विकास मन्त्रालयले सामुदायिक विद्यालयका विद्यार्थी शिक्षकहरूलाई स्वास्थ्य सेवा र्पुयाउने उद्देश्यले सञ्चालन गरेको उक्त कार्यक्रम पछिल्लो समय निकै प्रभावकारी देखिएको छ ।



एक विद्यालय एक नर्स

र याे पनि हेर्नुस – सिन्धुलीमा विद्युत ट्रान्सर्फमर चोरी

Leave a Reply

Your email address will not be published. Required fields are marked *