कथा – सरगमको प्रेम : अविनास थापा अब्बु

मेरो हरेक दिन फेसबुक का भित्ताहरु नियालेर नै बितिरहेको थिए ।प्रत्येक दिन मेरा यसरिनै सरल तरिकाले बितिरहेका थियो ।एकदिन सदाको दिन भन्दा अलि ढिलो भएको थियो फेसबुक खोल्न अझ भनौ भने अलि ढिलो गरेर ती भित्ता नियाल्न पुगेको थिए । नेटवर्क को समस्या ले गर्दा बल्ल बल्ल खुलेको थियो त्यसबेला ।
खुल्ने बितिकै देखिहाल्यो मेरो फेसबुक को भित्ता राता भएका थिए । त्यहा फेन्डरिक्योइस्ट,नोटिफिकेसन,अनि म्यासेज क्रमश रातै देखिएको थियो ।हेरेको त एउटा फेन्डरिक्योइस्ट,बीस वटा नोटिफिकेसन,अनि सात वटा जति म्यासेज देखापरे ।सुरुमा त मेरो नजर फेन्डरिक्योइस्ट म नै पर्यो हेरेको मात्र के थिए एउटा सुन्दर तस्वीर सहित युबतिको नाम थियो त्यहा । यति सुन्दर तस्बिर हेरेपछी फेन्डरिक्योइस्ट नकार्न सकिन अनि एड कन्फोर्म गरिदिए भनौ फेसबुके साथिको रुपमा स्बिकार गरिदिए।त्यसपछि मेरो नजर नोटिफिकेसन म पर्यो ।म ती नोटिफिकेसनहरु हेर्न थाले त्यहाथिए ।मेरा सुरुदेखी का नै गजल मुक्तक का स्टाटस हरु लाईक र कमेन्ट गरिएको थियो ।नयाँ अपरिचित ब्यक्ति थियो मेरो वालमा गएर सुरुदेखी का हरेक स्टाटस लाईक अनि कमेन्ट गर्ने ।फेरि त्यसैमा ध्यान दिएर हेरेको त त्यो अपरिचित ब्यक्ती उहीँ सुन्दर तस्बिर वाला युवती रहिछ ।जस्ले मेरा सबै स्टाटस मा लाईक गर्न भ्याएकी थि ।
बिस्तारै मेरो ध्यान म्यासेजमा जान थाल्यो ।अनि त्यही क्लिक गरे अनि लोडिङ हुन सुरु भयो ।केही समय सम्म लोडिङ भैरयो खुल्दैखुलेन । केही समयपछी बल्लबल्ल खुल्यो ।सरसर्ती हेर्दै गर्दा मेरो नजर अन्तिम म्यासेज तिर गएर रोकियो ।त्यहा अलि लामो म्यासेज थियो । यो देख्ने बित्तिकै म एकाएक छागा बाट खसेझै हुन पुगे ।आफू ले टेकेको भुमि नै भासिए जस्तो लाग्दै थियो ।म त्यो हेरेर बस्न पनि सकिन ।। 
मेरो आँखामा एकाएक आँसु टिलपिलाउन थाले संगै आशुको बर्षा शुरु भयो ।आफू नजिकैको कोठाको मान्छेले देख्ने डरले फेरि आफुलाई सम्माले ।तर मन भन्ने त्यसै त्यसै आत्तिरहेको थियो ।तर मन भन्ने त्यसै त्यसै आत्तिरहेको थियो ।म्यासेज राम्रो संग पड्न मन समेत लगेन ।केही बेर सम्म त आसुको थोपा चुहाउदै सोचमग्न भए ।सोचिरहे उस्ले किन यस्तो लेखी भनेर ।केही समय पछि फेरि चित्त नबुझेर पुन एक चोटि स्मासेज पड्न मन लाग्यो अनि म डराई डराई पड्न लागे त्यो म्यासेजमा लेखिएको कुरा ।म्यासेज मा यस्तो लेखिएको थियो । 
“अबि जिन्दगीले कहाँ बाट कहाँ पुर्याउदो रहेछ है मान्छे लाई तर मैले यत्ती पनि सोचिन कि रात पछि दिन र जन्मिएपछी मृत्यु भनेझैं माया गरेपछी धोका पनि हुन्छ भनेर।म त सधै यो माया भन्ने चिज केहो भन्ने कुरामै अल्झिएको थिए ।जब तिमिसङग माया गर्न पुगे तब मात्र मलाई थाहा भयो कि आखिर माया केहो ?जब माया भन्ने कुरा बुझे तब तिमी संग चोखो माया गर्न थाले ।तर आज आएर यो धोका भन्ने कुरा पनि बुझ्दै छु ।अबि जीवन मा यत्ती सम्म दुख र पीडा हुन्छ भन्ने थाहा पाएको भए साअयद म तिमी संग मायानै लगाउने थिन ।तिमी त खुशी छौ होला है अबि मत यसै………………
खै मैले जानेर गर्दै छु या नजानेरै गर्दै यो मेरो मन लाई पनि थाहा छैन तर यत्ती सबै कुरा भैसकेपछी तिम्रो र मेरो बिच जे सम्बन्ध थियो त्यो सम्बन्धलाई टाढा बनाउन खोज्दैछु ।आखिर जुन मान्छे संग सोचाई मिल्दैन अनि बिचार मिल्दैन भने हिड्ने बाटो पनि फरक फरक हुनुपर्छ भन्ने लागेको छ अबि
त्यसैले तिमिबाट म टाढा टाढा जाँदै छु ।गुड बाई अबि
उहीँ तिम्रो माया पाउन नसकेकी तिमीलाई माया गर्ने सरगम “

एकै चोटि पडिसके यत्ती सबै कुरा ।उसले भएको सम्बन्ध पनि तोड्ने कुरा गर्दै थि ।आखिर के कारणले गर्दा यो सबकुरा गर्दै छिन त्यो समेत थाहा थिएन मलाई । म केही सोच्नै सकिरहेको थिन ।थियो त केबल यी आँखामा ताल बनेर रहेका आँसु अबिरल सुनकोशी झै बगिरहेको थियो । अलिकति भएपनी रिप्लाई दिने बिचार गरे तर केही लेख्नै आएन।
किन आज अचानक सरगम ले यस्तो भन्दै छे भनेर सोचिरहे साझ को खाना बनाएर खाने आट पनि आएन यत्तिकै खाट मा घोप्टो परेर आँसु बगाई रहे ।खै कती खेर रुदा रुदै निदाएछु पतै पाइन मैले। एका बिहानै मोबाईल को रिङटोन ले उठायो मलाइ ।हिजोको पिडाले टाउको भारी भैरहेको थियो ।फोन उठाउने मन पनि भएन ।त्यतिकै वास्तै नगरी छाडिदिए ।निकै बेर सम्म निरन्तर बजे पछि कसैको ईमर्जेन्सी फोन होकि भनेर फोन उठाएर भने हल्लो …….. 
के हो गजलकार ज्यु ?हाम्रो फोन त उठाउनै हुन्न कि के हो?एकै चोटि कडा स्वरमा कुनै अपरिचित स्त्रीको आबाज गुन्झियो मेरो कानमा ।मैले जबाफ फर्काए जस्ताको तेस्तै हैन कोहो मलाई बिहानबिहान फोन गरेर डिस्टप गर्ने? मैले यत्ती मात्र के भनेको थिए ।फोन काटिएको संकेत आयो ।सायद रिसाइ होला ।म पनि ठिकै गरि फोन काटेर भन्ने सोचेर बसे ।एकै छिनमा मोबाईल मा एउटा म्यासेज आयो ।यसो हेरेको त त्यो म्यासेज तेइ केही समय अगाडि फोन गर्ने नम्बर बाट आएको थियो ।के लेखेको रहेछ भनेर यसो हेरेको त लेखिएको थियो ।
I love u badar .
do you love me ?

 

अचानक एक अपरिची ब्यक्तिले यस्तो म्यासेज पठाएको देख्दा म छक्क परे ।उता सरगम ले भएको सम्बन्ध पनि तोड्ने कुरा गर्दै छे भने एता अर्को नचिनेको मान्छे ले आइ लभ यु भन्दै म्यासेज गरेकी छे ।म के गर्ने गर्ने रनभुलमा परे ।बिहानै यस्तो फोन अनि म्यासेज ले मेरो दिमाख नै ह्याङ भएको थिए 
एकै चोटि तीन तीन ओटा कुरा आईपरेको थियोे ।एकातिर भएको एउटा गलफ्रेन्ड ले पनि छोड्ने कुरा गर्दै थि भने अर्का तिर दुई जना मुर्गा आइपरेको थियो । के गर्ने गर्ने सोच्नै सकेको थिन अझै पनि ।हातमा विभिन्न पडाई को सटिफिकेट भएपनी बेरोजगार भएर बस्नुपरेको थियो ।कोठामा त्यतिकै बस्ने अनि अर्काको वाईफाई ह्याक गरेर सित्तैमा फेसबुक चलाउनु बाहेक केही काम नै थिएन ।एसो अल्छी लागेको बेला फ्रेस बनाउने त्यै एउटा फेसबुक न थियो । सरगम लाई बिहानै देखि फोन लागिरहेको थिएन ।त्यसैले अनलाइन मा आकि छिनकि भनेर फेसबुक खोल्ने बिचार आयो र अनलाइन मा गए म पनि ।आजको पनि हालत उस्तै थियो ।लोडिङ भै रहयो यकै छिन र खुल्यो ।देखे केही राता नम्बरहरु ।अरु कुनै मा वास्ता थिएन आज ।थियो त केबल सरगम संग कुरा गरेर किन त्यसो भनी भनेर बुझ्नु थियो ।त्यसै ले अरु तिर ध्यान नलगाई सिधै गए सरगमको प्रोफाई तिर र छाडिदिए म्यासेज ।किन यस्तो भनेउ ,तिमिलाई के भयो,म बाट के गल्ती भयो,जस्ता म्यासेज छाडिदिए र अरु कुरा हेर्न लागे ।त्यतिनै खेर देखापर्यो त्यै अपरिचित केटीको म्यासेज लेखेकी थि के हो गजलकार ज्यु बिजि हो?अनि के गर्दै हुनुहुन्छ? मैले उसलाई रिप्लाई दिन पनि उचित देखिन र तेतिकै छाडिदिए ।यति खेर सम्म मैले उस्को नाम समेत याद गरेको थिन ।उस्को वालमा नाम लेखिएको थियो “तिम्रो बिनिशा ” । 
ओ गड फेरि उस्तै म्यासेज पठाउन थाली फेरि म भन्ने वाक्क भै सकेको थिए ।रिप्लाई नदिबसिरहे ।यत्तिकै मा एउटा म्यासेज देखा पर्यो फेरि म्यासेज हेरेपछी फेरि अर्को झड्का लाग्यो ।त्यो म्यासेज सरगम ले पठाएकि थि ।यो उसको म्यासेजले त मेरो जीवनमा बज्रपात नै पर्यो । मेरो जिन्दगी नै सक्किए जस्तो लाग्यो ।भएको मेरो आसाको धरोहर नै ढलेझै भयो ।मेरो खुट्टा लाराकलुरुक भयो ।म जहाको त्यही थचच्कै बसे ।

मेरो खुट्टा लाराकलुरुक भयो ।म जहाको त्यही थचच्कै बसे ।जिन्दगी मा सोच्दै नसोचेको कुरा लेखेर पठाएकि थि उसले ।झन म माथी तनाब थपियो ।अर्काको वाईफाई ह्याक गरेर चलाको न हो के छिटो चल्त्यो र ।बिस्तारै खुल्यो उस्ले पठाको म्यासेज लेखियको थियो ।म्यासेज यस प्रकारको थियो ।” कोहो त मलाई ?मलाई डिस्टप गर्ने ?तेरो काम छैन ?के को साईनो ले मलाई म्यासेज अनि कल गर्दै छौ ।मत चिन्दिन नि को हो यो अबि भन्ने? यस्तै यस्तै लेखेको थि उसले ।मेरा आँखा आशुले भरिदै गए ।म्यासेज लामो थियो त्यसैले आँसु खसाल्दै पड्न थाले ।अगाडि लेखिएको थियो ।के हैसियत छ अबि तिम्रो मलाई बारबार म्यासेज गरेको छौ ।माया लगाउनु भन्दा अगाडी आफ्नो हैसियत हेर्नू पर्छ ।म कहाँ को शहरमा जन्मी हुर्की बडेको मान्छे तिमि का को जङ्गल ,गाउँ को मान्छे त्यसैले तिम्ले आफ्नो हैसियत बिर्सन्नु हुन्न ।अब मलाई बिर्सिदिनु ।मैले त तिम्लाई बिर्सी सके ।अब देखि मलाई म्यासेज र फोन पनि नगर्नु ।तिम्ले यत्ती गर्‍यौ भने म खुसी हुनेछु ।ओके गूडबाई……

यस्तै यस्तै लेखेकी थि म्यासेजमा अब कहिले नि फोन र कल नगर्न भनेकि हुनाले झन पीडा थपिएको थियो । आखिर साचो माया मा के को धन सम्पती ?कहाबाट आयो हाम्रो मायामा पैसा को कुरा ।पहिला त धन सम्पत्ति केही हैन केबल मन मिल्नुपर्छ भन्ने ले नै आज हैसियतका कुरा गरिरहेकी छिन । खै के गर्दैछिन सरगम ले मलाई अझै राम्रो बुझ्न पाएको थिन ।जे जस्तो भएपनी एकचोटि भेटेर कुरा गर्ने र उस्लाई सम्झाउने सानो आसको त्यान्द्रो लिएर उस्लाई कल गर्न लागे ।तर उसलाई फोन लाग्दै लागेकी थिएन ।म पटक पटक प्रयास गर्दौ थिए ।मेरो हरेर प्रयास असफल साबित भैरहेको थियो । अब अन्तिम पटक फोन गर्छु लागे लाग्छ भन्ने सोचेर फोन लगाए ।कस्तो अचम्म फोन लागि हाल्यो तर फोन लागेपनी उठ्ला कि नउठ्ला भन्ने सोचिरहेको बेला उता बाट आवाज सुनियो ।के भयो किन कल गरेको मैले कल नगर्नु भनेको हैन ? केही भन्नू छ भने भन नभए तिमी सङग बोलेर बस्ने फुर्सद छैन मेरो ।केहि छ भन्नू……उम्म सरगम…… भनेर मैले भन्न पाउँदा नपाउदै सरगमले फोन कटाई हालिन ।म हेरेको हेरेइ भए । भएको एउटा आसको त्यान्द्रो पनि चुडिएको थियो ।यत्ती भै सकेपछी म पागल भैसकेको थिए ।केही सोच्न पनि नसक्ने भएको थिए ।पीडा नै पिडाले थालिएको थिए । खाना नखाएका पनि धेरै भैसकेको थियो ।खै यत्तीकैमा एउटा कुरा याद आएछ ।खै कुन सिनेमा हो या खै कता हो पीडा परे पछि नशा र चुरोड को साहारा लिएको देखेको थिए ।मलाई पनि त्यस्तै गरौकी जस्तो लागो ।र लागे नजिकै को भट्टी पसल तर्फ ।नजिकैको पसलमा गएर मगाए रक्सी र चुरोट अनि पिउन लागे ।सबैजना छक्कै परेका थिए किनभने कहिले पनि भट्टी नआएको मान्छे अचानक आएर यसरी नशा लिएको देखेर सबैले गाली गर्न थाले तर म कसैको कुरा सुन्दै नसुने पिउन थाले र।पिउदा पिउदै खै कति खाए आफैलाई था भएन । बिहान एकैचोटि बिउझदा त सडकमा पो लडिरहेको रहेछु

पिउदा पिउदै खै कति पिए आफैलाई था भएन ।बिहान एकैचोटि बिउझदा त सडक मा पो लडिरहेको रहेछु।म कता छु म किन यहाँ छु थाहा नै भएन ।टाउको एकदमै भारी भै रहेको थियो ।पुरै ह्याङ थियो शरीर ।आफैलाई अनौठो लागिरहेको थियो ।किनभने जाडरक्सी खाएको यो पहिलो अनुभव थियो ।त्यसपछी बल्लबल्ल उठेर आफ्नै शरीर हेरेको त जिउ सबै फोहोर नै फोहोर भएको थियो ।यो आफ्नै शरीर हो भनेर नि सङ्का लागिरहर्‍यो । यतिकैमा मेरै नजिक आएर एउटा कुकुरले आफ्नो देब्रे खुट्टा उचालेर पिसाब फेरेर गयो .।मत हेरेको हेरेइ भए ।अब कसरी घर जानी होला अरुले देखे के भन्लाई भन्ने लाग्यो र लुकेर सरासर खोला तिर गएर नुहाउन लागे ।एकातिर सिधा भएर उभिन्न सकेको थिन भने अर्को तिर पुस माघको खै के जाती नै चुम्रुक्क बनाउने खालको पानी ओहो ।ननुहाई पनि भको छैन भन्ने सोचेर भगवानको नाम जप्दै पानी भित्र पसे ।पानी बाट निस्के पछि सोचे बल्ल बाहुनको छोरो चोखो भयो । यस्तै सोचेर घरतिर लागे । जिन्दगीमा अरु सबैले साथ छोडेर गएपनी यो फेसबुकले छोडेको थिएन । सरासर कोठामा गएर ढोका थुनेर बसे ।जब कोठाले एकान्त पायो तब सरगमको यादले निकै सतायो ।अनि फेसबुक खोलेर सरगमको प्रोफाईमा रहेको हरेक तस्बिर हेर्न थाले ।बोलौ बोलौ गरिरहेको उस्को फोटो देख्दा मन थाम्नै सकिन र रोई दिए डाको छोडेर ।खै कस्ले सुनेछ क्यारे ढोकामा आएर बोलाउन लाग्यो तर म केही नबोलीबसिरहे ।त्यतिकैमा साझ पर्न लागि सकेको थियो ।अर्को कोठाको सानो भाईलाई फकाएर चुरोट किन्न पठाउन खोजे तर भाइ मान्दै मानेर र उस्लाई नै दुईवटा चुरोट आउने पैसा दिएर फकाउनुपर्‍यो ।बल्ल ल्याईदियो भाईले अनि झुम्म हुने गरि पिई दिए सुर्य चुरोट ।कहिलेपनि खानी बानी नभएर होला एउटालेनै झुम्म बनायो ।यत्ती खाएपछी जोस आयो । जेजे पर्छपर्छ आज त सरगम सङग अन्तिम कुरा गर्छु कि उल्टिन्छ कि गुल्टिन्छ भन्ने सोचेर फेरि अनलाइनमा गए ।तर देखिन उसलाई आज पनि ।मात्र थियो उहीँ अपरिचित मान्छेको म्यासेजका लहरहरु हेरे उस्तै थियो आजपनी त्यस्तै खालका शब्द हरु ।जस्लाई मैले चिनेकै छैन उसैले यस्ता वाइयत कुरा गरिरहेको छे ।यो खै कस्ताकस्ता खालको नमुना मेरो देख्न पाइराको छु आफ्नै जिन्दगीमा ।अहिले धनसम्पती केही हैन भन्नेले हैसियतको कुरा गर्छन भने कोहो देख्दै नदेखेको मान्छेले माया गर्छु,तिमिबिना बाच्न सक्दिन भन्दैछे ।आखिर मेरो जिबनमा के भैराको छ ।दिनप्रतिदिन सरगम मबाट टाडा हुँदै गैराखेकी थि ।एकदिन एउटा मायालाई खेलसम्झने साथिले खै कुन फिल्मको हो डाईलक चोरेर मलाई सुनाको त्यो “साला यो केटि भनेको नि ट्याक्सी हो ।जिबनमा एउटा ट्याक्सी गयो भनेर चिन्ता गर्नु हुन्न ।केही छिन पर्खेपछी अर्को आइहाल्छ नि भनेर “अबत मलाई पनि हो जस्तै लागेको त्यो । सरगम टाडा गएपनी के भयो र त्यस्तै अर्कि आइसकेकी थि मेरो जीवनमा ।तर मलाई उस्को न त अनुहार था थियो त उस्को ठेगाना तर मरिहत्ते गर्दै थि । म बिना बाच्न नसक्ने कुरा गर्दै थि

तर मलाई उस्को न त अनुहार था थियो त उस्को ठेगाना तर मरिहत्ते गर्दै थि ।मेरो जिबनमा उसको लागि मेरो मनमा ठाउदिउकी जस्तो लाग्दै थियो ।आखिर खुट्टा भए जाबो जुत्ता त कति कति भन्ने अनौठो बिचार पलाएको थियो ।सरगम बिना मरिहत्ते गर्ने हो मन अन्तै हराउन थालेको थियो ।उस्कै बारेमा सोचेर बसिरहेको थिए । फेरिउस्को म्यासेज देखा पर्यो र कुरा गर्न लागे सहज पाराले ।उसले भन्दै थि गजलकार ज्युलाई बल्ल फुर्सद भयो है म सङ्ग कुरा गर्न ।यस्तै यस्तै कुरा भैरहयो हामी बिच ।आज धेरै कुरा भैरहेको थियो ।यो बिचमा हाम्रो नम्बर सटासाट र फोटो साटासाट समेत भैसकेको थियो ।कुरा गर्दा गर्दै उस्ले लेखी अबि क हामी भेट्न सक्छौं ?? मैले उसको प्रस्ताब अस्बिकार गर्न सकिन र हुन्छ भनी दिए तर मलाई थाहा थिएन कहाँ भेट्ने भनेर ।त्यसैले प्रस्न गरे साच्चै हामी क भेट्ने हो नि बिनिशा? उस्ले तुरुन्तै रिप्लाई दि हाली “मेरो रूममा नि ” ।उस्को कुरा ले मत छक्कै परे ।अगाडि नै प्रस्ताब स्बिकार गरेकाले उसकोम जानै पर्यो ।र साझ सात बजे उस्को रूम मा पुगे ।उ पनि शहरमा बसेर पड्ने भएकाले सहज भएको थियोे ।उ मलाई पर्खेर बहिर गेटमा नै पर्खी रहेकी थि । मैले फोटोमा देखे भन्दा निकै राम्री थि बिनिशा ।तर जतिनै राम्री भएपनी सरगम संग तुलना गर्न सकिन ।जत्ती नै सरगम को बयान गरेपनी उ म बाट टाडा गै सकेकी थि । त्यसैको पीडा भुलाउन को लागि भएपनी पुगेको थिए बिनिशा को कोठा सम्म ।उस्कोमा पुगेर मिठा मिठा गफ गर्दै खाना तयार गरि र खाना खुवाई मलाई। खाना नै नखाएर चुरोट र रक्सिको साहारा मा बाचेको पनि ।जे होस मिठो मानेर नै खाए आफुले खान सक्ने जति ।बिनिशा भन्ने किन लजाउनु भाकी भनेर जिस्क्याउदै थि । म भन्ने छैन लाजको भनेर भन्दै थिए ।खाना खाएपछी गफ मा हराउन थालेउ ।उ आफ्ना सबै कुरा मलाई भन्दै थि केही नलुकाएर उसको कुरा सबै भन्दै म भन्ने होर भन्दै टार्दौ गैरहेको थिए ।कोठामा बस्दा छिटै सुत्ने भएका ले निद्रा छिटै छोपिसकेको थियो यसो कोठामा राम्रो संग हेरेको बेड त एउटा मात्र थियो ।लौ फसाद पर्यो के गर्ने होला भनेर सोच्दै थिए बिनिशाले मेरो सोचाइ भङ्ग पर्दै भनी के सोच्नु भको गजलकार ज्यु ? मैले फेरि केही होइन भनेर टारिदिए । बिनिशा भने केही नहुने जस्तो गर्दै थि।एउटा मात्र बेड देखेर सोधे बिनिशा म का सुत्ने ? सोधे बिनिशा म कहाँ सुत्ने नि?उस्ले सहज पाराले भनी बेड छत ।म अप्ठ्यारो मान्दै सोधे अनि तिमी ?ल किन डराको म नि गजलकार ज्यु संगै सुत्छु नि हुन्न र ?लौ फसाद अब के गर्ने मैले त सोच्नै सकिन । अब कसरी रात काट्ने हो भन्ने सोचिरहेको थिए सङ्गै बिनिशा सङ्ग कुरा पनि गर्दै थिए । यत्तिकै सोच्दै नसोचेको कुरा भयो ।यत्तिकैमा मेरो मोबाईलमा रिङटोन बज्यो ।यसो हेरेको त स्क्रिन मा देखिहाल्यो सरगम कल्लिङ भनेर ।लौ यत्तिका दिन सम्म फोन,म्यासेज भेटघाट केही नभएको र सम्बन्ध तोड्ने कुरा गरेको मान्छेले अचानक मलाई फोन गरेको देख्दा म छक्कै परे । अब फोन उठाउनेकी नउठाउने दोधारमा परे ।उठाउ भने बिनिशाले कोहो केहो भनेर सोध्ली भन्ने लाग्यो भने नउठाउ त यत्तिका दिन पछि सरगम संग बोल्न पाउने वाला थिए ।के गर्नेगर्ने भन्ने दोधारमा नै फोनको घन्टी बज्न छड्यो ।बिनिशाले सोधी हाली कस्को फोन हो ?किन नउठाउनु भको? उम कसैको हैन साथिको हो भन्दै थिए फेरि घन्टी बज्न थाल्यो ।अब भने उठाउनै पर्ने भयो । र उठाए हल्लो……  छु हल्लो अबि प्लिज एकचोटी भेटन म तिम्लाई नजिकै को चोक मा पर्खीरहेको  ।तिमी सङ्ग जरुरी काम छ ।भनेर सरगमले फोन राखी हाली ।उस्को आवाज एकदमै रुन्छे थियो भने निकै हतारिएकी पनि थि । अब गारो त मलाई परेको थियो । रातको नौ बजिसकेको छ ।यता बिनिशा ले उसकै रूम मा आएर राती राति निस्केर जादा के सोच्ली भन्ने लागेको थियो त उता सरगमलाई भेट्न पाउने खुशी पनि थियो । आ जे पर्छपर्छ भन्ने सोचेर मुखमा आएको आहारा पनि छाडेर सरगमलाई भेट्न जान तयार भए ।बिनिशा ले रोक्दै थिन ।म भन्ने घरमा इमर्जेन्सी पर्यो रे भनेर हतारिदै बिनिशाको को रूमबाट निस्किए बिनिशा भने निराश अनुहार लिएर मतिर हेर्दैथि ।
सायद नजानुस न भन्न चाहान्थिन तर म भने उतिर हेर्दै नहेरी सरगमले बोलाएको ठाउँतिर लागे । त्यहा बाट निस्किएपछी मनमा अनेक कुरा आउनथाले ।आज अचानक किन बोलाई उस्ले त्यो पनि यत्ती राती कतै….. नराम्रो सोच आयो तर पनि आ जे हो उस्लाई भेट्न पाउने आसले छिटोछिटो हतारिदै उ भए ठाँउमा पुगे ।सरगम अघिनै आइसकेकी रहिछ । म आईपुगेको देख्ने बित्तिकै उस्ले भनि”अबि प्लिज मलाई यहि बाट भगाएर लागि हाल नत्र मलाइ तिनिहरु ले मार्छन प्लिज ” लौ झनै तनाब माथी तनाब थपियो के गरौ गरौ दोधारमा परे।

लौ झैनै तनाब माथी तनाब थपियो के गरौगरौ दोधारमा परे ।खै किन एक्कासि सरगमले म सङ्ग यस्तो कुरा गर्दै थि । यो बेलामा मलाई बिनिशाको समेत याद आयो उता आधा रातमा छाडेर आको छु फेरि सरगमले भगाएर लैजाउ भन्दै थिन ।कस्लाइ अङालने हो दोधारमा थिए म त्यति खेर।सरगम मेरो पहिलो माया थि भन्ने बिनिशा अहिलेकी प्रेमिका कस्लाई धोका दिने हो जस्लालाई धोका दिदापनि आफ्नै लागि नराम्रो हुने वाला थियो । अरु जेजे भएपनी यत्ति खेर सरगमको ज्यानको सबाल भएकाले सरगमलाई रातिनै लिएर घरतिर लागे ।मैले त मात्र उसको ज्यान बचाउनको लागि भनेर सरगमलाई लिएर गएको थिए तर सरगमले के सोची त्यो त मलाई थाहा थिएन।घर त्यति टाडा थिएन ।सदरमुकाम बाट त्यस्तै 12-13 किलोमीटर हुदो हो ।यो यात्रामा मैले उसको हात समाएर हिडिरहेको थिए तर हामी दुइको यात्रामा हामी दुबैजना चुपचापले हिडिरह्यौ आआफ्नो तालमा ।यो बेला मेरो मन मा बिनिशा र सरगमको बारेमा निकै कुरा खेले ।अब त सरगमको ज्यान सुरक्षीत भैसकेको थियो ।अब भने मैले उसको मुहार अलि हसिलो जस्तो देख्न लागेको थियो ।मैले उस्लाइ प्रस्न गरे ।सरगम आखिर भयो चै के ?किन यस्तो डराएर मलाई लैजाउ भनेर भनेको?के सोचेर म सङ्ग आउदै छौ तिमी मैले त केबल तिम्रो ज्यान बचाउन मात्र तिम्लाई यता लिएर आएको हु ।मेरो यस्तो कुरा सुन्ने बित्तिकै सरगम मेरो अङ्गालोमा आएर रुन लागि मात्र सुक्कसुक्क मात्र गर्दै थि ।केही बोल्न सकिन या बोल्नै खोजिन त्यो त थाहा भएन ।मैले पनि पीडा थप्न चाहिन र लिएर गए आफ्नै घरमा।बिहान पख मात्र पुगियो ।एक्कासी छोरा एकाबिहानै आएको देखेर अझ संगै केटी देखेर आमाबुवा पनि छक्क पर्नु भयो ।मैले पुगेर उहाँहरुलाई ढोग गरे सरगम भने शिर नुहुर्याएर बसिरहेकी थि।म भित्र सरासर पस्न लागेको देखेर आमाले रोक्दै भन्नुभयो का जान लाको त? टीका नलाई भित्र पस्न हुन्न ?पख एक्छिन म टिकाको सामान मिलाउछु अनि मात्र बुहारिलाई भित्र्याउलास का त्यसै जान मिल्छ त ।आमाले सरगमलाई बुहारी भनेकोले मैले भनिहाले ल खै का छ बुहारी,कस्ले ल्यायो फेरि बुहारी तपाईले कस्लाई बुहारी देख्नुभाको? यस्तै प्रस्न गरे आमालाइ।मेरा कुरा सुनेर आमा अचम्ममा पर्नु भयो र भन्नूभयो त्यसो हो भने यो नानी चाहिँ को नि बुहारी नभए।तैले भगाएर ल्याएपछी बुहारी भएन । आमाको कुरा सुनेर सरगमको आँखामा आँसु भरियो केही बोल्नैसकिन मात्र रोईरहिन।
सरगमको आँखामा आँसु भरियो।केही बोल्नै सकिन मात्र रोहिरहिन ।आमाको प्रस्नको मैले ठाडो उत्तर फर्काए ।उ तपाइको बुहारि हैन र हामी जस्तो गरिबको घरमा बुहारी हुने खालको हैन उत हुनेखाने खान्दानको मान्छे हुन। उसको र हाम्रो हैसियत मिल्दैन।माया प्रेम अनि विवाह गर्न हैसियत हेर्नूपर्छ। सरगम मेरो कुरा सुनेर आँसु बगाएर रुन थालि र रुदै केही भन्न थाली।म भन्ने उस्का कुरा नसुने आफ्नो कोठातिर लागे। मसङ्ग केही भन्न चाहान्थिन।सरगमलाई आमाले फकाउन लाग्नु भयो तर सरगम झनै स्वर निकालेरै रुन लागि म भने नसुने झै गरि कोठामै बसिरहे ।जिन्दगीले आज कहाँ बाट कहाँ पुर्‍याएको थियो ।जब म उस्लाई चाहान्थे उ मेरि हुन सकिन र जब मेरि हुन तयार छिन तर म उसको हुन तयार छैन यो कस्तो खेल समयको ।कोठामै बसिरहे बिहानभरि।खै आमा र सरगमको बिच केके कुरा भए कुन्नि मलाई था भएन तर सरगम भने हसिलो अनुहार बनाएर बसिरहेकी देखिन्थी ।खाना खान बोलाउदा पनि नगैइ बसिरहे ।केबल अब के गर्ने भनेर सोच मात्र आइरहयो ।सायद दिउसो को एक बज्न लागेको हुदो हो ।धेरै भएको थियो फेसबुक नचलाएको पनि निकै तनाब भएपछी एसो फेसबुक खोल्न मन लाग्यो ।सहरको भन्दा बरु गाउमा नै नेट छिटो चलेको जस्तो लाग्यो मलाई ।खुलिहाल्यो एकैछिनमा ।आज यहा अरु केहिको वास्ता नगरी गए म्यासेजतिर ।थियो केही म्यासेजहरु । सिधै आँखा अरुमा नगैइ बिनिशाको म्यासेजमा गयो ।उस्ले धेरै वटा म्यासेज गरेकी रहिछ । उस्ले लेखेको थि। मैले तपाईंलाइ धेरै दुख दिए है।खै के भएर हो ।रातिनै तपाईं जानुभयो सायद मेरा कुरा मन नपरेर होला ।मैले मात्र जिस्किएर त्यसो भनेको थिए ।तपाईले त साचै पो सम्झनु भयो कि के हो ? जे होस म हजुरलाई धेरै कुरा गर्न चाहन्थे तर अधुरै भयी सबै ।अदि कुनै दिन भेट भएछ भने भन्नेछु । तपाईलाई फोन गर्ने र म्यासेज गर्ने मै थि ।यदि मैले गल्ती गरेको भए मलाई माफ गरिदिनुहै बाई ।यतै यस्तै लेखेकी रैछ ।उस्लै मेरो हालत सुनाउ भन्दा पनि उ अफलाईन गैसकेकी थि ।मनमा कुरा खेलाउदै फेसबुक बन्द गरे ।यत्तिकैमा आमाबुवा र सरगम तिनै जना म भए ठाँउम आए र बुवाआमाले सम्झाउदै भन्न लगे ।नानिको यसमा केही गल्ती छैन छोरा उसले सबै कुरा हाम्लाई भनिसकिन ।हाम्लाई यत्तिको बुहारी भए हुन्छ तैले बे गर्नै पर्छ भन्दैहुनुहुन्यो मैले बिच्मै बोले बिहे म मेरो लागि गर्नु कि तपाईहरुको 

बेहे मैले मेरो लागि गर्नु कि तपाईहरुको लागि । मेरो कुराले सबै छक्क परे ।सरगम भने चुपचाप बसिरहेकी थिन ।सयाद उ लज्जित महशुस गरिरहेकी थिईन । आमाबुवा अनेक कुरा गरेर मलाई फकाउने प्रयास गरिरहेका थिए । मैले जे भने पनि वास्ता गरिन । मैले वास्ता नगरेपछी आमा बुवा त्यतिकै फर्किनु भयो ।सरगम त्यही कोठामै बसिरहि ।सायद म सङ्ग कुरा गर्न चाहान्थिन ।उसैले बोल्न थाली उ भन्दै थि अबि मलाई माफ गर ।मैले चाहेर यस्तो गरेको हैन ।म बिबश थिए यस्तो गर्नको लागि ।मेरो कारण तिम्ले दुख पायौ ।के भयो कसरि भयो त्यो त बुझ्न चाहेनौ ।के तिमि सुन्न चाहान्छौ ?म भन्छु आज किन गरे यो सब ।अबि मलाई घरमा यत्ती पिडा दिएका थिए कि ।मैले तिम्रो ज्यान बचाउनको लागि भनेपनी यसो गरेको थिए ।कि त मैले घर छोड्ने पर्ने र सदाकोलागी घर परिवार त्याग्नु पर्ने थित्यो ।कि तिम्लाइ छाडेर हिड्नु पर्ने थियो यदि तिमिलाई नछाडे तिम्रो ज्यान मार्ने धम्की दिएकाले मैले तिम्रो ज्यान बचाउन यस्तो गरेको हु प्लिज मलाई बुझन । मैले जे भने सत्ते बोल्दै छु ।यदि यस्तो होइन भने म किन तिम्रो साथमा आउथे र ।उस्को कुरा मलाई बिस्वास लागेन र भनिदिए तिमी नाटक नगर ।मलाई तिम्रो कुरा केही सुन्न चाहान्न ।तिमि मेरो नजरबाट । मैले यस्तो भनेको कुरा सुनेर उ मेरो नजर बाट टाडा भै हाली।मभने एकोहोरो बसिरहे कोठामै ।खै आमा के के भन्दै थिए मैले सुनिन ।म कोठाको ढोका लगाएर बसिरहे । खै सरगम कता गै कुन्नि थाभएन ।र वास्ता पनि गरिन मैले।आमा बुवा पालै पालो आएर ।कोठा ढक्ककाउन थाले मैले ढोका खोलिन।।साझ परि सकेको थियो ।यसो बहिर निस्कनु पर्यो भनेर बाहिर निस्किए। केही छिनमा गाउको एउटा भाइ आइपुग्यो ।भाइ सारै आत्तिएको थियोे ।उस्ले भन्यो दाइ..दाइ..के भयो भाइ मैले सोधे ।उस्ले भन्यो दाइ त्यो तपाईं सङ्ग आउने दिदी…

लेखकः अविनास थापा

…के भयो उसलाई म पनि आत्तिन थाले। उस्ले भन्यो दिदी त रुखमा झुन्डिएको अबस्थामा हुनुहुन्छ हाम्रो घर नजिकैको रुखमा ।उसले यत्ती मात्र भन्यो ।म आत्तिएर दौडिए उस्ले भनेको ठाँउमा ।जादा त उ रुखमा झुन्डिएकि थि । सरगमले आत्महत्या गरेकी थि।त्यो पनि मैले भनेको कुराले गर्दा उसले यस्तो गरेकी थि ।उस्को नजिकै गएर हेरे उस्ले एउटा पेपरमा केहिलेखेकी थिए ।यसो हेरेको त उसले लेखेकी थि।

मलाई माफ गर ल अबि sorry ..

यो देखेर म आँखा भरी झारेर रोहिरहे ।

समाप्त 

Leave a Reply

Your email address will not be published. Required fields are marked *