करैयामाई गाउँपालिकाको बजेट ४४ करोड

बाराको करैयामाई गाउँपालिकाले आगामी आर्थिक बर्ष २०७७/७८ का लागी ४४ करोड ५५ लाख ४३ हजार ५ सय ५० रुपैया बराबरको बजेट ल्याएको छ ।

गाउँपालिकाको छैटौं गाउँसभा मार्फत गाउँपालिकाका उपाध्यय चित्ररेखा कुमारी चौधरीले  आर्थिक बर्ष २०७७/७८ को लागी अनुमानित बजेट पेश गर्नुभएको हो ।

पालिकाले हाल विश्वमै महामारीको रुपमा देखिएको कोरोना भाइरस (कोभिड-१९) संक्रमण रोकथाम तथा नियन्त्रणका लागी २० लाख रुपैयाँ विनियोजन गरेको छ साथै गाउँपालिकाले सदैव जनभावनालाई पहिलो प्राथामिकतामा राखेर काम गर्ने समेत जानकारी दिनुभयो ।

गाउँपालिका उपाध्यय चित्ररेखा कुमारी चौधरी

गाउँपालिकाले आफ्नो पूर्वाधार विकास नितिमा गाउँपालिका क्षेत्रभित्रका अत्यावश्यक सडकहरुको लगी गाउँपालिका यातायात गुरु योजना निर्माण गरि विस्तृत योजना प्रतिवेदन बनाएर लागु गरिने समेत जनाएको छ ।  

गाउँपालिकाका अध्यक्ष भुनेश्वर धामिको अध्यक्षतामा भएको सभामा गाउँपालिकाका नि. प्रमुख प्रशासकिय अधिकृत वीरेन्द्र महतो तथा सम्पुर्ण वडाका वडा अध्यक्षहरु , गाउँकार्यपालिकाका सदस्यहरु, सम्पुर्ण कर्मचारी, इलाका प्रहरी कार्यालयका प्रतिनिधि, सञ्चारकर्मिहरु लगायतको सहभागिता रहेको थियो ।

जनप्रतिनिधिहरु

यता बाराका १६ स्थानिय तहमध्ये अन्य तिन पालिकाहरु यस अघि नै आर्थिक वर्ष २०७७/७८ को निति तथा कार्यक्रम सम्पन्न गरिसकेका छन । बाराको  सिम्रौनगढ नगरपालिका र पर्सौनि गाउँपालिका र आदर्श कोतवाल गाउँपालिकाले क्रमश ४४ करोड ४५ लाख ३२ हजार ४ सय २० , ३३ करोड ७५ लाख र  ४३ करोड ७१ लाख ७९ हजार रुपैया बराबरको बजेट ल्याईसकेको छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *