करैयामाई चौथो पिपरा गोल्डकप: पहिलो खेलमा विरगंज युथ एकेडेमि विजयी

१५ माघ/अबिनास थापा – बाराको करैयामाई गाउँपालिका ७ मा आजबाट शुरु भएको करैयामाई चौथो पिपरा गोल्डकप फुटवल प्रतियोगीताको उद्धाटन खेलमा विरगंज युथ एकेडेमिले विजयी शुरुवात गरेको छ । खेलमा विरगंज युथ एकेडेमिले आयोजक शृजनशिल युवा क्लव विरुद्ध १–० को संघर्षपूर्ण जित निकाल्दै विजयी सुरुआत गरेको हो । प्रतिष्पर्धात्मक खेलमा पहिलो हाफको निर्धारित समयको इन्जुरी समयमा विरगंजका १७ नम्बर जर्सिका विपिन चौधरीले गोल गर्दै टिमलाई अग्रता दिलाएका थिए ।

त्यसपछि दुबै टोलीबाट खेलको दोस्रो हाफमा गोलको अवसर पाए पनि त्यसलाई सदुपयोग गर्न नसक्दा विरगंज युथ १- ० ले विजयी भएको हो ।

प्रतियोगिता अन्तरगत १७ गते बिहिबार विरगंज युनाईटेड क्लब बिरगंज र हिमकस्तुरी युवा क्लव सिराहाबीच हुनेछ ।

यसअघि बुधबार  करैयामाई गाउँपालिका – ७ मा रहेको पचंगाछिया खेल मैदानमा आयोजित उद्घाटन कार्यक्रममा प्रदेश न. २ का अर्थ राज्यमन्त्री उषा यादवले म्याच रेफ्रि राजु आलेमगरलाई फुटवल हस्तान्तरण गर्दै प्रतियोगिताको उद्घाटन गर्नुभएको हो ।

यस संस्करणमा प्रदेश न.१, प्रदेश न.२ र बागमति प्रदेशका गरी १० टिमको सहभागिता रहे‍को छ । यसपटक शशस्त्र प्रहरीको एपिएफ क्लव बर्दिबास ,हेटौडा-११ मकवानपुर, वीरगञ्ज युवा क्लव वीरगञ्ज, वागमति -११,हिमकुस्तुरी क्लव लाहान, सर्लाही -११, उदयपुर -११ र एफसी सिमरा युनाईटेड क्लब सिमरा र आयोजक शृजनशिल युवा क्लब करैयामाई-७ को सहभागिता रहेको छ । प्रतियोगिताको फाइनल आउँदो माघ २५ गते हुनेछ ।

प्रतियोगिताको विजेताले नगद २ लाख र उपविजेताले १ लाख रुपैयाँसहित ट्रफी, शिल्ड र प्रमाणपत्र पाउनेछन् ।

र यो पनि हेर्नुस – बाराको करैयामाई गाउँपालिकामा छोरी शिक्षा विमा मुद्दती वचत कार्यक्रम शिविर सम्पन्न

Leave a Reply

Your email address will not be published. Required fields are marked *