अख्तियारको विरोधमा सडक आन्दोलन गर्ने कांग्रेसको घोषणा

नेपाली कांग्रेसका पदाधिकारी र भ्रातृसंगठनका पदाधिकारी बीच सानेपामा छलफल भएको छ । 

ललिता निवास प्रकरणमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बुधबार पार्टी उपसभापति विजयकुमार गच्छदारमाथि भ्रष्टाचार मुद्दा लगाएपछि कांग्रेस आक्रोशित बनेको छ । यही विषयमा बिहीबार कांग्रेस पदाधिकारी बैठक बसेको थियो । 

त्यसपछि पार्टी मुख्यालय सानेपामा कांग्रेसका पदाधिकारी र भ्रातृसंगठनका पदाधिकारीबीच बैठक बसेको हो । बैठकले गच्छदारमाथि राजनीतिक पूर्वाग्रह राखेर मुद्दा दायर गरेको निष्कर्ष निकालेको छ । 
 
त्यसैगरी कांग्रेसले अख्तियारको विरोधमा सडक आन्दोलनको घोषणा गरेको छ ।

जसअन्तर्गत शुक्रबार दिउँसो १ बजे नेविसंघको नेतृत्वमा माइतीघरमा प्रदर्शन गर्ने भएको छ । आइतबार नेपाल तरुण दलको नेतृत्वमा दिउँसो १ बजे माइतीघरमै प्रदर्शन गर्ने भएको छफलमा सहभागी नेपाल किसान संघका नेता गणेश तिमिल्सिना जानकारी दिए । 

बैठकमा सहभागी तरुण दलका अध्यक्ष जीतजंग बस्नेतले अख्तियारले बदनियतपूर्ण ढंगले गच्छदारविरुद्ध ललिता निवास प्रकरणमा मुद्दा दायर गरेको विरोधमा सडक आन्दोलन गर्ने निर्णय गरिएको जानकारी दिए ।

यसअघि बिहान सभापति निवासमा बसेको कांग्रेसका वर्तमान र पूर्व पदाधिकारी बैठकले अख्तियारको पछिल्लो कदमविरुद्ध राजनीतिक र कानुनी लडाइँ लड्ने र भातृसंगठनलाइ सडकमा उतार्ने निर्णय गरेको थियो ।

check this out too – करैयामाई चौथो पिपरा गोल्डकप: पहिलो खेलमा विरगंज युथ एकेडेमि विजयी

Leave a Reply

Your email address will not be published. Required fields are marked *