लकडाउनमा निजगढबाट गएकाथिए काठमाडौंमा कोरोना पुष्टि भएका बालक

नवराज चौलागाईं, निजगढ,०२ जेठ ।

काठमाडौंको चन्द्रागिरी नगरपालिका दहचोकमा बस्ने कोरोना संक्रमित ७ वर्षीय वालक निजगढ बाट गएको खुलेकोछ ।

गत चैत्र ८ गते आमासंग दिदीको घर निजगढ नगरपालिका वडा नम्बर १२ रामथली आएका वालक बैशाख ६ गते बिरामी लिएर काठमाडौं गएको एम्बुलेन्समा काठमाडौं पुगेकाथिए ।

एम्बुलेन्समा उपचारकालागी गएका बिरामी र आफन्तहरुले बालक कोरोना संक्रमित भएको थाहा पाएपछि आफुलाई खबर गरेको वडा नम्बर १२ का वडा अध्यक्ष ज्ञान वहादुर गोलेले बताउनुभयो । संक्रमित बालक बसेर गएको वडा नम्बर १२ स्थित उक्त टोलमा उच्च सतर्कता अपनाइएकोछ । संक्रमित बालक बसेको वडा नम्बर १२ स्थीत उक्त टोलमा शुक्रबार दिउसोदेखी उच्च सतर्कता अपनाउदै स्थानीयलाई घर भित्रै राखिएको निजगढ नगरपालिकाका मेयर सुरेश कुमार खनालले बताउनुभयो ।

संक्रमित बालकसग सम्पर्कमा आएकाहरुको कन्ट्याक्ट ट्रेसीङ भईरहेको मेयर खनालले बताउनुभयो । एम्बुलेन्स चालकलाई क्वारेन्टाइनमा राखिएकोछ । चालक सहित उपचारकालागी काठमाडौं गएका र बालक बसेको टोलका स्थानियहरुको कोरोना परिक्षणकालागि शनिबार बिहान स्वाब संकलन गरिने निजगढ नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख रमेश लामाले बताउनुभएकोछ । निजगढबाट गएका बालकमा कोरोना संक्रमण पुस्टि भएसंगै नगर क्षेत्रमा त्रास बढेकोछ । बालक गएको ३ हप्ता भन्दा बढी समयपछि कोरोना संक्रमित देखिएको र आमाको नतिजा समेत नेगेटिभ आएकाले बालक निजगढ बाटै संक्रमित भएर गएका हुन वा काठमाडौं मै पुगेपछि संक्रमित भएका हुन भन्ने विषय अन्यौल भएको ईलाका प्रहरी कार्यालय निजगढका प्रहरी निरीक्षक बिकास थपलियाले बताउनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *