पशुपतिले बनाए सम्झनालाई कान्छी बुहारी

कान्छी बुहारी – चर्चित लोकप्रिय गायक पशुपति शर्मा र गायिका सम्झना भण्डारीको “कान्छी बुहारी” बोलको गीत सार्वजनिक भएको छ ।

गीतलाई पशुपति शर्माको युट्युब च्यानलबाट सार्वजनिक गरीएको छ । गायक पशुपति शर्माको नै शब्द तथा संगीत रहेको उक्त गीतमा कृष्ण बि.क. भान्जाको एरेंज रहेको छ । दशै तिहारलाई कान्छी बुहारी कोसेली ल्याएको कुरा गरिएको उक्त गीतमा भागेर विवाह गरी खर्च कटौती गरेको कुरा गरिएको छ । गायक पशुपति शर्मा , गायिका सम्झना भण्डारी र सबिता गुरुङ्गको अभिनय रहेको उक्त गीतको भिडियो दुर्गा पौडेलले छायांकन गरेका हुन् । पशुपति शर्मालाई फरक शैलीमा प्रस्तुत गरिएको उक्त गीतको भिडियोमा एक परिवारको परिवेश समावेश गरिएको छ र भागी विवाह गरेको देखाइएको छ ।

दुर्गा पौडेलको निर्देशनमा तयार भएको गीतको भिडियोलाई नबिन घर्ति मगरले संपादन गरेका हुन् । गीतको भिडियोमा गिरमान सोहन कुमालको कोरियोग्राफी रहेको छ ।

भिडियो :

र यो पनि हेर्नुस : धौलागीरी क्षेत्रको यानिमायाले रामकुमारलाई पुर्यायो टप ८ मा

Leave a Reply

Your email address will not be published. Required fields are marked *