सिन्धुलीका कुन पालिकाको बजेट कति ?

सिन्धुलीका सबै स्थानिय तहहरुले आर्थिक वर्ष २०७७/७८ को बजेट सार्वजनिक गरेका छन् । जिल्लामा रहेका ९ वटा पालिकाहरुका मध्ये अधिकांश पालिकाले आजै आयव्ययको अनुमान प्रस्तुत गरेका हुन । स्थानिय तहले पेश गरेको बजेट सभाबाट स्विकृत भएपछि मात्र खर्च गर्न सकिने प्रावधान रहेकाले सोहि अनुसार स्थानिय तहहरुले बजेट प्रस्तुत गरेका छन ।

जिल्लामा संघिय संरचना अनुसार कमलामाई र दुधौली  २ गरी नगरपालिका सहित ७ गाउँपालिका गरी ९ वटा स्थानिय तह रहेका छन । सिन्धुलिमा आर्थिक बर्ष २०७७/७८ का लागी स्वास्थ्य तथा कृषि क्षेत्रलाई प्राथामिकतामा राख्दै स्थानिय तहहरुले कुल पाँच अर्व भन्दा बढिको बजेट ल्याएका छन ।

सुनकोशि गाउँपालिकाले बाहेक अन्य सबै स्थानिय तहले आज (बुधवार) एकैपटक वजेट सार्वजिक गरेका हुन ।

आर्थिक बर्ष २०७७/७८ का लागी कमलामाई नगरपालिकाले एक अर्ब १६ करोड ४७ लाख १२ हजार ६ सय ६० रुपैयाको बजेट ल्याएको छ भने यता दुधौली नगरपालिकाले स्वास्थ्य र कृषिलाई प्राथामिकता दिदै एक अर्व २ करोडको बजेट ल्याएको छ ।

गाउँपालिकामध्ये सवैभन्दा बढि तिनपाटन गाउँपालिकाले ६२ करोड ६८ लाख बराबरको बजेट ल्याएको छ । त्यस्तै जिल्लाको उत्तरी भेगमा पर्ने सुनकोशि गाउँपालिकाले  ४० करोड बराबरको बजेट हिजो(मंगलबार) नै ल्याएको हो ।

यता गोलन्जोर गाउँपालिकाले ४५ करोड ४७ लाख छ हजार बराबरको बजेट ल्याउदा फिक्कल गाउँपालिकाले ३४ करोड ९५ लाख बराबरको बजेट ल्याएको छ । त्यस्तै घ्याङ्लेख गाउँपालिकाले पनि ३२ करोड ६४ करोड बजेट प्रस्तुत गरेको छ । जिल्लाको पश्चिमी क्षेत्रमा रहेको मरिण गाउँपालिका र हरिहरपुरगढि गाउँपालिकले  क्रमश ४८ करोड ४२ लाख ८३ हजार र ४५ करोड बजेट ल्याएको छ ।

यसरि जिल्लाका ९ वटै स्थानिय तहहरुको पहिलो प्राथामिकतामा पछिल्लो केहि महिना यता महामारीको रुपमा विश्वभर देखिएको कोरोना भाइरस (कोभिड-१९) रोकथाम तथा व्यवस्थापन गर्न स्वास्थ क्षेत्र परेको छ भने त्यसबाट सिर्जना भएको वेरोजगारीलाई कम गर्न पालिकाहरुले कृषि क्षेत्रलाई जोड दिएको बताएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *