केरा कृषक हिरा थापामगर प्रदेश सरकारद्वारा सम्मानित

नवराज चौलागाईं, निजगढ,१९ पौष । केरा कृषक हिरा थापा मगर प्रदेश २ सराकारद्वारा प्रदेशको उत्कृष्ट केरा कृषकको रूपमा सम्मानित हुनुभएकोछ ।

प्रदेश २ को भुमी व्यवस्था,कृषि तथा सहकारी मन्त्रालयले आईतबार प्रदेश भरिका १६ जना कृषक तथा कृषि फर्महरुलाई सम्मान गरेकोहो । मन्त्रालयले ४० औ विश्व खाध्य सुरक्षा दिवशको अवशर पारेर गत अक्टोबर १६ मा उक्त कृषक तथा कृषि फर्महरुलाई सम्मान गर्ने घोषणा गरेकोथियो । सोही घोषणा बमोजिम मन्त्रालयले आईतबार प्रदेशको भुमी व्यवस्था,कृषि तथा सहकारी मन्त्रालयको सभा हलमा सम्मान कार्यक्रमको आयोजना गरेकोहो । भुमी व्यवस्था,कृषि तथा सहकारी मन्त्री शैलेन्द्र प्रसाद साहले कृषकहरुलाई सम्मानपत्र र नगद सहित सम्मान गर्नुभएकोहो । मन्त्रालयले जनही २५ हजार रुपैया नगद सहित सम्मान गरेकोहो । कृषकहरुलाई सम्मान गर्नुहुदै मन्त्री साहले कृषकहरुले अझैपनी राज्यबाट केही नपाएको भन्दै प्रदेश सरकारले कृषकहरुलाई आवश्यक राहत प्याकेज ल्याउने बताउनुभयो । मन्त्रालयले प्रदेश २ का ८ वटै जिल्लाका २/२ जना कृषि र पशुपालक कृषक र फर्महरुलाई उत्कृष्ट कृषकको रुपमा सम्मान गरेको हो ।

उत्कृष्ट कृषकको रुपमा सम्मानपत्र ग्रहण गर्नुहुदै केरा कृषक मगरले बैदेशिक रोजगारीलाई बिस्थापन गरेर कृषिमा गरेको मेहेनतले अहिले सम्मानको हकदार भएको बताउनुभयो । कृषक मगरले कृषिमा गर्ने मेहेनत र लगानी प्रतिफलमुखी हुने भएकाले कृषि कार्यमा अझै दृढताकासाथ लाग्न अन्य कृषकहरुलाई पनि आग्रह गर्नुभयो । मगरले अहिले १२ बिगाह क्षेत्रफलमा मालभोग र अढाई बिगाह क्षेत्रफलमा जि नाईन जातको केरा खेती गर्नुभएकोछ । निजगढमा जि नाईन जातको केरा खेतिमो शुरुवात मगरले नै गर्नुभएकोहो । एक दशक सम्म वैदेशिक रोजगारीमा रहनुभएका मगरले बैदेशिक रोजगारिको क्रममा सिकेको कृषि कार्य मार्फत स्वदेशमा पनि आधुनिक तरिकाले कृषि क्षेत्रमा लागिपरेको बताउनुभयो ।

सम्मान कार्यक्रममा पशुपालक कृषकको तर्फबाट बाराको कोल्हवीको चौधरी मत्स्य पालन कृषि फर्मका सन्चालक बिरेन्द्र चौधरी पनि सम्मानित हुनुभएकोथियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *