कृषि तथा पशुपन्छी विकास मन्त्रालयको नयाँ संरचना, महाशाखा र शाखा तथा तिनका कार्यहरु

काठमाडाैँ । नेपालको कृषि विकास सम्बन्धी कार्यक्रम संचालनको थालनी संस्थागत रूपमा वि. सं. १९७८ मा चारखालमा स्थापित कृषि अड्डाबाट शुरू भएको हो । वि. सं. १९८२ सालमा सिंहदरबार परिसरमा कृषि प्रदर्शन फार्म खुल्यो । यसपछि कृषिको समग्र विकास गर्ने उद्देश्यले वि.सं. १९९४ मा कृषि परिषद्को गठन भयो । परिषद्‌बाट कृषि विकासको लागि कृषि फार्महरू खोल्ने, सर्भेक्षण कार्यहरू गर्ने जस्ता कार्यहरू भए । वि. सं. १९९८ सालमा त्रिपुरेश्वरमा भेटेरीनरी अस्पतालको स्थापना भयो । त्यसै वर्ष नहर शाखाको समेत स्थापना भयो ।

वि. सं. २००० मा मकवानपुरको चित्लाङ्ग र नुवाकोटको ककनीमा भेडा फार्महरू खुले । वि. सं. २००४ मा परवानीपुर सेन्ट्रल एक्सपेरिमेन्टल एण्ड रिसर्च फार्म खडा गरी कृषि अनुसन्धानलाई जोड दिन थालियो । वि. सं. २००७ को परिवर्तनपछि कृषि परिषद्‌बाट भएका विभिन्न कार्यहरूको लेखाजोखा भयो । त्यसैको आधारमा वि. सं. २००८ मा कृषि परिषद्लाई विघटन गरी त्यसबेलाको सबैभन्दा माथिल्लो निकायको रूपमा रहने गरी कृषि विभाग स्थापना भयो ।

वि. सं. २०१० मा कृषि विभागमा एग्रोनोमी, हर्टिकल्चर, लाईभस्टक एण्ड डेरी, एग्री ईन्जिनियरिङ्ग र फिसरिज (भेटरेनरी बाहेक) गरी ५ सेक्सनहरू खडा भए । ती सेक्सनका मातहतमा कृषि विकासका विभिन्न कार्यक्रमहरू संचालन हुन थाले । वि. सं. २०१० सालमा सहकारी विभाग स्थापना भयो । यही सालमा कृषि स्कूलको स्थापना पनि गरियो ।

वि. सं. २०१२ सालमा नहर शाखालाई नहर विभागको रूपमा विस्तार गरियो । वि. सं. २०१७ सालमा श्री रानी जगदम्बा कुमारीद्वारा श्री जगदम्बा कलेज अफ एगृकल्चर एण्ड रिसर्च ईन्ष्टिच्यूटका लागि पहिले स्थानीय विकास मन्त्रालय रहेको पुल्चोकस्थित श्रीमहल भन्ने नीजि महल कृषि विकासको भौतिक संरचनाको रूपमा प्राप्त भयो । वि. सं. २००४ सालमा स्थापित परवानीपुर कृषि फार्मलाई बहुमुखी कृषि स्टेशनको रूपमा परिवर्तन गरियो । वि. सं. २०१९ सालमा कीर्तिपुर बागवानी केन्द्र र गोदावरी मत्स्य विकास केन्द्रको स्थापना भयो ।

वि. सं. २०३० सालमा सिंचाई सम्बन्धी कार्यक्षेत्र पनि कृषि मन्त्रालय अन्तर्गत समावेश गराई मन्त्रालयको नाम खाद्य, कृषि तथा सिंचाई मन्त्रालय राखियो । आ.व. २०३७/३८ मा मन्त्रालयको कार्यभारमा पुनर्गठन भई यस मन्त्रालय अन्तर्गत संचालन हुंदै आएको सिंचाई र खाद्य व्यवस्थाको जिम्मेवारी क्रमशः जलश्रोत मन्त्रालय र आपूर्ति मन्त्रालयलाई गएपछि मन्त्रालयको नाम कृषि मन्त्रालय रहन गयो ।

आ.व. २०४७/४८ देखि सहकारी आन्दोलन प्रभावकारी रूपमा अगाडि बढाउन साझा विकास विभागसम्बन्धी कार्यक्रमलाई कृषि मन्त्रालय अन्तर्गत समावेश गराएपश्चात् आ.व. २०५५/५६ देखि यस मन्त्रालयको नाम कृषि तथा सहकारी मन्त्रालय भएको थियो भने नेपाल सरकार, मन्त्रिपरिषद्को मिति २०६९ जेष्ठ ५ गतेको निर्णयानुसार यस मन्त्रालयबाट सहकारी विभाग अलग भइसकेपछि यस मन्त्रालयको नाम कृषि विकास मन्त्रालय रहन गयो । नेपाल सरकार (मन्त्रिपरिषद्) को मिति २०७२।९।९ को निर्णयबाट कृषि विकास मन्त्रालयबाट पशुपन्छी विकास क्षेत्रको विकासको लागि भनी छुटै कृषि विकास मन्त्रालय र पशुपन्छी विकास मन्त्रालय गठन भएको थियो ।

नेपालको संविधानको धारा ८२ को उपधारा (१) को अधिकार प्रयोग गरी नेपाल सरकार, मन्त्रिपरिषद्‌बाट स्वीकृत “नेपाल सरकार (कार्य विभाजन) नियमावली, २०७४” को नियम ३, अनुसूची-१ मा उल्लेख भए बमोजिम नेपाल सरकारको कार्यसम्पादनको लागि साविकमा रहेका ४ वटा मन्त्रालयहरु (कृषि विकास मन्त्रालय, भूमीसुधार तथा व्यवस्था मन्त्रालय, सहकारी तथा गरिवी निवारण मन्त्रालय र पशुपन्छी विकास मन्त्रालय) लाई एकिकृत गरी कृषि, भूमी व्यवस्था तथा सहकारी मन्त्रालय गठन भई सोही अनुसार कार्य विभाजन समेत भएको थियो ।

यसै क्रममा मिति २०७५/४/१० गते पुनः नेपाल सरकार (कार्य विभाजन) नियमावली, २०७४ को संशोधन गरी कृषि तथा पशुपन्छी विकास मन्त्रालय र भूमि व्यवस्था, सहकारी तथा गरिवी निवारण मन्त्रालय गठन भई कृषि तथा पशुपन्छी क्षेत्र सँग सम्वन्धी सम्पूर्ण कार्यको लागि कृषि तथा पशुपन्छी विकास मन्त्रालयले कार्य गर्दै आएको छ ।

कृषि नेपाली अर्थतन्त्रको प्रमुख क्षेत्र हो । यसले कुल जनसंख्याको करिव ६५ प्रतिशत रोजगारीको अवसर प्रदान गर्दछ र जीडीपी करिब २७ प्रतिशत योगदान छ । त्यसैले, कृषि क्षेत्रको विकास र राष्ट्रिय अर्थतन्त्रको विकासका लागि महत्वपूर्ण छ । कृषि तथा पशुपन्छी विकास क्षेत्रको विकास र समृद्धिको लागि सम्पूर्ण जिम्मेवारी वहन गर्दछ । देशको आवश्यकता र सम्भाव्यता अनुरूप कृषि विकाससम्बन्धी नीति तर्जुमा एवं कार्यान्वयन गर्ने मूल उद्देश्य बोकेको यस मन्त्रालयको लक्ष्य व्यावसायिक एवं प्रतिस्पर्धात्मक कृषि प्रणालीबाट उच्च एवं दीगो आर्थिक वृद्दि हाँसिल गरी खाद्य सुरक्षा तथा गरिबी निवारणमा योगदान पुर्याउनु रहेको छ ।

संगठन
कृषि तथा पशुपन्छी विकास मन्त्रालयको उद्देश्यहरु हाँसिल गर्न पछिल्लो पटक वि.सं.२०७५ श्रवाणमा मन्त्रालयको संगठनात्मक स्वरुपमा परिमार्जन भई हाल मन्त्रालय अन्तर्गत विभिन्न ७ वटा महाशाखा र २८ वटा शाखाहरु रहेका छन् ।

१. प्रशासन महाशाखा
क. कृषि कर्मचारी प्रशासन शाखा
• संघिय निजामती सेवा ऐन र नियमावली अनुसार कृषि सेवा अन्तर्गतका लाइभष्टक, भेटेरिनरी मत्स्य समूह वाहेकका कर्मचारी प्रशासन सम्बन्धी माग आकृति, नियुक्ति, पदस्थापन, सरुवा, बढुवा, विदा, अवकाश र विभागीय कारवाही सम्बन्धी कार्य गर्ने ।
• मन्त्रालयबाट सञ्चालन हुने कृषि सेवा अन्तर्गका लाइभष्टक भेटेरिनरी र मत्स्य समूह वाहेकका समूहमा रिक्त रहेका पदहरु वढुवा तथा खुल्लाबाट पदपूर्ति सम्बन्धी कारवाही गर्ने ।
• मन्त्रालय अन्तर्गत कृषि सेवा अन्तर्गतका लाइभष्टक, भेटेरिनरी र मत्स्य समूह वाहेकका कर्मचारीहरुको नियुक्ति, सरुवा, वढुवा, स्वेच्छिक अवकाश, उपदान, निवृत्तिभरण, प्रोत्साहित पुरस्कार, वृत्ति विकास, दण्ड सजाय सम्वन्धी कार्य गर्ने ।
• मन्त्रालय अन्तर्गतको कृषि सेवा अन्तर्गतका लाइभष्टक, भेटेरिनरी र मत्स्य समूह वाहेकका जनशक्ति विवरण अद्यावधिक राख्ने ।
• बढुवा समितिको सचिवालयले कृषि सेवा अन्तर्गतका लाइभष्टक, भेटेरिनरी र मत्स्य समूह वाहेकका सम्पादन गर्ने कार्यमा सहयोग गर्ने ।
• मन्त्रालय अन्तर्गतका साविकको पशुपन्छी मन्त्रालय अन्तर्गत रहेका बोर्ड, संस्थान, समिति, परिषद वाहेकका कर्मचारी प्रशासन सम्बन्धी कार्यको अनुगमन सहयोग समन्वय गर्ने ।
• मन्त्रालय मातहतमा रहेको साविकको पशु पन्छी विकास मन्त्रालय अन्तर्गका रहेका वोर्ड संस्थान समिति परिषद् लगायतको संस्थाहरु वाहेको कार्यविधि निर्देशिका लगायत कर्मचारीहरुको सम्पत्ति विवरणको अभिलेख अद्यावधिक गर्ने साथै सम्पत्ति व्यवस्थापन सम्बन्धी सम्पूर्ण कार्य गर्ने ।
• कृषि सेवा अन्तर्गतका लाइभष्टक भेटेरिनरी र मत्स्य समूह वाहेकका कार्य सम्पादन मूल्याकंन सम्बन्धी सम्पूर्ण कार्यहरु गर्ने ।
• कृषि सेवा अन्तर्गतका लाइभ्ष्टक, भेटेरिनरी र मत्स्य समूह वाहेकका स्वदेशी तथा वैदेशिक अध्ययन तथा सात दिन भन्दा बढि अवधिको तालिम सम्बन्धी मनोनयन लगायतका सम्पूर्ण कार्यहरु गर्ने
• कृषि सेवा अन्तर्गतका लाइभ्ष्टक, भेटेरिनरी र मत्स्य समूह वाहेकका कर्मचारीहरुको पासपोर्ट तथा भिसाका लागि सम्बन्धित निकायमा पत्राचार गर्ने ।
• कृषि सेवा अन्तर्गतका लाइभ्ष्टक, भेटेरिनरी र मत्स्य समूह वाहेकका आयोजनाहरुको दरवन्दी सृजना, जनशक्ति व्यवस्थापन लगायत प्रशासनिक कामकारवाही सम्बन्धी सम्पूर्ण कार्यहरु गर्ने ।
• वैदेशिक भ्रमण व्यवस्थापन निर्देशिका, २०७५ बमोजिम कृषि सेवा अन्तर्गत लाइभष्टक भेटेरिनरी र मत्स्य समूह वाहेकका वैदेशिक भ्रमण, तालिम मनोनयन सिफारिस समितिको सचिवालयको कार्य गर्ने ।
• कृषि सेवा अन्तर्गतका लाइभष्टक, भेटेरिनरी र मत्स्य समूह वाहेकका प्रशासनिक राय परामर्श सम्बन्धी कार्य गर्ने र यस विषयमा मन्त्रिपरिषदमा प्रस्तावहरु पेश गर्ने ।

ख. आन्तरिक प्रशासन (पशुपन्छी कर्मचारी प्रशासन समेत) शाखा
• मन्त्रालयमा कार्यरत निजामती कर्मचारीहरुको अभिलेख राख्ने ।
• वजेटको परिधिभित्र रही आर्थिक प्रशासन ऐन, नियमअनुसार निर्माण, मर्मत, खरीद, जग्गा अधिग्रहण, लिलाम तथा मिन्हा गर्ने ।
• मन्त्रालयको दैनिक प्रशासन सम्बन्धी कार्यहरु गर्ने ।
• मन्त्रालयको सुपरीवेक्षण, सोधपुछ, जनसम्पर्क र सुरक्षाको व्यवस्था गर्ने ।
• मन्त्रालय र साविकको पशुपन्छी विकास मन्त्रालय मातहत रहेका वोर्ड संस्थान, परिषद् लगायतको संस्थाहरुको कार्यविधि निर्देशिका लागयत कर्मचारीहरुको सम्पत्ति विवरणको अभिलेख अद्यावधिक गर्ने साथै सम्पत्ति व्यवस्थापन सम्बन्धी सम्पूर्ण कार्य गर्ने ।
• अख्तियार दुरुपयोग अनुसन्धान आयोगबाट प्राप्त र भ्रष्टाचार नियन्त्रण एवं उजुरी, गुनासो सम्बन्धी कार्य प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय र राष्ट्रिय सर्तकता केन्द्रबाट प्राप्त गुनासाहरु फछर्यौट गर्ने ।
• मन्त्रालयमा आवश्यक सामग्री खरिद, वितरण लगायतका कार्य गर्ने ।
• मन्त्रालयको सवारी साधन व्यवस्थापन र परिचालन सम्वन्धी कार्य गर्ने
• मन्त्रालयको जिन्सी व्यवस्थापन सुरक्षा व्यवस्था सम्वन्धी कार्य
• मन्त्रालयमा प्राप्त चिठ्ठी पत्रहरुको अभिलेख सम्वन्धी कार्य
• मन्त्रालयको सरसफाई तथा वगैचा व्यवस्थापन सम्वन्धी कार्य
• संघिय निजामती सेवा ऐन र नियमावली अनुसार कृषि सेवा अन्तर्गतका लाइभष्टक, भेटेरिनरी मत्स्य समूहका कर्मचारी प्रशासन सम्बन्धी माग आकृति, नियुक्ति, पदस्थापन, सरुवा, बढुवा, विदा, अवकाश र विभागीय कारवाही सम्बन्धी कार्य गर्ने ।
• मन्त्रालयबाट सञ्चालन हुने कृषि सेवा कृषि सेवा अन्तर्गतका लाइभष्टक, भेटेरिनरी मत्स्य समूहमा रिक्त रहेका पदहरु वढुवा तथा खुल्लाबाट पदपूर्ति सम्बन्धी कारवाही गर्ने ।
• मन्त्रालय अन्तर्गत कृषि सेवा अन्तर्गतका लाइभष्टक, भेटेरिनरी र मत्स्य समूहका कर्मचारीहरुको नियुक्ति, सरुवा, वढुवा, स्वेच्छिक अवकाश, उपदान, निवृत्तिभरण, प्रोत्साहित पुरस्कार, वृत्ति विकास, दण्ड सजाय सम्वन्धी कार्य गर्ने ।
• मन्त्रालय अन्तर्गतको जनशक्ति विवरण अद्यावधिक राख्ने ।
• बढुवा समितिको सचिवालयले कृषि सेवा अन्तर्गतका लाइभष्टक, भेटेरिनरी मत्स्य समूहका सम्पादन गर्ने कार्यमा सहयोग गर्ने ।
• मन्त्रालय अन्तर्गतका साविकको पशुपन्छी मन्त्रालय अन्तर्गत रहेका बोर्ड, संस्थान, समिति, परिषदका कर्मचारी प्रशासन सम्बन्धी कार्यको अनुगमन सहयोग समन्वय गर्ने ।
• कृषि सेवा अन्तर्गतका लाइभष्टक, भेटेरिनरी र मत्स्य समूह वाहेकका कार्य सम्पादन मूल्याकंन सम्बन्धी सम्पूर्ण कार्यहरु गर्ने ।
• कृषि सेवा अन्तर्गतका लाइभष्टक, भेटेरिनरी र मत्स्य समूहका आयोजनाहरुको दरवन्दी सृजना, जनशक्ति व्यवस्थापन लगायत प्रशासनिक कामकारवाही सम्बन्धी सम्पूर्ण कार्यहरु गर्ने ।
• कृषि सेवा अन्तर्गतका लाइभष्टक, भेटेरिनरी र मत्स्य समूहका प्रशासनिक राय परामर्श सम्बन्धी कार्य गर्ने र यस विषयमा मन्त्रिपरिषदमा प्रस्तावहरु पेश गर्ने ।
• वैदेशिक भ्रमण व्यवस्थापन निर्देशिका, २०७५ बमोजिम कृषि सेवा अन्तर्गत लाइभष्टक भेटेरिनरी र मत्स्य समूहको वैदेशिक भ्रमण, तालिम मनोनयन सिफारिस समितिको सचिवालयको कार्य गर्ने ।

ग. कानुन तथा फैसला कार्यान्वयन शाखा
• कानूनी राय प्रदान गर्ने ।
• ऐन नियम, विनियम जस्ता कानूनहरुको मस्यौदा गर्ने ।
• नेपाल राजपत्रको सूचना प्रकासन सम्बन्धी कार्य गर्ने ।
• मन्त्रालय विपक्षी भएको मुद्दा मामिलामा प्रतिरक्षा गर्ने ।
• कानून, न्याय तथा संसदीय मामिला मन्त्रालयमा राय माग गर्ने ।
• सम्बन्धित न्यायालयबाट मन्त्रालय सम्बन्धी भएका मुद्दा फैसला कार्यान्वयनको कार्यवाही गर्ने ।
• मन्त्रालय मातहतका वोर्ड, संस्थान, समिति, परिषदको विनियमवली, कर्मचारी प्रशासन शाखा र आर्थिक प्रशासन शाखासँगको समन्वयमा तर्जुमा गर्ने ।

घ. आर्थिक प्रशासन शाखा
• साधारणतर्फको बजेट तर्जुमा तथा कार्यान्वयन गर्ने ।
• बजेट निकासा गराउने र नियमित आर्थिक कारोवार सन्चालन गर्ने ।
• लेखापरीक्षण तथा बेरुजू फर्छ्यौट सम्वन्धी कार्य गर्ने गराउने ।
• मन्त्रालय मातहतको लेखा सम्वन्धी कामको नियमित अनुगमन, मूल्याङ्कन व्यवस्था मिलाई उपयुक्त कारवाही गर्ने ।
• आर्थिक प्रशासन सम्वन्धी अन्य काम गर्ने ।
• नि.से.ऐन तथा नि.से.नि. अनुसार औषधी उपचार सम्बन्धी सम्पूर्ण कार्यहरु गर्ने ।

२. कृषि विकास महाशाखा
क. कृषि सामग्री व्यवस्थापन तथा प्रविधि शाखा
• रासायनिक तथा जौविक मल उत्पादन तथा आयात प्रयोग सम्वन्धी मापदण्ड तर्जुमा गुणस्तर नियम सम्वन्धी कार्य
• वीउ विजन आपूर्ति, व्यवस्थापन,गुणस्तर र मापदण्ड सो को अनुगमन तथा नियमन सम्वन्धि कार्य
• कृषि औजार उत्पादन तथा प्रयोग सम्वन्धी मापदण्ड तर्जुमा तथा नयमन सम्वन्धी कार्य
• कृषि सामग्री आपूर्तिको प्रक्षेपण, विश्लेषण, अनुगमन र समन्वय सम्वन्धी कार्य
• कृषि सामग्रीमा प्रदान गरिने केन्द्रीय अनुदान सम्वन्धी कार्य
• मल आयात अनुमति तथा मल आयातकर्ताको अनुमति सम्वन्धी कार्य
• एकीकृत कृषि अनुसन्धान शिक्षा र प्रसारको व्यवस्था, मापदण्ड र नियमन सम्वन्धी कार्य
• आधुनिक तथा नविनत्तम प्रविधिहरुको मापदण्ड, नियमन र विस्तार सम्वन्धी कार्य
• कृषि अनुसन्धान, शिक्षा र प्रसार कार्यमा संलग्न सरकारी तथा गैर सरकारी निकायवीच समन्वय कार्य

ख. कृषि उत्पादकत्व व्यवस्थापन शाखा
• खाद्यान्न, बाली विकास तथा प्रवर्द्धन र नियमन सम्वन्धी कार्य
• मह, च्याउ, रेशम बालीको विकास तथा प्रवर्द्धन र नियमन सम्वन्धी कार्य
• नगदे वाली औद्योगिक वालीको विकास तथा प्रवर्द्धन र नियमन सम्वन्धी कार्य
• तरकारी फलफूल वालीको विकास तथा प्रवर्द्धन र नियमन सम्वन्धी कार्य
• उत्पादन वृद्धिको लागि व्यवसायिक कृषक तथा कृषक समूह एवं सहकारीसंग समन्वय
• जमीन र श्रमको उत्पादकत्व बृद्धि सम्वन्धी कार्य

३. खाद्य सुरक्षा तथा खाद्य प्रविधि महाशाखा
क. खाद्य तथा पोषण सुरक्षा शाखा
• राष्ट्रिय खाद्य सुरक्षा कार्यक्रम तर्जुमा मापदण्ड कानून र नियमन सम्वन्धी कार्य
• लोपोन्मुख र स्थानीय एवं रैथाने बाली एवं कन्दमूल प्रवर्द्धन सम्वन्धी कार्य
• खाद्य सुरक्षा विश्लेषण, अनुगमन तथा प्रक्षेपण सम्वन्धी कार्य
• खाद्य सुरक्षा कायम गर्न आवश्यक कानून मापदण्ड तर्जुमा र नियमन
• खाद्यान्न जगेडा भण्डार व्यवस्थापनमा सम्वन्वय

ख. खाद्य प्रविधि एव स्वच्छता शाखा
• खाद्य प्रविधि सम्वन्धी अनुसन्धान र विकासमा समन्वय
• खाद्य वस्तु गुणस्तर मापदण्ड र नियमन सम्वन्धी कार्य
• खाद्य प्रयोगशालाको मापदण्ड र नियमन सम्वन्धी कार्य

ग. कृषि जैविक विविधता तथा वातावरण शाखा
• जैविक विविधता र जैविक प्रविधि सम्वन्धी कानुन मापदण्ड र नियमन
• प्राङ्गारिक कृषि सम्वन्धी कानून मापदण्ड र नियमन
• संरक्षण कृषि, स्रोत संरक्षण प्रविधि एवं असल कृषि अध्ययन सम्वन्धी कानून मापदण्ड र नियमन प्राङ्गारिक नेपाल कृषि GAP, IPM, IPNS दिगो भू–व्यवस्थापन जस्ता दिगो कृषि विकासका पद्धतिहरुको प्रवर्द्वन सम्बन्धी आवश्यक कार्य गर्ने ।
• कृषि वातावरण समिति र प्राङ्गारिक कृषि उत्पादन र प्रशोधन प्रणाली राष्ट्रिय समन्वय समितिको बैठक सञ्चालन
• प्राङ्गारिक प्रमाणीकरण कार्यान्वयन कार्यविधि तथा मार्गदर्शन तयारी सम्बन्धी कार्य गर्ने ।
• कृषि पशु पन्छी तथा वातावरण सम्बन्धी EIA / IEE सम्वन्धी
• विषादी व्यवस्थापन र वातावरण सम्बन्धी आयोजना तथा अन्तराष्ट्रिय महासन्धि/अभिसन्धिहरुको कार्यान्वयन तथा समन्वयका लागि मन्त्रालयको सम्पर्क विन्दु (Focal Point) को रुपमा कार्य गर्ने ।
• कृषि एवं पशुपन्छी सम्वद्ध क्षेत्रहरुमा प्रयोग हुने सामानहरुको व्यवस्थापनसँग सम्बन्धित कार्य ।
• Agriculture & Environment Journal र अन्य प्रकाशन सम्वन्धी
• कृषि क्षेत्रमा जलवायु परिवर्तन असर न्यूनीकरण तथा अनुकूलन कार्य सम्वन्धी कानून, मापदण्ड र नियमन
• जलवायु परिवर्तनका कृषि क्षेत्रमा असरबारे अध्ययन, अनुसन्धानको व्यवस्था
• कृषि वातावरण संरक्षण र सम्वर्द्ध सम्वन्धी कानून मापदण्ड र नियमन

४. योजना तथा विकास सहायता समन्वय महाशाखा
क. नीति समन्वय शाखा
• मन्त्रालय र अन्तर्गतका निकायहरुको नीतिको आवश्यकताको पहिचान, विश्लेषण तथा तर्जुमा समन्वय
• मन्त्रालय र अन्तर्गतका निकायहरुको नीति कार्यान्वयनको अवस्था सहजीकरण
• मन्त्रालय र अन्तर्गतका निकायहरुको नीति अनुगमन र मूल्याकन तथा पृष्ठपोषण
• अन्य मन्त्रालय तथा केन्द्रीय निकायहरुवीच नीतिगत विषयमा समन्वय
• नीजि तथा गैर सरकारी क्षेत्र वीच समन्वय

ख. वजेट तथा कार्यक्रम शाखा
• संघिय कार्यक्रम तथा वजेट तर्जुमा मार्गदर्शन तथा वजेट सिलिङ्ग सम्वन्धी कार्य
• मन्त्रालयको कार्यक्रम तथा बजेट कम्पाइल तथा स्वीकृतीको व्यवस्था सम्वन्धी कार्य
• नतिजामूलक बजेट तर्जुमाको नीतिगत तथा सँस्थागत व्यवस्था सम्वन्धी कार्य
• कार्यक्रम तथा बजेट कार्यान्वयन सहजीकरण र समन्वय ।

ग. विकास सहायता समन्वय शाखा
• अन्तर्राष्ट्रिय सहयोगको मापदण्ड (प्रदेशलाई समेत लागू हुने गरी) तयारी र कार्यान्वयनको व्यवस्था
• अन्तर्राष्ट्रिय सहयोगको क्षेत्र तथा आयोजना पहिचान
• सहयोग परिचालन सहजीकरण
• प्रोजेक्ट बैंक तयारी ।

घ. मानव संशाधन, लैङ्गिक विकास तथा समावेशी शाखा
• जनशक्ति विकास नीति, मापदण्ड
• बैदेशिक तालिम तथा अध्ययन भ्रमणको नीति, मापदण्ड र व्यवस्था
• लैंगिक मूलप्रवाहीकरण नीति, कार्यक्रम, मापदण्ड
• कार्यक्रम समन्वय र सहजीकरण
• लैंगिक उत्तरदायी बजेट कार्यान्वयनको व्यवस्था
• समावेशी नीति, कार्यक्रम, मापदण्ड ।

ङ. अनुगन तथा मूल्याङन शाखा
• कार्यक्रम अनुगमन तथा मूल्याङ्कन नीति, मापदण्ड र प्रक्रिया
• संघिय आयोजना तथा कार्यक्रम अनुगमन तथा मूल्याँकन
• आवधिक प्रगति समिक्षा र प्रतिवेदन
• संघिय संसद सम्वन्धी कार्य गर्ने ।

च. तथ्याङ्क तथा विश्लेषण शाखा
• कृषि बजार, बालीनाली तथ्यांक संकलन बिधिको बिकासका लागिनिर्देशिका तयारी तथा परिमार्जन, तालिम आदि सन्चालन गर्ने
• कृषि बजार, बालीनाली तथा पशुपंक्षी स्थिति निरीक्षण तथा द्वैमासिक प्रतिवेदन प्रकाशन गर्ने
• अर्धबार्षिक, बार्षिक कृषि तथ्यांक संकलन, प्रशोधन, अनुगमन, अनुमान तथा प्रकाशन गर्ने
• बार्षिक रुपमा Statistical Information on Nepalese Agriculture पुस्तकको लागि तथ्यांक संकलन, अनुगमन, प्रशोधन र प्रकाशन गर्ने
• कृषि क्षेत्रसँग सम्बन्धित तथ्याक सम्बन्धी सम्पूर्ण कार्यहरुको समन्वय गरी सम्पर्क विन्दुको रुपमा कार्य गर्ने
• राष्ट्रिय महत्वको तथ्याँक तथा सूचना संकलन तथा अद्यावधिक गरी आवधिक रुपमा प्रकाशन ।

५. कृषि तथा पशुपन्छी व्यवसाय प्रवद्धन महाशाखा
क. कृषि कर्जा, विमा तथा विपत व्यवस्थापन शाखा
• कृषि कर्जा सम्वन्धी कानून मापदण्ड र नियमन सम्वन्धी कार्य
• कृषि कर्जा प्रवर्द्धन तथा विश्लेषण र समन्वय
• कृषि तथा पशुपन्छीको विमा सम्वन्धी कानून मापदण्ड र नियमन सम्वन्धी कार्य
• विपद पूर्व तयारी एवं व्यवस्थापन सम्वन्धी कानून मापदण्ड र नियमन
• राहत व्यवस्थापन सम्वन्धी मापदण्ड निर्धारण एवं परिचालन
• विषदी एवं राहत सम्वन्धी अनुगमन तथा समन्वय
• कृषि क्षेत्रमा सम्भावित विपदको आँकलन, न्यूनिकरण सम्वन्धी पूर्व तयारी सो को मापदण्ड, राहत व्यवस्थापन सम्वन्धी कार्यमा प्रादेशिक समन्वय
• पशुपन्छीजन्य महामारी तथा प्रकोप लगायतका विपद व्यवस्थापन

ख. कृषि व्यवसाय तथा बजार प्रवर्द्धन शाखा
• कृषि व्यवसाय प्रवर्द्धन सम्वन्धी कानून, मापदण्ड निर्धारण र नियमन
• कृषि जन्य उद्योग प्रशोधनको अध्ययन विकास र विस्तार
• कृषि तथा पशु पन्छी बजार मापदण्ड निर्धारण र नियमन
• कृषि उपजहरुको मूल्य निर्धारण सम्वन्धी केन्द्रीय मापदण्ड, कानून र नियमन
• व्यवसाय प्रवर्द्धन सहयोग तथा सहुलियत मापदण्ड सहजीकरण र समन्वय
• पशुपन्छी जन्य उद्योग व्यवसायको मापदण्ड कानून र नियमन
• कृषि तथा पशु पन्छीजन्य उत्पादनको संकलन प्रवर्द्धन, भण्डारण नियमन मापदण्ड र कानून
• कृषि बजारको अन्तरप्रादेशिक समन्वय

ग. कृषि भौगोलिक सूचना प्रविधि शाखा
• मन्त्रालयको website development, update, management and computer system administration, network management and Software development लगायतको कार्य गर्ने
• कृषि योजना तर्जुमाको लागि संघ, प्रदेश, जिल्ला, नगरपालिका, गाउँपालिका र स्तानीयस्तरको प्राकृतिक श्रोत सम्वन्धीDigital Mapतयार तथा उपलब्ध गराउने ।
• आवधिक योजना तथा कृषि नीतिले परिलक्षित गरे बमोजिमका उच्च मूल्य (High Value) का वाली विशेषको पकेट क्षेत्रको पहिचान गरी सबै खालका कृषि योजना तथा कार्यक्रम तर्जुमा कार्यमा सघाउ पुर्याउने ।
• कृषिसंग सम्वन्धित Spatial / Non Spatialतथ्याङ्क अद्यावधिक गर्ने तथा उक्त कार्यमा सरकारी एवं गैर सरकारी संस्थाहरुसंग समन्वय गर्ने ।
• कृषि भौगोलिक सूचना प्रणाली सम्वन्धी तालिम, गोष्ठि तथा सेमिनार संचालन गर्ने र यस प्रणालीलाई समयसापेक्ष विकास गरी संस्थागत क्षमता अभिवृद्धि गर्ने ।
• दैवी प्रकोप तथा अन्य वातावरणीय प्रकोपबाट भएका क्षति, नोक्शान, रिमोट सेन्सिंग (Remote Sensing)/Global Positioning Systemको माध्यमबाट तथ्यांक संकलन, प्रशोधन गरी अद्यावधिक गर्ने ।
• विभिन्न सरकारी तथा गैर सरकारी निकायहरुबाट प्राप्त कृषिसंग सम्वन्धित प्रविधि, अनुसन्धान तथा अन्य जानकारीहरुलाई भू-सूचना प्रणालीको माध्यमबाट प्रवाह गर्ने ।

घ. कृषि यान्त्रीकरण तथा साना सिचाइ शाखा
• कृषि यान्त्रिकरण सम्वन्धी कानून मापदण्ड र नियमन सम्वन्धी कार्य
• कृषि यान्त्रीकरण प्रवर्द्धन सम्वन्धी र विकास सम्वन्धी कानून मापदण्ड र नियमन सम्वन्धी कार्य
• कृषि यान्त्रीकरण सम्वन्धी प्रादेशिक समन्वय
• साना कृषि सिचाइ सम्वन्धी मापदण्ड, कानून तर्जुमा तथा नियमन सम्वन्धी कार्य

ङ. क्वारेन्टाइन समन्वय शाखा
• पशु, खाद्य तथा प्लान्ट क्वारेन्टाइन सम्वन्धी मापदण्ड निर्धारण निमयन तथा समन्वय
• सिमा क्षेत्रमा पशु, खाद्य तथा कृषि सम्वन्धी क्वारेन्टाइन कार्यमा समन्वय गर्ने
• पशुपन्छी खाद्य तथा कृषि सम्वन्धी क्वारेन्टाइन प्रकृया सामान्जस्यता गरी आयात प्रकृया व्यवस्थापनमा समन्वय
• क्वारेन्टाइन सम्वन्धी अन्तरप्रादेशिक स्तरमा समेत क्षमता अभिवृद्धि तथा समन्वय।

६. पशुपंक्षी तथा मत्स्य विकास महाशाखा
कार्यविवरण
• पशुपन्छी तथा मत्स्य नश्ल सुधार सम्बन्धि राष्ट्रिय मापदण्ड तर्जुमा र गुणस्तर निर्धारण
• पशु अनुबांशिक श्रोत व्यवस्थापन सम्वन्धि मापदण्ड निर्माण तथा नियमन
• अन्तरदेशीय र अन्तरप्रादेशिक चरन तथा खर्क सम्बन्धी राष्ट्रिय गुणस्तर निर्धारण तथा नियमन
• पशुपन्छी तथा माछाको दाना, सुक्ष्म पोषणतत्व तथा उत्पादन सामग्रीको राष्ट्रिय गुणस्तर निर्धारण तथा नियमन
• दूग्ध र दुग्ध पदार्थबाट बनेको वस्तुहरुको अध्ययन तथा विकास
• पशुजन्य उत्पादन दुध, मासु अण्डाको छाला लगायत सम्बन्धी मापदण्ड तर्जुमा
• उन कार्पेट पश्मिना लगायतका उत्पादन विकास र प्रवर्द्धनको मापदण्ड निर्धारण
• पशुपन्छी तथा मत्स्यसंग सम्बन्धी जैविकी विविधता संरक्षण सम्बन्धी राष्ट्रिय मापदण्ड तर्जुमा
• पशु अनुवांशिक श्रोत लगायत असल उत्पादन अभ्यास सम्बन्धित क्षेत्रमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय संघ संसथासंग समन्वय
• पशु उत्पादन तथा वजारीकरणमा पशु कल्याण सुनिश्चित गर्न आवश्यक कार्य
• असल पशुपालन अभ्यास सम्वन्धी राष्ट्रिय मापदण्ड तर्जुमा र कार्यान्वयन
• घांसको विउको गुणस्तर सम्वन्धी राष्ट्रिय नीति मापदण्ड तर्जुमा, नियमन तथा प्रमाणिकरण

नश्ल सुधार तथा अनुवंशिक श्रोत व्यवस्थापन शाखा
• पशुपन्छी नश्ल सुधार सम्बन्धि राष्ट्रिय मापदण्ड तर्जुमा र गुणस्तर निर्धारण
• पशु अनुबांशिक श्रोत व्यवस्थापन, मापदण्ड, नियमन तयारी
• पशुपन्छी तथा मत्स्य सम्बन्धी जैविकी विविधता संरक्षण सम्बन्धि राष्ट्रिय मापदण्ड तर्जुमा
• न्युक्लियस हर्ड व्यवस्थापन
• असल उत्पादन अभ्यास सम्बन्धित क्षेत्रमा कार्यरत संघ, संस्थासँग समन्वय
• अन्तरप्रदेश पशु अनुवांशिक श्रोत केन्द्र स्थापना व्यवस्थापन
• उच्च प्रजनन् मानका पशुहरु उत्पादन छनौट आपूर्ति व्यवस्थापन
• तरल नाइट्रोजन, जमेको वीर्य तथा भ्रुणको गुणस्तर निर्धारण
• Semen Bank and Gene Bankसुदृढीकरण सम्वन्धी कार्यक्रमको समन्वय

पशुपन्छीजन्य उत्पादन प्रवर्द्धन शाखा
• दूग्ध र दुग्ध पदार्थबाट बनेको वस्तुहरुको अध्ययन तथा विकास
• पशुजन्य उत्पादन छाला लगायत सम्बन्धी मापदण्ड तर्जुमा
• फुल पस्मिना कार्पेट लगायतका उत्पादन विकास र प्रवर्द्धन
• पशु उत्पादन तथा वजारीकरणमा पशु कल्याण सुनिश्चित गर्न आवश्यक कार्य गर्ने
• असल पशुपालन अभ्यास सम्वन्धी राष्ट्रिय मापदण्ड तर्जुमा र कार्यान्वयन
• निर्यातयोग्य पशुजन्य उत्पादनको गुणस्तर स्तरीकरण
• पशुपन्छीजन्य पदार्थ र उत्पादन सामाग्रीको गुणस्तर विश्लेषण निर्धारण व्यवस्थापन र नियमन
• पशुपन्छी सम्बन्धी नविनतम प्रविधीहरुको पहिचान, छनौट तथा परीक्षण सम्बन्धमा समन्व्य तथा सहकार्य
• पशुपन्छी सम्बन्धी परम्परागत ज्ञान,सिप, अभ्यास, प्रविधिको राष्ट्रियस्तरमा अभिलेखीकरण तथा प्रबर्द्धन
• विश्वविद्यालय, तालिम प्रदायक संस्था तथा अन्य निकायहरुसंग प्रविधि विकास सम्बन्धी सहकार्य, तथा समन्वय

चरन तथा आहारा व्यवस्थापन शाखा
• अन्तरदेशीय चरन खर्क उपभोग तथा व्यवस्थापन सम्बन्धी समन्वय
• अन्तरप्रादेशिक चरन तथा खर्क सम्बन्धी राष्ट्रिय मापदण्ड निर्धारण
• पशुपन्छी तथामाछाको दानसुक्ष्म पोषणतत्व तथा उत्पादन सामग्रीको राष्ट्रिय गुणस्तर निर्धारण
• घाँसेवालीको अनुवांशिक श्रोत संरक्षणको राष्ट्रिय रणनीति तर्जुमा
• घांसको विउको गुणस्तर सम्वन्धी राष्ट्रिय मापदण्ड तर्जुम नियीन तथा प्रमाणीकरण
• चरन विउ तथा कृषि वन प्रविधिको पहिचान, प्राथमिकरण तथा समन्वय
• घाँसेवाली तथा पशु आहारा सम्वन्धी परम्परागत ज्ञान,सिप, अभ्यास, प्रविधिको राष्ट्रियस्तरमा अभिलेखिकीरण तथा प्रबर्द्धन

मत्स्य विकास शाखा
• प्राकृतिक जलाशयहरु (पोखरी, नदीनाला, ताल तलैया एवं घोल तथा सिम) मा मत्स्य पालन सम्भाव्यता अध्ययन र सर्वेक्षण सम्बन्धी कानून, मापदण्ड र नियमन कार्य
• प्राकृतिक जलाशयमा जलीय जैविक विविधता कायम राख्दै प्राकृतिक उत्पादन वृद्धि गर्न आवश्यक कानून मापदण्ड र नियमन सम्बन्धी कार्य
• प्राकृतिक जलाशयबाट प्राप्त हुने माछा तथा जलीय जीवजन्य उत्पादनमा आश्रित समुदायको सामाजिकर आर्थिक पक्षको अध्ययन गरी रोजगारी व्यवस्थापन सम्बन्धी कानून, मापदण्ड र नियमन कार्य
• प्राकृतिक जलाशयहरुको संरक्षण एवं उपयोग सम्बन्धी कानून मापदण्ड र नियमन कार्य
• माछा तथा जलीय जीव पालन प्रवर्द्धन कानून मापदण्ड र नियमन सम्वन्धी कार्य
• माछा तथा जलीय जीव पालनको नवीनतम प्रविधिहरुको मापदण्ड र विस्तार सम्वन्धी कार्य
• मत्स्य विज आपूर्ति, गुणस्तर, मापदण्ड र नियमन सम्वन्धी कार्य
• माछा तथा जलीय जीवजन्य उत्पादनको पोष्टहार्भेष्ट तथा बजार सम्बन्धी मापदण्ड र नियमन कार्य

७. पशु स्वास्थ्य महाशाखा
कार्य विवरण
• पशु चिकित्सा सम्बन्धी राष्ट्रिय मापदण्ड निर्धारण र व्यवस्थापन
• पशु चिकित्सा सेवाको गुणस्तर निर्धारण तथा नियमन
• पशुपन्छी तथा पशु स्वास्थ्य सम्बन्धि प्रचलित ऐन, कानूनको कार्यान्वयन
• पशुपन्छीजन्य औषधि, जैविक पदार्थ, खाद्य राष्ट्रिय मापदण्ड निर्धारण तथा गुण नियमन, जोखिम विश्लेषण तथा औषधी निगरानी (फर्माको भिजिलेन्स)
• महामारी तथा सीमा विहीन रोग नियन्त्रण, अन्वेषण, इपिडेमियोलोजी सम्बन्धि (वन्यजन्तु समेत) समन्वय तथा नीति, कानून निर्माण र नियमन
• पशु क्वारेन्टाईनसंग सम्बन्धित कार्यहरुमा आवश्यक समन्वय तथा सहकार्य
• पशु स्वास्थ्य सम्बन्धी अन्तर्राष्ट्रिय सन्धि सम्झौताहरु कार्यान्वयन
• पशु स्वास्थ्य सम्बन्धि प्रयोगशालाको सम्बन्द्धता र स्तरीकरण सम्वन्धी नीति र मापदण्ड
• भेटेरीनरी जनस्वास्थ्य, जुनोटिक रोग, एन्टिबायोटिक रेसिस्टेन्स, ड्रग रेजिड्यु लगायतका जनस्वास्थ्यका विषयमा एक स्वास्थ्य अवधारणा सम्वन्धी
• राष्ट्रिय भेटेरिनरी गुणस्तर, पशुपन्छीजन्य पदार्थको स्वच्छता, मापदण्ड, नियम, कानून, नीति तर्जुमा र अनुगमन
• पशु स्वास्थ्य तथा पशु सेवा सम्बन्धी कानून, ऐन, नियम,निर्देशिका मापदण्ड तर्जुमा र व्यवस्थापन
• पशुस्वास्थ्यसँग सम्बन्धित प्रमाणीकरण सम्बन्धी कार्य गर्ने
• पशुपन्छीजन्य महामारी नियन्त्रण तथा व्यवस्थापन
• मासु तथा मासुजन्य पदार्थको राष्ट्रिय गुणस्तर निर्धारण तथा नियमन
• पशु स्वास्थ्य संरक्षणका लागि आवश्यक दस्तावेज तर्जुमा र कार्यान्वयन
• राष्ट्रियस्तरमा असल भेटेरिनरी अभ्यास कार्यान्वयन
• पशु स्वास्थसँग सम्बन्धित क्षेत्रमा कार्यरत संघ,संस्थासँग समन्वय
• Emergingतथा Re-emerging diseasesनियन्त्रण सम्बन्धी रणनीति तयार तथा कार्यान्वयन
• पशु स्वास्थ्य सम्बन्धी अनुसन्धान र विकास
• पशु कल्याण सम्बन्धी राष्ट्रिय मापदण्ड समन्वय तर्जुमा र कार्यान्वयन
• पशु रोग तथा अवस्था सम्वन्धी राष्ट्रिय तथ्याक व्यवस्थापन तथा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय रिपोर्टिंग
• मत्स्य स्वास्थ्य तथा माछाजन्य महामारी नियन्त्रण

क. पशु चिकित्सा तथा रोग नियन्त्रण समन्वय शाखा
• पशुपन्छी तथा पशु स्वास्थ्य सम्बन्धी प्रचलित ऐन, कानूनको कार्यान्वयन, निर्देशिका मापदण्ड तर्जुमा र व्यवस्थापन
• महामारी तथा सीमा विहीन रोग अन्वेषण तथा नियन्त्रण र पशु क्वारेन्टायन सम्वन्धी समन्ववय
• पशु रोग सम्बन्धी इपिडेमियोलोजीकल सर्भिलेन्स, अध्ययन (वन्यजन्तु समेत)
• Emergingतथा Re-emerging diseasesनियन्त्रण सम्बन्धि रणनीति तयार तथा कार्यान्वयन
• पशु रोग सम्बन्धी राष्ट्रिय तथ्यांक अभिलेखीकरण तथा विश्लेषण
• पशु रोग सम्बन्धी रार्ष्ट्रिय तथा अन्तर्राष्ट्रिय रिपोर्टिंग
• महामारी तथा सीमाविहिन रोग नियन्त्रणका लागि Zoning and Compartmentalization
• पशु चिकित्सा सम्बन्धी राष्ट्रिय मापदण्ड निर्धारण र व्यवस्थापन
• पशु सेवा सम्बन्धी प्रयोगशालाको सम्बद्धता/स्तरीकरण सम्वन्धी नीति/मापदण्ड
• पशु चिकित्सा सेवाको गुणस्तर निर्धारण तथा नियमन
• विश्व पशु स्वास्थ्य संगठन लगायतका निकायसंग सहकार्य तथा समन्वय
• पशु स्वास्थ्य संरक्षणका लागि आवश्यक दस्तावेज तर्जुमा र कार्यान्वयन
• पशु स्वास्थ्य सम्बन्धी अनुसन्धान र विकास

ख. भेटेरिनरी जनस्वास्थ्य एवं पशु कल्याण शाखा
• जुनोटिक रोग नियन्त्रणमा अन्य सरोकारवाला निकायसंग समन्वय
• पशु तथा पशुजन्य पदार्थमा ड्रग रेसिड्यु नियन्त्रण तथा नियमन
• भेटेरीनरी जनस्वास्थ्य, एन्टिबायोटिक रेसिस्टेन्स, ड्रग रेसिड्यु लगायतका विषयहरुमा राष्ट्रिय मापदण्ड नियमन नियन्त्रण
• एन्टिबायोटिक रेसिस्टेन्स, ड्रग रेसिड् युलगायतका विषयहरुमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय रिपोर्टिङ
• एक स्वास्थ्य अवधारणाको राष्ट्रिय मापदण्ड तथा सूचक निर्धारण तथा आवश्यक समन्वय
• मासु तथा मासुजन्य पदार्थको राष्ट्रिय गुणस्तर निर्धारण तथा नियमन
• भेटेरिनरी जनस्वास्थ्य सम्बन्धी अनुसन्धान र विकास
• जुनोटिक रोग सम्बन्धी सर्भिलेन्सअध्ययन तथा समन्व य
• जनस्वास्थ्य संरक्षणका लागि आवश्यक दस्तावेज तर्जुमा र कार्यान्वयन
• पशु कल्याण सम्बन्धी राष्ट्रिय मापदण्ड लगायत तर्जुमा र कार्यान्वयन

ग. पशुपन्छी औषधी व्यवस्थापन तथा नियमन शाखा
• पशुपन्छीजन्य औषधीको राष्ट्रिय मापदण्ड निर्धारण
• जैविक पदार्थ लगायतको राष्ट्रिय मापदण्ड निर्धारण तथा गुण नियमन
• जोखिम विश्लेषण तथा औषधी निगरानी फर्माकोभिजिलेन्स)
• राष्ट्रिय भेटेरिनरी गुणस्तर निर्धारण
• पशुपन्छीजन्य पदार्थको स्वच्छता, मापदण्ड तर्जुमा र अनुगमनमा आवश्यक सहकार्य एवं समन्वय
• पशु स्वास्थ्य तथा पशु सेवा सम्बन्धी कानून, ऐनमा सहकार्य र व्यवस्थापन
• भेटेरिनरी औषधि जैविकीको आयात, निर्यात सिफारिश माग आपूर्ति व्यवस्थापन
• राष्ट्रियस्तरमा असल भेटेरिनरी अभ्यास कार्यान्वयन
• भेटेरिनरी औषधीको गुणस्तर परीक्षणको मापदण्ड निर्धारण
• पशुपन्छीमा प्रयोग हुने खोपको गुणस्तर परीक्षणको मापदण्ड निर्धारण

Leave a Reply

Your email address will not be published. Required fields are marked *