निजगढ नगरपालिकाले आरडीटि मार्फत कोरोनाको प्रारम्भिक परिक्षण गर्न किट खरिद गर्ने

निजगढ नगरपालिकाले र्या्पिड डाईग्नोस्टिक टेस्ट मार्फत नोबेल कोरोना भाईरस अर्थात कोभिड १९ को प्रारम्भिक परिक्षण गर्न र्या्पिड टेस्ट किट खरिद गर्ने भएकोछ ।

नगर कार्यपालिकाको सोमबार सम्पन्न बैठकले नेपाल सरकारले तोकेको मापदण्ड अनुरुप नगर भित्र कोरोना भाईरस परिक्षणलाई बढाउन तत्कालकालागी १ हजार थान र्या्पिड टेस्ट किट खरिद गर्ने निर्णय गरिएको मेयर सुरेश कुमार खनालले बताउनुभयो ।

बैठकले गत शुक्रबार राति हुरीबतास संगै आएको असिनापानीले पुर्याएको क्षति विवरण संकलन गरेर राहत प्रदान गर्न प्रदेश र संघीय सरकारलाई अनुरोध गर्ने निर्णय गरेकोछ ।

निजगढ नगरपालिकाबाट अन्य शहर वा विदेशमा बसोबास गर्नेहरुको लगत संकलन गर्ने पनि कार्यपालिका बैठकमा निर्णय भएकोछ । यस्तै बैठकले पहिलो चरणमा राहत पाउन छुटेका असंगठित वर्गका मजदुर तथा न्यून आर्थिक स्तर भएकाहरुलाई राहत तत्काल राहत वितरण गर्ने निर्णय गरेकोछ ।

र यो पनि हेर्नुस – निजगढको सार्वजनिक स्थानहरुमा हेल्थ डेस्क संचालन

Leave a Reply

Your email address will not be published. Required fields are marked *