कोरोना नियन्त्रणको लागी निजगढमा नाकामा कडाई गरेर परिक्षण बढाईने

निजगढ,२२ श्रावण । कोरोना भाईरस विपद न्यूनीकरण समन्वय तथा अनुगमन समिति निजगढले नगर भित्र समुदाय स्तरमा कोरोना भाईरस संक्रमण देखा परेपछि पिसिआर परिक्षणको दायरा बढाउन एक हजार थान भिटीएम किट र अन्य आवश्यक औषधीजन्य सामाग्रीहरु खरिद गर्न नगरपालिकालाई अनुरोध गर्ने निर्णय गरेकोछ ।

कोरोना भाईरस विपद न्यूनीकरण समन्वय तथा अनुगमन समिति निजगढका संयोजक मेयर सुरेश कुमार खनालको संयोजकत्वमा बिहिबार सम्पन्न बैठकले पिसीआर परिक्षणको दायरा बढाउने निर्णय गरेकोहो। बैठकले नगरपालिका क्षेत्रमा हुने अवान्छित आवागमनलाई रोक्न महेन्द्र राजमार्ग क्षेत्रको मुख्य नाकामा कडाई गर्ने निर्णय गरेकोछ ।

नगर भित्र हुने अनावश्यक आवागमनलाई रोक्न राजमार्ग क्षेत्रको मुख्य नाकामा सुरक्षा निकाय तथा स्वास्थ्यकर्मीको समन्वयमा प्रभावकारी रुपमा चेकपोस्ट संचालन गरिने मेयर सुरेश कुमार खनालले बताउनुभयो । नगरपालिकामा कार्यरत कर्मचारी समेत कोरोना संक्रमित भएपछी नगरपालिकाबाट प्रदान गरिने अत्यावश्यक र अनिवार्य बाहेकका सम्पूर्ण सेवाहरु बन्द गर्ने समेत निर्णय गरिएकोछ । निजगढमा हालसम्म समुदाय स्तरमा ३ जनालाई कोरोना संक्रमण पुष्टि भईसकेकोछ ।

कोरोना भाईरस संक्रमणको कारण निजगढमा १ जनाको मृत्यु भईसकेकोछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *