कोरोना संक्रमणबाट मृत्यू हुनेको संख्या १० पुग्यो

नेपालमा थप १ जनामा कोरोना संक्रमणबाट मृत्यू भएको पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आयोजना गरेको नियमित मिडिया ब्रिफिङमा मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले पाल्पाका १ जना पुरुषको गत २० गते मृत्यू भएकोमा परिक्षण गर्दा संक्रमण पुष्टि भएको जानकारी दिए ।

पाल्पाको पूर्वखोला गाँउपालिका १ सिलुवाका ४० बर्षीय पुरुषको कोरोना संक्रमणबाट मृत्यु भएको पुष्टि भएको थियो । उनको पाल्पाको मिसन अस्पतालको आइसोलेसन कक्षमा तीन दिनअघि मृत्यु भएको थियो ।

पूर्वखोला -२ जल्पा क्वारेन्टाइनमा रहेका उनलाई स्वास्थ्यमा समस्या भएपछि तानसेनस्थित मिसन अस्पताल पुर्‍याइएको थियो । मृत्युपछि उनको स्वाब परीक्षणका लागि भैरहवास्थित प्रदेश जनस्वास्थ्य प्रयोगशालामा पठाइएको थियो ।

यससँगै कोरोना संक्रमणबाट मृत्यू हुनेको संख्या १० पुगेकाे छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *