नेपालमा कोरोना संक्रमितको संख्या ४५ पुग्यो

काठमाडौं । थप तीन जनामा कोरोना भाइरस (कोभिड-१९) को संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाका अनुसार २४, ६० र ७२ वर्षका पुरुषमा संक्रमण देखिएको हो ।

उनीहरु टाँडीस्थित नेपाली सेना क्वारेन्टाइनमा थिए ।

यससँगै नेपालमा कोरोना संक्रमितको संख्या ४५ पुगेको छ । उनीहरु मध्ये ७ जना निको भइसकेका छन् ।

र यो पनि हेर्नुस – उदयपुरमा थप ८ जनामा कोरोना संक्रमण

Leave a Reply

Your email address will not be published. Required fields are marked *