कोरोना संक्रमित बालकको मृत्यु : निजगढमा उच्च सतर्कता,मृतकको शव व्यवस्थापन

नवराज चौलागाईं, निजगढ,३१ जेठ – कोरोना संक्रमणका कारण निजगढ नगरपालिका वडा नम्बर ६ माथिल्लो योजनाका एक बालकको मृयु भएपछी निजगढ नगरपालिकाले सतर्कता अपनाएकोछ ।

नगरपालिकाले शनिबार बिज्ञप्ति जारि गर्दै औषधि पसल बाहेक सम्पूर्ण व्यवसाय,यातायातका साधन,कार्यालय संचालनमा बन्देज गरेकोछ ।

नगरपालिकाका मेयर सुरेश कुमार खानालले बिज्ञप्ति जारि गर्नुहुदै नगरपालिकाले शंकास्पद क्षेत्रमा परिक्षणको क्रम अगाडी बढाईसकिएको बताउनुभयो । अनाश्यक घर बाहिर ननिक्लीन मेयर खनालले आग्रह गर्नुभएकोछ । कोरोना भाईरस नियन्त्रण गर्न नगरपालिकाले स्वास्थ्यकर्मी र सुरक्षाकर्मीको टोलि परिचालित गरि आवश्यक चेकजाँचका कार्यहरु अगाडी बढाईएको मेयर खनालले बताउनुभएकोछ ।

निमोनियाका कारण ग्रसित निजगढ नगरपालिका वडा नम्बर ६ माथिल्लो योजनाका ५ वर्षीय बालकलाई शुक्रबार निजगढ देउरालीपथ स्थित निजगढ सामुदायिक अस्पतालमा सामान्य उपचार पश्चात बीरगंजको बिरगंज हेल्थ कियर अस्पतालमा लागिएकोथियो । उपचारको क्रममा आरडिटि रिपोर्ट पोजेटिभ देखिएको बालकको स्वाब संकलन गरि नारायणी अस्पतालमा पिसिआर परिक्षणकालागि लगिएकोथियो । पिसिआर परिक्षणको क्रममा मृतक बालकको कोरोना पोजेटिभ पुष्टि भएकोथियो । मृतक बालकको टोल छिमेक र नजिकको सम्पर्कमा आएकाहरुलाई नगरपालिकाले सेल्फ अईसोलेट गरेकोछ ।

मृतक बालकको उपचार गराईएको निजगढ सामुदायिक अस्पताल शिल गरिएकोछ ।

मृतक बालकको शव व्यवस्थापन

कोरोना संक्रमणका कारण मृत्यु भएका बालकको शव शनिबार व्यवस्थापन गरिएकोछ । बालकको शव वडा नम्बर ६ स्थित जनहित सामुदायिक वन क्षेत्रमा व्यवस्थापन गरिएकोहो । शवलाई निजगढ नगरपालिका,प्रहरी र स्वास्थ्यकर्मीको सहयोगमा नेपालि सेनाको टोलीले व्यवस्थापन गरेकोहो ।

शव व्यवस्थापनको क्रममा मृतक बालकको बुवाा,आमा र हजुरबुवालाई मात्रै सेनाले सहभागी गराएकोथियो

Leave a Reply

Your email address will not be published. Required fields are marked *