रचना रिमालको “को सँग बोलुँ ?” को भिडियो सार्बजनिक

गायिका रचना रिमालको “कोसँग बोलुँ ?” को भिडियो सार्बजनिक गरिएको छ।

कृष्ण उदाशीको शव्द , गौरभ दर्पणको संगीत रहेको गितको भिडियो युवा मन नेपाल बाट सार्बजनिक गरिएको हो ।

पर्पल स्टुडियोमा रेकर्ड भएको उक्त गीतको निर्देशन तथा छायाङ्कन बिबेक हिङ्माङले गरेका हुन् । एलिशा पोख्रेल र छवि श्रेष्ठको मुख्य भूमिका रहेको उक्त गीतको म्युजिक भिडियोमा शब्द अनुसारको भाब देखाउन खोजिएको निर्माता किशोर श्रेष्ठले बताए ।

कोरोना भाइरस र लकडाउनको तनावमा दर्सक श्रोतालाइ रिफ्रेस गराउन भिडियो ल्याइएको किसोरले बताएका छन । गीत सार्वजनिक भइसकेपछि राम्रो प्रतिक्रिया आइरहेको रचना रिमालले बताएकी छिन् 

Leave a Reply

Your email address will not be published. Required fields are marked *