अब नेपालले पनि खेल्ने मलेसियामा हुने क्लब क्रिकेट

आगामी जुलाईमा मलेसियामा डा. एमए शाह इन्टरनेशनल क्रिकेट ट्रफी आयोजना हुने भएको छ । जसमा नेपालबाट पनि एक क्लबले सहभागिता जनाउने भएकाे छ ।

क्वालालम्पुरमा १७ देखि २३ जुलाईसम्म विभिन्न देशका १२ क्रिकेट क्लबका बीचमा हुने प्रतियोगितालाई मलेसियन क्रिकेट बोर्डले मान्यता दिएको छ ।

प्रतियोगितामा नेपालसहित मलेसिया, पाकिस्तान, भारत, दक्षिण अफ्रिका, श्रीलंका, हङकङ, सिंगापुर र बंगलादेशका क्लबले भाग लिने छन् ।

१२ टिमलाई चार समूहमा विभाजन गरेर टी–२० फरम्याटमा खेलाइने प्रतियोगिताको विजेताले २० हजार रिंगट र उप विजेताले १० हजार रिंगेट पुरस्कार पाउने छन् । नेपालबाट कुन क्लबले सहभागिता जनाउने भन्ने एकिन हुन सकेकाे छैन ।

यो पनि हेर्नुहोस – नेपालमा पनि उठ्यो पब्जी प्रतिबन्धको कुरा

Leave a Reply

Your email address will not be published. Required fields are marked *