क्रियाशिल पत्रकार महिला सिन्धुलीको अध्यक्षमा पुलामी

क्रियाशिल पत्रकार महिला (डब्ल्यूडब्ल्यूजे)जिल्ला शाखा सिन्धुलीको बुधबार सम्पन्न नवौँ वार्षिक साधारण सभा तथा छैटौँ अधिवेशनले कृञ्जला पुलामीको अध्यक्षतामा नौं सदस्यीय नयाँ जिल्ला कार्यसमिति चयन गरेको छ ।

सर्वसम्मत रुपमा चयन गरिएको कार्यसमितिको उपाध्यक्षमा सरला सुनुवार,सचिवमा राधिका बुढाथोकी,सहसचिवमा उर्मिला भट्टराई र कोषाध्यक्षमा सम्झना श्रेष्ठ चयन भएका छन् । सदस्यहरुमा देविका मगर,सर्मिला खड्का,संगिता डिम्दोङ्ग र सन्ध्या देवकोटा चयन गरिएको छ ।

क्रियाशिल पत्रकार महिलाका केन्द्रिय अध्यक्ष अमिका राजथला तथा क्रियाशिल पत्रकार महिला जिल्ला शाखा सिन्धुलीका संस्थापक विमला पाण्डेको उपस्थितीमा कार्य समिती चयन गरिएको हो ।

अधिवेशनको अवसरमा डब्लुडब्लुजेका केन्द्रिय अध्यक्ष अमिका राजथलालाई मायाको चिनो प्रदान गरिएको छ ।त्यस्तै डब्लुडब्लुजेका सस्थापक अध्यक्ष विमला पाण्डेलाई जिल्ला शाखा स्थापना गरी पत्रकार महिलाहरुको हक अधिकारका साथै नेतृत्व विकासका लागि पु¥याएको योगदानको मूल्यांकन गर्दै सम्मान गरिएको डब्लुडब्लुजेले जनाएको छ ।

त्यस्तै महिलाहरुको अधिकारका साथै क्षमता अभिवृद्धिका लागि ओरेक नेपाल सिन्धुलीले डब्लुडब्लुजेसंग गरेको समन्वयको प्रशंसा गर्दै प्रशंसापत्र प्रदान गरिएको छ ।

क्रियाशिल पत्रकार महिला डब्लुडब्लुजेका अध्यक्ष सुजता लामाको अधयक्षता तथा डब्लुडब्लुजेका केन्द्रिय अध्यक्ष अमिका राजथलाको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा जिल्ला समन्वय समितीका उपप्रमुख सम्झना अधिकारी, कमलामाई नगरपालिकाका उपप्रमुख मन्जु देवकोटा, पत्रकार महासंघका उपाध्यक्ष टिकाजंग थापा, सामुदायिक रेडियो प्रसारक संघ अकोरापका प्रदेश संयोजक कृष्णहरि घिमिरे, पत्रकार महासंघका पूर्व अध्यक्षहरु राजकुमार कार्की, श्यामहरि अधिकारी, सञ्जय दाहाल, जनजाति पत्रकार महासंघ फोनिजका अध्यक्ष नविन श्रेष्ठ, महिला अधिकारकर्मीहरु, विभिन्न मिडियामा आवद्ध पत्रकारहरु लगाएको उपस्थिती रहेको थियो ।

र याे पनि हेर्नुस – उपचुनावका लागि उम्मेदवारी दर्ता आज

One thought on “क्रियाशिल पत्रकार महिला सिन्धुलीको अध्यक्षमा पुलामी

Leave a Reply

Your email address will not be published. Required fields are marked *