बाराको करैयामाई गाउँपालिका खुल्ला दिशा मुक्त गाउँपालिका घोषणा

अविनास थापा/करैयामाई बाराको करैयामाइ गाउपालिकालाई खुल्ला दिशा मुक्त गाउपालिका घोषणा गरिएको छ । बारा जिल्लालाइ भाद्र मसान्त भित्रमा खुल्ला दिशा मुक्त जिल्ला घोषणा गर्ने अभियान अन्तरगत करैयामाइ गाउपालिकालाइ जिल्लाको छैटौं स्थानीय तहको रुपमा खुल्ला दिशा मुक्त घोषणा गरिएको हो । करैयामाइ गाउपालिका वडा नम्बर ७ स्थित श्री जनता माध्यमिक बिद्यालयको प्रांगणमा आयोजित एक बिशेस कार्यक्रममा आज(मंगलबार) गाउपालिकालाइ खुल्ला दिशा मुक्त घोषणा गरिएको हो ।

बारा क्षेत्र न.२ प्रतिनिधि सभा सदस्य राम सहाय प्रसाद यादवको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा गाउँपालिकाका अध्यक्ष भुनेश्वर धामीको अध्यक्षता रहेको थियो । त्यस्तै कार्यक्रममा बिशेस अतिथि प्रदेश न.२ का अर्थ राज्यमन्त्री उषा यादव ,प्रदेश सभा सदस्य शारदा शंकर कलवार, प्रदेश सभा सदस्य बच्चा प्रसाद यादव जिल्ला समन्वय समितिका सभापति नवलकिशोर सिंह लगायत रहनु भएको थियो ।

खुल्ला दिशा मुक्तका अतिथि

साथै अन्य अतिथिहरुमा खानेपानी डिभिजन कार्यालयका प्रमुख जक्की अहमद अन्सारी, गाउँपालिका उपाध्यक्ष चित्ररेखा कुमारी चौधारी, प्रमुख प्रशासकिय अधिकृत सुनिल प्रसाद केशरी,८ वटा वडाका अध्यक्षहरु,वडा सदस्यहरु , गाउँ कार्यपालिका सदस्यहरु ,गाउँपालिकाका सम्पूर्ण कर्मचारी, विभिन्न राजनैतिक दलका प्रमुख एवं प्रतिनिधि, विभिन्न संघसंस्थाका प्रतिनिधिहरु बिधालयका प्रतिनिधिहरु बिद्यार्थी, स्वास्थ्य कर्मिहरु,कलाकार सुनिल पण्डित , स्थानीय लगाएत सरोकारवालाहरूको उपस्थिति रहेको कार्यक्रममा खुल्ला दिशा मुक्त क्षेत्र घोषणा गरिएको हो ।

कार्यक्रमलाइ स्वागत तथा खुल्ला दिशा मुक्त गर्नुका कारण तथा यसको औचित्यताका बारेमा गाउपालिकाका उपाध्यक्ष चित्ररेखा कुमारी चौधरीले प्रष्ट पार्नु भएको थियो । उहाँले गाउँपालिकालाई खुल्ला दिशा मुक्त बनाउन सबैको सहयोग अपरिहार्य भएको र गाउँपालिकालाइ अगाडी बढाउन सवै पक्ष उत्तिकै सकृय भएर लाग्नु पर्ने बताउनु भयो ।

खुल्ला दिशा मुक्तमा बोल्दै उपाध्यक्ष चित्ररेखा कुमारी चौधरी

कार्यक्रममा गाउँपालिकाको सरसफाइ एवं स्व्च्छता प्रतिवेदन सार्वजनिक गर्दै प्रमुख प्रशासकिय अधिकृत सुनिल प्रसाद केशरीले सरसफाइ अभियान सुरू हुँदा एकदमै कम घरधुरी सरसफाइ र चर्पीको पहुँचमा पुगेकोमा हाल गाउपालिका का सबै घरधुरिमा व्यवस्थित शौचालय रहेको जानकारी दिनुभयो । प्रतिवेदन अनुसार गाउँपालिकाको १,४७० वटै घरधुरीमा शौचालयको पहुँच पुगेको छ ।

कार्यक्रमका उपस्थित अधिकाश अतिथिहरुले शुभकामना मन्तब्य दिदै यस घोषणलाइ कागजमा मात्र नभई ब्यबहारमा समेत उतार्न सके मात्र यस घोषणाले सार्थकता पाउने बताउनु भयो ।

खुल्ला दिशा मुक्तमा शान्तिको प्रतिक परेवा उडाउदै कार्यक्रमका प्रमुख अतिथि

बारामा रहेको १६ ओटै स्थानीय तहलाई यहि भाद्र मसान्त सम्म खुल्ला दिशा मुक्त बनाउने अभियान अन्तर्गत यस अघि नै ५ स्थानीय तह खुल्ला दिशा मुक्त पालिका घोषणा भैसकेका थिए । अब बाकि रहेका अन्य १० स्थानीय तह पनि केहि दिनमा नै घोषणा हुने तयारीमा रहेको खानेपानी डिभिजन कार्यालयका प्रमुख जक्की अहमद अन्सारीले बताउनु भयो ।

र यो पनि हेर्नुस – निर्धन उथान बैकले गर्यो १ लाख चालिस हजार आर्थिक सहयोग

Leave a Reply

Your email address will not be published. Required fields are marked *