साहित्य परिवर्तनको प्रमुख शुत्रधार हाे – गजलकार ईश्वर पौडेल

गजलकार ईश्वर पौडेल- गजलकार ईश्वर पौडेल साहित्यमा सक्रिय रूपमा कलम चलाईरहनु भएको छ ।केही वर्ष अगाडि रेडियोमा साहित्यिक कार्यक्रम चलाउनु हुन्थ्यो उक्त कार्यक्रमका लागि आएका रचनाहरु बाट प्रभावित भएर गजल विधाबाट साहित्यमा प्रवेश गर्नु भएको हो ।उहाँले गजल ,कविता र मुक्तक लेख्नुहुन्छ । गजल मुशायरा परिवार र साहित्य संगम नुवाकोटमा आवद्ध हुनुहुन्छ । संयुक्त गजल सङ्ग्रह “हैसियत- १” (२०७१)र “अनेसास”(२०७१) प्रकाशित भैसकेको छ भने एकल गजल सङ्ग्रह प्रकाशनको तयारीमा रहेको छ । उनै गजलकार ईश्वर पौडेलसंग हाम्रा सहकर्मी मनु बिद्रोहीले कुराकानी गर्नुभएको छ ।

तपाईं आजभोलि के मा व्यस्त हुनुहुन्छ ?

विदेशकाे ठाउँमा हुनाले प्रायःजसो काममा नै हुन्छु । बचेकाे समयमा देशविदेशकाे समाचारहरू पढ्ने, साहित्यहरू हेर्ने गर्छु ।

तपाईंको विचारमा साहित्य के हो ? साहित्य सिर्जना के को निम्ति गर्नुहुन्छ ?

साहित्य एउटा बृहत विधा हाे, साहित्यले समग्र समाजकाे सचित्र वर्णन गर्दछ, साहित्य परिवर्तनको प्रमुख सुत्रधार पनी हाे । म आत्मसन्तुष्टीका लागि सिर्जना गर्छु ।

विदेशमा नेपाली साहित्यको स्थिती कस्तो छ ?

खासगरी अचेल नेपालमा भन्दा विदेशमा साहित्यीक कार्यक्रमहरू बढी हुन्छ जस्ताे लाग्छ । नेपाली भाषा साहित्यकाे संरक्षणका लागि विदेशी भुमिमा भईरहेकाे याे प्रयास मलाई चै राम्राे लाग्छ ।

हाल विकास भएको सुचना प्रविधि र यसले नेपाली साहित्यलाई कस्तो प्रभाव पारेको देख्नुहुन्छ ?

हाल विकास भएकाे सुचना प्रविधिकाे विकासले नेपाली साहित्यलाई धेरैनै राम्राे प्रभाव पारेकाे छ । किताब किनेरै पढ्नुपर्ने अवस्थाकाे केही हदसम्म भएपनि अन्त्य भएकाे छ जस्ताे लाग्छ । बिशेषतः सिक्न चाहने वर्गका लागि पनि सजिलाे भएकाे छ । आफ्नाे रचना प्रकाशन गर्न र पाठककाे प्रतिक्रिया लिन समेत प्रविधिले धेरै सघाउ पुर्याएकाे छ ।

पुरुष लेखक भन्दा महिला लेखकको संख्यामा कमि देखिनु र पुरुष लेखक भन्दा महिला लेखक पछाडी पर्नुको मुख्य कारण के होला ?

पुरूष लेखक भन्दा महिला लेखक कमी छन् जस्ताे मलाईचहि लाग्दैन । तर के हाे भने पुरूषहरूले आफ्नाे सृजनालाई बाहिर ल्याइहाल्छन् लेखेका कुरालाई प्रकाशनमा ल्याईहाल्छन् तर महिला लेखकहरूले कमै मात्रामा प्रकाशनमा ल्याउछन् त्यसैले संख्यात्मक केही कमी देखीएकाे मात्र हाे। महिला लेखकहरूलाई आफ्नाे सृजनाहरू प्रकाशनमा ल्याउन प्राेत्साहन गर्नुपर्छ ।

कतिपयलाई मिडियाले साहित्यकार बनाइदिएको छ भन्छन् नातावाद र कृपावादको प्रभावले साहित्यलाई कस्तो असर पर्ला ?

नातावाद र कृपाबादबाट साहित्यमा आउने क्षणिक हुन्। सृजनाशक्ती नभएकाे मान्छे क्षणिक रूपमा माथित आउला तर लामाे समय टिक्दैन। तर राम्रा लेखकलाई केही हदसम्म असर भने पर्छ ।

बदलिँदो समाजकाे आवश्यकता हेरेर साहित्य सृजना भयाे भने समाज परिवर्तनमा टेवा पुग्छ । साहित्यमा दिगो विकासका लागि राज्यस्तरबाट कस्तो कदम चालिदिए राहत महसुस गर्न सकिएला ?

राज्यले विभिन्न पुरस्कारहरूकाे स्थापना गर्ने, क्याम्पस विद्यालयस्तरका पाठ्यपुस्तकमा साहित्यका बिबिध बिषयहरू समावेश गर्ने, मान्छेलाई पढ्ने बानीकाे विकास गराउन स्थानीयस्तरमा पुस्तकालयहरू स्थापना गर्ने आदी ।

आजभोलि नेपाली साहित्यमा आगन्तुक शब्दहरू बढी नै प्रयोग हुने गरेको पाइन्छ यस्तो प्रवृतिले के कस्तो असर पर्न सक्छ ?

आगन्तुक शब्दहरू प्रयोग हुनाले आफ्नाे मातृ भाषामा गम्भीर असर पर्छ फलस्वरूप त्यसकाे असर साहित्यमा त पर्छ नै । कालान्तरमा भावी पिढिले आफ्नाे भाषाकाे अक्षर नै शुद्ध लेख्न नसक्ने सम्म हुन सक्छ ।

साहित्यको प्रायःजसो सबै विधा विवादित बनेको छ यस्तो अवस्थामा साहित्य क्षेत्रमा रुचि भएकाहरुलाई र साहित्य क्षेत्रमा रुचि हुन चाहनेहरुलाई तपाईंको सुझाव के छ ?

विवाद गर्नेहरूले गरिरहन्छन् आफुले लेख्न चैँ छाेड्नुहुन्न । तर अरूकाे सृजना चाेरेर आफ्नु भनेर प्रकाशन गर्नु चाहिँ हुदैन, आजकल याे विकृतीकै रूपमा देखा परेकाे छ । आफुले लेखेकाे रचना आफैमा अमुल्य हुन्छ बस् लेख्न चाहिँ छाेड्न हुन्न त्यत्ती हाे ।

अन्त्यमा मैले सोध्न छुटाएको र भन्न मन लागेको कुरा केहि बाकी छ कि?

त्यस्ताे केही छैन । याे समय र स्थानका लागि धेरै धन्यवाद ।

र यो पनि हेर्नुस – साहित्यले महिला पुरुष भन्दैन – लेखक रामलाल जोशी

Leave a Reply

Your email address will not be published. Required fields are marked *