साहित्य साधना हो – गजलकार भरत प्रमोद दाहाल

गजलकार भरत प्रमोद दाहाल एक दशक देखि साहित्यमा कलम चलाईरहनु भएको छ ।रेडियोको साहित्यिक कार्यक्रम ,जिन्दगीको भोगाइ र विभिन्न सहित्यिक पुस्तकहरु बाट प्रभावित भएर गजल बिधाबाट साहित्यमा प्रवेश गर्नु भएको हो।उहाँले कथा ,कविता ,मुक्तक र पछिल्लो समयमा गजल बढी लेखिरहनु भएको छ।उहाँ मध्यपश्चिमा अञ्चल विश्वविद्यालय साहित्य समाजको वर्तमान अध्यक्ष हुनुहुन्छ ।आफ्नो कार्यकालमा अरुले भन्दा केही फरक शैलीबाट संस्थालाई व्यवसायिक तरिकाले अगाडि बढाउने योजनामा हुनुहुन्छ ।उहाँको केही गजलहरु संयुक्त गजल सङ्ग्रह “कैफियत -३”प्रकाशनको तयारीमा रहेको छ । उनै गजलकार भरत प्रमोद दाहाल हाम्रा सहकर्मी मनु बिद्रोहीले कुराकानी गर्नुभएको छ ।

तपाईं आजभोलि के मा व्यस्त हुनुहुन्छ ?

पढाई र अलिअलि साहित्यक गतिबिधिमा व्यस्त छु ।

तपाईंको विचारमा साहित्य के हो?साहित्य सिर्जना के को निम्ति गर्नुहुन्छ ?

साहित्य एउटा सर्जकको कैतुहल्तालाई कुनै सिर्जना मार्फत कलात्मक तवरले पठकको मनसम्म छिर्ने माध्यम हो । आत्मसन्तुष्टिका लागि ।

झन्डै एक दशक पहिले र अहिलेको नेपाली साहित्यमा के भिन्नता देख्नु भएको छ ? अहिलेको नेपाली साहित्यको स्थिती बारे कत्तिको सकारात्मक हुनुहुन्छ ?

अहिलेको नेपाली साहित्य बिकासको चरणमा छ । पहिले साहित्यमा पनि निरंकुशता थियो अहिले साहित्यमा पनि केही मात्रामा प्रजातन्त्र आएको अनुभुती भैरहेको छ ।

हाल विकास भएको सुचना प्रविधि र यसले नेपाली साहित्यलाई कस्तो प्रभाव पारेको देख्नुहुन्छ ?

सहयोग गरेको छ लाग्छ मलाई त । जस्तो तपाईं हिजो एउटा किताब खोज्न सहर जानू पर्थो । ऐले ईन्टरनेटको माध्यम बाट घारमा बसिबसी बिश्व साहित्य नियाल्न सक्नु हुन्छ । ईच्छा हुनु पर्यो ।

पुरुष लेखक भन्दा महिला लेखकको संख्यामा कमि देखिनु र पुरुष लेखक भन्दा महिला लेखक पछाडी पर्नुको मुख्य कारण के होला ?

महिला लेखक पछाडी पर्ने भन्ने त सवाल नै हुदैन । जसले साधना गर्यो उहीँ अगाडि जाने हो। साधना कत्ती को छ भन्ने कुरा हो । साहित्य साधना पनि हो ।

कतिपयलाई मिडियाले साहित्यकार बनाइदिएको छ भन्छन् नातावाद र कृपावादको प्रभावले साहित्यलाई कस्तो असर पर्ला ?

साहित्य प्रती जनताको बिश्वास कम हुन्छ ।

साहित्यलाई समाजको ऎना मानिन्छ,कस्ता कस्ता विषयवस्तुमा जोड दिने हो भने समाज परिवर्तनको लागि सहयोग पुग्ला ?

समाजमा बर्ग छ,बर्गिए विभेद छ । यो कुराको खन्डन गरिनु पर्छ । हाम्रा लेखहरु,रचना हरुको माध्यम बाट ।

साहित्यमा दिगो विकासका लागि राज्यस्तरबाट कस्तो कदम चालिदिए राहत महसुस गर्न सकिएला ?

राज्यले साहित्यलाई आफ्नो उत्तरदायित्वमा राखुपर्छ ।

आजभोलि नेपाली साहित्यमा आगन्तुक शब्दहरू बढी नै प्रयोग हुने गरेको पाइन्छ यस्तो प्रवृतिले के कस्तो असर पर्न सक्छ ?

यो कुरा गलत छ। आगन्तुक शब्द यसरी हावी भएको खन्डमा भोलि आफ्नो पहिचान धरापमा पर्न सक्छ । संस्कृतिक अतिक्रम भन्ने एउटा जिनिस हुन्छ । उत्त कुराको मारमा नेपाली साहित्य पर्न सक्छ ।

साहित्यको प्रायःजसो सबै विधा विवादित बनेको छ यस्तो अवस्थामा साहित्य क्षेत्रमा रुचि भएकाहरुलाई र साहित्य क्षेत्रमा रुचि हुन चाहनेहरुलाई तपाईंको सुझाव के छ ?

जब कुनै कुरामा बाहिरि हस्तक्षेप हुन्छ, तब उत्त कुरा चालमा आउने हो । साहित्यमा बहिरी प्रवाभ रोक्नुपर्छ । एकजना लेखकलाई खुल्ला छोड्नुपर्छ । उसले जे गर्छ आफ्नो रचना मार्फत गर्छ । साहित्यलाई बिवादित बनाईनु हुदैन ।

अन्त्यमा मैले सोध्न छुटाएको र भन्न मन लागेको कुरा केहि बाकी छ कि ?

साहित्यको माध्यम बाट एकजना लेखकले युग संग संवाद गर्ने हो । यसकारण हाम्रा साहित्यले युग बोक्नुपर्छ । युगौं बाँचिरहनु पर्छ ।

र यो पनि हेर्नुस – साहित्यले महिला पुरुष भन्दैन – लेखक रामलाल जोशी

Leave a Reply

Your email address will not be published. Required fields are marked *