सिन्धुलीमा ३ बर्षमा २१८ जनाले गरे आत्महत्या

अबिनास थापा/सिन्धुली/गरे आत्महत्या – १६ औं विश्व आत्महत्या रोकथाम दिवस  को अवसरमा जिल्ला प्रहरी कार्यालय सिन्धुलीको अगुवाईमा आत्महत्या रोकथाम सम्बन्धि अन्र्तक्रिया कार्यक्रम सम्पन्न गरेको छ ।

कमिंग टुगेदर फर सुसाइड प्रिफेन्सन नारा सहित  भाद्र २४ (मंगलबार) अन्र्तक्रिया कार्यक्रम गरिएको हो । उक्त कार्यक्रममा आत्महत्या न्युनिकरण गर्नका लागि चालिनुपर्ने कदमहरुको बिषयमा छलफल समेत भएको थियो ।  कार्यक्रममा बोल्दै जिल्ला प्रहरी कार्यलयका सिन्धुलीका प्रमुख चक्र बहादुर सिहँले देशका अन्य क्षेत्रमा जस्तै सिन्धुलीमा पनि पछिल्लो समय आत्महत्या गर्नेहरुको सँङख्या बढ्दो रहेको बताउनुभयो ।

सिन्धुलीमा आर्थिक बर्ष २०७३÷७४ देखी हालसम्म २१८ जनाले आत्महत्या गरेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।  जसमा  आर्थिक बर्ष २०७३÷७४ मा ५७ जना,२०७४÷७५ मा  ६६ जना रहेको थियो भने २०७५÷७६ मा बढेर ८२ जना पुगेको छ । आर्थिक बर्ष २०७६÷७७ को पहिलो २ महिनामा आत्महत्या गर्नेको संख्या १३ रहेको छ ।

पछिल्लो समय सिन्धुलीमा आत्महत्या गर्नेहरुमा पुरुषको सङ्ख्या बढि रहेको तथ्याङ्कले देखाएको छ ।  त्यस्तै उच्च गतिमा बढेको आत्महत्या गर्ने पुरुषहरुमा पनि बिबाहित पुरुषहरु र बृद्ध बृद्धा रहेको प्रहरी प्रमुख सिँहले बताउनुभयो ।

जेष्ठ नागरिक समाजका देब प्रसाद देबकोटाका अनुसार बृद्ध बृद्धाहरुले आत्महत्या गर्नुको मुल कारण आफ्नो सन्तानले गर्ने नकरात्मक ब्यबहार रहेको बताउनु भयो ।  त्यस्तै अशिक्षा, असफलता, प्रेममा धोका पाउनु, घरेलु हिसां, झगडा, घर परिवारको माया कम बढी अपेक्षा, अपरिपक्व र कलिलै उमेरमा घर परिवारसँगको बिछोड, बंसानुगत गुण,लैगिक हिँसा , लागु पदार्थ दुब्र्यसन लगायतका कारणले धेरैजसोले आत्महत्याको  बाटो रोजेको देखिन्छ । तथर्स डिप्रेशन बिशेष प्रकारको काउन्सिलिङ र मनोबैज्ञानिक उपचार पद्दतिको बिकासमा अभिमुखीकरण, तालिम जस्ता प्रशिक्षणका कार्यक्रमहरु लागु गर्नु आबश्यक देखिएको सरोकारवालाहरुको भनाई छ ।

विश्व स्वास्थ्य संगठनको २०१२ को सर्वेक्षणले नेपाल आत्महत्या गर्ने देशमध्ये ७ औं स्थानमा देखाएको छ । गत आर्थिक बर्ष २०७५÷७६ मा नेपालमा ५ हजार ७ सय ५४ जनाले आत्महत्या गरेको प्रहरीको  तथ्यांक रहेका छ भने संसारभरी हरेक बर्ष झण्डै आठ लाख जनाले आत्महत्या गर्ने तथ्यांक छ ।

र यो पनि हेर्नुस –  कास्की क्षेत्र न‌ं २ मा वामदेव र रवीन्द्र मिश्र चुनाव लड्दै!

Leave a Reply

Your email address will not be published. Required fields are marked *