आलमले भने- घटना भएकै होइन

बम बनाउँदै गर्दा पड्केर घाइते भएकाहरूलाई इँटाभटामा ज्युँदै पोलेर मारेको आरोप लागेका नेपाली कांग्रेसका सांसद मोहम्मद अफताब आलमले घटना नै नभएको दाबी गरेका छन्।

दोस्रोपटक आइतबार म्याद थप भई जिल्ला अदालत रौतहटबाट बाहिरिँदै गर्दा पत्रकारहरूको प्रश्नमा संक्षिप्त जवाफ दिएका आलमले भने, ‘घटना भएकै होइन। घटना नभएकै कारण महान्याधीवक्ताको कार्यालयबाट मुद्दा नचल्ने निर्णय भएको थियो, त्यही नै सत्य हो।’

आलमको बयान नसकिएकोले पाँच दिनको म्याद थप भएको छ। उनीविरूद्ध २०६४ सालमा बम बनाउँदै गर्दा पड्केर घाइते भएकाहरूलाई ज्युँदै पोलेर मारेको आरोपमा प्रहरीले पक्राउ गरी अनुसन्धान गरिराखेको छ।

र याे पनि – बाराको निजगढमा पोखरा-निजगढ साहित्यिक यात्रा गोष्ठि सम्पन्न

Leave a Reply

Your email address will not be published. Required fields are marked *