पीसीआर रिपोर्ट नेगेटिभ आएका पुरुषको घर पुगेपछि मृत्यु

जनकपुरधाम : महोत्तरीको गौशाला नगरपालिकास्थित क्वारेटाइनबाट घर फर्केका एकजनाको पुरुषको मृत्यु भएको छ । गौशाला नगरपालिका १० भरतपुरका ४० वर्षीय डोमी मण्डलको आइतबार राती मृत्यु भएको हो ।  

गौशाला नगरपालिका १० भरतपुरका मण्डलको मृत्यु भएको नगर प्रमुख शिवनाथ महतोले जानकारी दिए । मेयर महतोका अनुसार पीसीआर रिपोर्ट नेगेटिभ आएका मण्डललाई शनिबार गौशालास्थित त्रिभुवन उच्च माध्यमिक विद्यालयको क्वारेन्टानबाट घर पठाइएको थियो ।

मण्डलको रिपोर्ट शनिबार नेगेटिभ आएपछि घर फर्काइएको थियो। आइतबार खाना नखाएको र रक्सी समेत पिएको अवस्थामा भेटिएको नगरप्रमुख महतोले बताए। गत जेष्ठ ६ गते भारतको हरियाणाबाट आएर क्वारेन्टाइनमा बसेका थिए । कोरोना परीक्षणको रिपोर्ट नेगेटिभ आएपछि उनी आफ्नो घर फर्केका थिए ।

कोरोना रिपोर्ट नेगेटिभ आएकाले कोरोनाको संक्रमणले नभई कालगतिले मृत्यु भएको महोत्तरीका प्रमुख जिल्ला अधिकारी कृष्णबहादुर कटवालले जानकारी दिए । 

Leave a Reply

Your email address will not be published. Required fields are marked *