चाइनिज पेस्तोलसहित १ जना पक्राउ

रौतहट । सशस्त्र प्रहरीको गस्ती टोलीले चाइनिज र घरेलु पेस्तोलसहित १ व्यक्तिलाई पक्राउ गरेको छ । जिल्लाको फतुवा बेस क्याम्पबाट सशस्त्र प्रहरी निरीक्षक दिलबहादुर रायमाझीको नेतृत्वमा गएको टोलीले चेकजाँचको क्रममा उक्त हतियारसहित मानिसलाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा रौतहट साबिक राजपुर तुलसी गाविस ९ हाल यमुनामाई गापा ३ राजपुर तुलसी ३ का ४९ वर्षीय शेख बैतुलाह रहेको सशस्त्र प्रहरी ११ नम्बर हेक्वा प्रमुख एसपी रविनराज कर्णजितले बताए ।

बैतुलाहको साथबाट चाईनिज पेस्तोल १ थान, म्याग्जिन १ थान, ७.६५ एमएमको बौल राउन्ड २ थान, कटुवा पेस्तोल १ थान, मोबाइल २ थान, घडी १ थान, नगद ३,४८० र केहि बिदेशी र भारतीय रकम नागरिक्ता,सवारी चालक अनुमतिपत्र सहित बरामद भएको एसपी कर्णजितले जनाएका छन् ।

साथै अभियुक्तले प्रयोग गरेको बिआर ०५ टि ८१३६ नम्बरको मोटरसाइकलसमेत बरामद गरि आवश्यक कार्वाहीको लागि जिल्ला प्रहरी कार्यालय गौरमा बुझाइएको सशस्त्र प्रहरी रौतहटले जनाएको छ ।
घटनाको पुष्टि गर्दै जिल्ला प्रहरी कार्यालय रौतहटका प्रमुख एसपी रबिराज खड्काले आवश्यक कार्वाही अगाडि बढाइएको बताएका छन्।

र यो पनि हेर्नुस – काेराेनाबारे बुझ्न १११५ मा फाेन गर्न सकिने 

Leave a Reply

Your email address will not be published. Required fields are marked *