करैयामाई चौथो गोल्डकप माघ १५ गतेबाट शुरु हुने

बाराको करैयामाई गाउँपालिकामा माघ १५ गतेबाट करैयामाई चौथो गोल्डकप शुरु हुने भएको छ ।

आयोजक शृजनशिल युवा क्लव,पिपरा बाराले एक कार्यक्रमको विच गोल्डकपको तयारी पुरा भएको जानकारी दिएको हो । करैयामाई गाउँपालिकाको शानको रुपमा समेत रहेको गोल्डकप सफल बनाउन पालिकाले समेत ८ लाख सहयोगको गर्ने क्लबका अध्यक्ष वृजमोहन चौधरीले जानकारी दिए ।

गोल्डकपमा आयोजक सृजनशिल युवा क्लव,पिपरा सहित शशस्त्र प्रहरीको एपिएफ क्लव – ११ ,हेटौडा-११ मकवानपुर, वीरगञ्ज युवा क्लव वीरगञ्ज, वागमति -११,हिमकुस्तुरी क्लव लाहान, सर्लाही -११, उदयपुर -११ र एफसी सिमरा युनाईटेड क्लब सिमरा गरी कुल १० टिमको सहभागीता रहनेछ ।

गोल्डकपको बिजेताले नगद दुई लाख तथा उप-बिजेताले एक लाख रुपैया नगद साथै शिल्ड मेडल र प्रमाणपत्र समेत पाउने क्लबका कोषाध्यक्ष सुनिल चौधरीले जानकारी दिएका छन ।  माघ १५ गते देखि २५ गते सम्म संचालन हुने सम्पर्ण खेल करैयामाई गाउँपालिका वडा नम्बर ७ मा रहेको पंचगछिया खेल मैदान, पिपरामा हुने बताईएको छ ।

प्रतियोगीताको उद्घाटन एक विशेष समारोहको बिच प्रदेश न २ का अर्थराज्यमन्त्रि उषा यादवले गर्ने आयोजकले जनाएको छ ।

र यो पनि हेर्नुस – बाराको करैयामाई गाउँपालिकामा छोरी शिक्षा विमा मुद्दती वचत कार्यक्रम शिविर सम्पन्न

Leave a Reply

Your email address will not be published. Required fields are marked *