बाराको करैयामाई गाउँपालिकामा छोरी शिक्षा विमा मुद्दती वचत कार्यक्रम शिविर सम्पन्न

१३ माघ /अबिनास थापा- बाराको करैयामाई गाउँपालिकामा मुख्यमन्त्री ‘बेटी पढाऊ, बेटी बचाऊ’ अभियान अन्तर्गत छोरी शिक्षा विमा मुद्दती वचत कार्यक्रम शिविर सम्पन्न भएको छ ।

छोरी शिक्षा विमा कार्यक्रममा विमा गराउँदै प्रभु वैङ्कका प्रतिनिधि

प्रदेश २ सरकारले सञ्चालन गरेको ‘बेटी पढाऊ, बेटी बचाऊ’ अभियानअन्तर्गत बाराको करैयामाई गाउँपालिकाको आयोजनामा करैयामाई गाउँपालिका वडा नम्बर २ नेरा प्राबि करैयामामा एक विशेष समारोहका विच विमा कार्यक्रम शुरु गरिएको हो । शिविरमा १४० भन्दा बढि छोरीहरुको बिमा गरीएको छ । गत २०७५ माघ २ पछि जन्मेकी सबै छोरीको बीमा गर्न शिविर संचालन गरीएको थियो ।

शिविरमा छोरीको विमा गराउन अभिभावकहरु पनि उत्साहित भएका छन् । शिविरमा छोरीहरुलाई काखमा च्यापेर बीमा गराउन शिविरस्थलमा अभिभावकहरुको घुइँचो लागेको थियो ।

छोरी शिक्षा विमा कार्यक्रममा सहभागी अभिभावक

उत्घाटन शत्रको अउपचारिक कार्यक्रमका प्रमुख अतिथि समेत रहनुभएका प्रदेश सांसद रामसहाय याददवले छोरीहरु समाजको बोझ नभई शक्तिको श्रोत भएको भन्दै परिवारमा छोरी शिक्षित भए मात्र पुरै परीवार शिक्षित हुने र समुनत समाज निर्माणमा मद्दत पुग्ने बताउनुभयो ।

त्यस्तै कार्यक्रमका सभाध्यक्ष रहनुभएका करैयामाई गाउँपालिकाका अध्यक्ष भुनेश्वर धामीले समाजमा छोरी जन्मिएदेखि नै विभेद शुरु हुने गरेको भन्दै यसलाई निर्मुल पार्न आवश्यक रहेको र त्यसको लागी छोरी शिक्षा विमा कार्यक्रमले मद्दत गर्ने समेत बताउनुभयो

छोरी शिक्षा विमा कार्यक्रममा वोल्नुहुदै गाउँपालिका अध्यक्ष भुनेश्वर धामी

छोरा र छोरीबीच हुने विभेदलाई अन्त्य गर्दै छोरीहरुको शिक्षामा पहुँच पु¥याउने उद्देश्यले सञ्चालित छोरी शिक्षा बीमा शिविरमा गत २०७५ माघ २ गतेपछि प्रदेश २ मा जन्मेकी सबै छोरीको सबै कागजात पूरा गरी शिविरमै बीमा गरिने जनाएको छ ।

छोरी शिक्षा बीमा शिविरमा बीमा गराउने छोरीहरुको प्रभु बैंकमा मुद्धति खाता खोलेर बीमा गरिने र बीमा बात लाग्ने रु १३ हजार ५४७ प्रिमियम रकम प्रदेश सरकारले नै खातामा जम्मा गरिदिने भएको हो  । 

प्रदेश २ सरकारले ‘बेटी पढाऊ, बेटी बचाऊ’ अभियानअन्तर्गत २०७५ सालदेखि नै छोरी शिक्षा बीमा शुरु गरे पनि कर्मचारी अभावमा प्रभावकारी हुन नसकेपछि प्रदेशभरिका सबै स्थानीय तहहरुसँग समन्वय गरी स्थानीय तहहरुमा छोरी बीमा कार्यक्रम शुरु गरिएको हो । 

छोरी शिक्षा विमा कार्यक्रममा वोल्नुहुदै प्रमुख अतिथि प्रदेश सांसद रामसहाय यादव

शिविरमा प्रदेश सांसद रामसहाय यादव, करैयामाई गाउँपालिका अध्यक्ष भुनेश्वर धामी, उपाध्यक्ष चित्ररेखा कुमारी चौधरी, गाउँपालिकाका ८ वटै वडाका वडाध्यक्ष ,करैयामाई गाउँपालिकाका नि. प्रमुख प्रशासकिय अधिकृत वीरेन्द्र महतो ,गाउँपालिकाका सम्पुर्ण शाखाका कर्मचारी तथा सयौंको संख्यामा अभिभावकहरुको उपस्थिति रहेको थियो । कार्यक्रमको सहजीकरण निमा शाहले गर्नुभएको थियो ।

र यो पनि हेर्नुस – बाराको करैयामाइमा आगो ताप्ने क्रममा एक महिलाको जलेर मृत्यु

Leave a Reply

Your email address will not be published. Required fields are marked *