सामाजिक सुरक्षा भत्ता बोकेर जनप्रतिनिधिहरु जनताको घर घर

फागुन १९ /सिन्धुली – सिन्धुलीको दुधौली नगरपालिकामा जेष्ठ नागरिक सामाजिक सुरक्षा भत्ता बोकेर जनप्रतिनिधिहरु जनताको घर घर मा पुगेका छन् ।

 दुधौली नगरपालिकाको वडा नम्बर २ मा आज एक बिशेस कार्यक्रम गर्दै दुधौली नगरपालिकाको मेयर घनश्यम राउत तथा नगर प्रबक्ता समेत रहनु भएका  वडा नम्बर २ का वडाध्यक्ष रितेश राउतले टोल टोलमा लगेर जेस्ठ नागरिकलाइ सम्मान गर्दै सामाजिक सुरक्षा भत्ता वितरण गरेका छन ।

जेष्ठ नागरिक सम्मान तथा सामाजिक सुरक्षा भत्ता वितरणसंगै जेष्ठ नागरिकहरुको स्वास्थ्य चेकजाच समेत गरिएको छ  । वडाका ७५ वर्ष भन्दा माथिका जेष्ठ नागरिकहरुलाई दोसल्ला ओढाउनुको साथै हर्लिक्स समेत वितरण गरिएको थियो  ।

उक्त कार्यक्रममा बोल्दै मेयर राउतले जेष्ठ नागरिकको सहजताको लागि  गाउँ गाउँमा सहरि स्वास्थ्य क्लिनिकहरु सन्चालन गर्दै आएको र  वृद्धहरुलाइ आवश्यक पर्ने सबै सबै किसिमका औषधी प्रदान गरिने तथा  हिड्न नसक्ने वृद्धहरुलाई  घर घर मै पुगी स्वास्थ्य जाच गर्ने व्यबस्था मिलाउन लागिएको जानकारी दिएका छन ।

आफुले पाउने सामाजीक सुरक्षा भत्ता संगै सम्मान आफ्नै गाउँमा पाउदा खुसी लागेको जेस्ठ नागरिकहरुले बताएका छन् भने स्थानीयहरुले आफ्नो जनप्रतिनिधिको यस्ता सकारात्मक कामले राम्रो संदेश दिएको भन्दै खुशी ब्यक्त गरेका छन् 

नगर प्रवक्ता राउतले कार्यक्रममा बोल्दै आगामी दिनहरुमा अझ प्रभावकारी ढंगले असक्त अवस्थाका वृद्ध  मानिसहरुको  घरमै पुगी  सम्मान तथा भत्ता बितरण गर्ने र अन्य वृद्धहरुको लागि उहाहरुकै टोलटोलमा पुगेर भत्ता बितरण गर्ने समेत घोषणा गर्नु भएको थियो त्यस्तै अर्को एक प्रशंगमा बोल्दै राउतले स्थानिय जनताको मतले नै आफु वडाध्यक्ष भएकोले वडा भित्र आफ्नो क्षमता र बजेटले भ्याए सम्मको बिकासको कार्यक्रम ल्याउने भन्दै जुनसुकै समस्या पर्दा पनि आफ्नै छोरा सम्झिएर वडा कार्यालयमा आउन समेत अनुरोध गर्नु भयो 

कार्यक्रम नगरपालिकाका प्रवक्ता रितेश राउतको अध्यक्षता  तथा नगर प्रमुख घनश्याम राउतको प्रमुख आतित्यथा र जेष्ठ नागरिक समाज सिन्धुलिको जिल्ला सदस्य र स्थानीय अगुवाको बिच सम्पन्न भएको हो ।

र यो पनि हेर्नुस – प्रदेश २ सरकार : सबै सामुदायिक विद्यालयमा नर्स राख्दै

Leave a Reply

Your email address will not be published. Required fields are marked *