निजगढमा जिपलाईन निर्माण गर्ने तयारी

नवराज चौलागाईं, निजगढ,१२ फाल्गुन । निजगढ नगरपालिकाले जिपलाईन निर्माण गर्नकोलागी आवश्यक प्रक्रिया अघि बढाएकोछ । नगरपालिकाले वडा नम्बर ४ गणेशमान पार्कमा जिपलाईन संचालन गर्नकोलागी विस्तृत परियोजना प्रतिवेदन तयार गरिरहेकोछ ।

जिपलाईन स्थापना गर्नकालागी बुधबार निजगढका मेयर सुरेश कुमार खनाल सहित प्राविधिकहरुको टोलीले अनुगमन गरेकोछ । मकवानपुर र बारालाई जोड़नेगरी जिपलाईन स्थापना गर्ने तयारि भईरहेको र सोकोलागी मकवानपुरको बकैया गाउपालिकासंग समन्वय भईरहेको मेयर सुरेश कुमार खनालले बताउनुभयो । निजगढलाई पर्यटकीय क्षेत्र बनाउने योजना अनुरुप जिपलाईन स्थापना गर्न लागिएको मेयर खनालले बताउनुभयो ।

जिपलाईन संचालन पश्चात भारत बिहार र प्रदेश २ का पर्यटकहरुको आगमनलाई थप वृद्धि गर्न सकिने खनालको धारणा रहेकोछ । करिब ३ सय मिटर भन्दा अग्लो स्थानबाट ७ सय मिटर लम्बाईको जिपलाईन संचालन गर्न सकिने जिपलाईन संचालन गर्नकोलागी विस्तृत परियोजना प्रतिवेदन तयार गरिरहेको कन्सल्ट्यान्ट कम्पनि नेपाल केबलवाईज कम्पनिका कन्सल्ट्यान्ट मिलन अधिकारीले बताउनुभयो ।

प्राविधिक दृष्टिकोणले समेत जिपलाईन संचालनकोलागी उपयुक्त रहेको अधिकारीले बताउनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *