जुम्लामा चट्याङ लागेर २ सय ५० भेडा मरे

जुम्लामा चट्याङ लागेर – जुम्लाको तिला गाउँपालिका – ६ पाटनमा  बिहीबार  चट्याङ लागेर २५० ओटा भेडा मरेका छन् ।

स्थानीय नुनिलाल रावत, लालबहादुर रावत, जयलाल रावत, बाँचे रावत र देवबहादुर रावतका भेडा मरेको स्थानीयवासी महाविर रावतले जानकारी दिनुभयो । चट्याङ लागेर महाविर रावत घाइते भएका छन् ।  

व्यावसायिक रुपमा  भेडा पालेर बसेका किसानको चट्याङ लागेर भेडा मरेपछि  परिवारको घरखर्च चलाउन समस्या भएको नुनिलाल रावतले बताउनुभयो । उहाँले भन्नुभयो, ‘चट्याङले हामी किसानको रोजिरोटी खोसेको छ ।’

जुम्लामा कहिले हिमपातले त कहिले चट्याङको मारमा  किसान पर्दै आएका छन् । यो वर्ष हिउँदे सिजनमासमेत हिमपातले सयौँ भेडा मरेका थिए ।

  • उज्यालाे

र याे पनि हेर्नुस -सिन्धुलीको सुनकोशी अब प्रविधिमैत्री बन्दै

Leave a Reply

Your email address will not be published. Required fields are marked *