प्रदेश २ मा ट्राफिक नियम उल्लङ्घन गर्ने २ लाख भन्दा बढी सवारी कारवाहिमा

२४ साउन/ ट्राफिक नियम उल्लङ्घन – प्रदेश नम्बर २ मा प्रदेश ट्राफिक प्रहरी कार्यालय बाराले आर्थिक बर्ष २०७५÷०७६ मा ट्राफिक नियम उल्लङ्घनमा संग्लग्न २ लाख ३१ हजार १९ सवारी साधनलाई कारवाहि गरेको जनाइएको छ । सवारी साधनलाई कारवाही गरे बापत १५ करोड ४२ हजार ५ सय राजश्व संकलन गरेको जनाएको छ ।

प्रदेश २ का बारा,पर्सा,रौतहट,सर्लाही,महोतरी,धनुषा,सिरहा र सप्तरी गरि ८ जिल्लाका विभिन्न स्थानमा सवारी चेकजाँच गर्ने क्रममा नियम बिपरित रहेका सवारी चालकबाट राजश्व संकलन गरिएको २ नम्बर प्रदेश ट्राफिक प्रहरी कार्यालय बाराले जनाएको छ ।

आर्थिक बर्ष २०७५÷०७६ मा सडक दुर्घटनामा परि ४ सय ९६ जनाको ज्यान गएको । ६ सय ५६ जना गंभिर घाईते भएका छन् भने ६ सय १३ जना सामान्य घाईते गरि कुल १ हजार २ सय ६९ जना घाईते भएका २ नम्बर प्रदेश ट्राफिक प्रहरी कार्यालय बारा पथलैयाले जनाएको छ ।

आर्थिक वर्ष २०७५/०७६ मा १४ करोड ८३ लाख ६२ हजार राजश्व संकलन गरेको प्रदेश २ को प्रदेश ट्राफिक प्रहरी कार्यालयले आर्थिक वर्ष २०७४÷०७५ को भन्दा आर्थिक वर्ष २०७५÷०७६ मा २ लाख २३ हजार ९ सय ९७ बढी राजश्व संकलन गरेको जनाएको छ ।

र यो पनि हेर्नुस – प्रदेश २ – ९ स्थानीय तहमा उप-निर्वाचन हुँदै

Leave a Reply

Your email address will not be published. Required fields are marked *